यसैया १५:१-९
-
मोआबविरुद्ध घोषणा (१-९)
१५ मोआबविरुद्ध घोषणा:+
मोआबको अर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा ध्वस्त भयो।
मोआबको किर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा तहसनहस भयो।
२ त्यो मन्दिरमा उक्लेको छ, त्यो दिबोनसम्मै+ पुगेको छ।शोक गर्नलाई त्यो अग्ला थानहरूमा* उक्लेको छ।
नेबो+ र मेदेबाको+ निम्ति मोआब विलाप गर्दै छ।
सबैले कपाल खौरेका छन्,+ दाह्री काटेका छन्।+
३ तिनीहरूले सडकमा भाङ्ग्रा ओढेका छन्।
तिनीहरू घरका छत-छतमा र चोक-चोकमा डाँको छोडी रुन्छन्;रुँदा-रुदै तिनीहरू लड्छन्।+
४ हेस्बोन र एलालेह+ ठूलो स्वरले रुँदै छन्।तिनीहरूको रोदन टाढा याहजसम्मै+ सुनिन्छ।
त्यसैले मोआबका सिपाहीहरू चिच्याइरहन्छन्।
मोआब डरले थरथर काँपिरहेको छ।
५ मोआबको हालत देखेर मेरो मन रोइरहेको छ।
त्यहाँबाट भागेका मोआबीहरू जोअर+ र एग्लाथ-सिलिसियाहसम्मै+ पुगेका छन्।
मानिसहरू रुँदै लुहिथको उकालो चढ्छन्,होरोनैमतिर जाँदा तिनीहरू विपत्ति सम्झेर रुँदै हिँड्छन्।+
६ निम्रिमका नदीहरू सुकेका छन्।हरिया घाँस सबै ओइलाएका छन्।घाँस सुकेकोले कतै पनि हरियाली छैन।
७ त्यसैले आफूसित बाँकी रहेका सबै सरसामान र सरसम्पत्ति लिएर तिनीहरू गइरहेका छन्।तिनीहरू चिनारको* बेँसी* पार गर्दै छन्।
८ तिनीहरूको रोदन मोआबभरि+ गुञ्जिएको छ।
तिनीहरू रोएको आवाज एग्लैमसम्मैर बेर-एलिमसम्मै सुनिएको छ।
९ दिमोनका नदीहरू रगतै-रगत भएका छन्।+तर म दिमोनमाथि अझै अर्को विपत्ति ल्याउनेछु:
मोआबबाट उम्केकाहरू अनि मोआबमा बाँकी रहेकाहरूजति सबैसिंहको सिकार हुनेछन्।