यसैया १:१-३१

  • बुबा र तिनका विद्रोही छोराहरू (१-९)

  • देखावटी उपासनालाई यहोवा घृणा गर्नुहुन्छ (१०-१७)

  • “हामी बसेर कुरा गरौँ” (१८-२०)

  • सियोन फेरि विश्‍वासयोग्य सहर हुनेछ (२१-३१)

 यहुदाका राजाहरू+ उज्जियाह,+ योताम,+ आहाज+ र हिजकियाहको+ शासनकालमा यहुदा र यरुसलेमबारे आमोजका छोरा यसैयाले*+ देखेको दर्शन:*  २  हे आकाश, सुन! हे पृथ्वी, ध्यान देऊ!+यहोवाले यसो भन्‍नुभएको छ: “मैले आफ्ना छोराहरूलाई पालनपोषण गरेर हुर्काएँ+तर तिनीहरूले मेरो विद्रोह गरेका छन्‌।+  ३  गोरुले आफ्नो मालिकलाईअनि गधाले मालिकले दिएको डुँडलाई राम्ररी चिन्छ।तर इस्राएलले भने मलाई* चिन्दैन।+मेरा आफ्नै मानिसहरू समझ चलाउँदैनन्‌।”  ४  धिक्कार छ! ए पापी राष्ट्र!+ए कुकर्मले भरिएका मानिसहरू!ए दुष्टहरूको समूह! भ्रष्ट केटाकेटी! तिमीहरूले यहोवालाई त्यागेका छौ;+इस्राएलका पवित्र परमेश्‍वरको अनादर गरेका छौअनि उहाँलाई आफ्नो पिठिउँ फर्काएका छौ।  ५  तिमीहरू मेरो विद्रोह गर्न छोड्‌दैनौ; अब म तिमीहरूलाई कहाँ प्रहार गरूँ?+ तिमीहरूको टाउको घावैघाउले भरिएको छ;तिमीहरूको हृदय रोगले ग्रस्त छ।+  ६  तिमीहरूको टाउकोदेखि पैतालासम्म घाउ नभएको ठाउँ नै छैन। तिमीहरूको जीउभरि चोटैचोट, नीलडाम अनि खटिरैखटिरा छ।त्यसको उपचार गरिएको छैन, त्यसमा पट्टि बाँधिएको छैन न त तेल नै घसिएको छ।+  ७  तिमीहरूको देश उजाड भएको छ। तिमीहरूका सहरहरू जलेका छन्‌। विदेशीहरूले तिमीहरूकै आँखाअगाडि तिमीहरूको देश नाश गर्दै छन्‌।+ तिमीहरूको देश विदेशीहरूले ध्वस्त पारिदिएको उजाड भूमिजस्तै भएको छ।+  ८  अङ्‌गुर बगानको झुप्रोजस्तै,काँक्राबारीको छाप्रोजस्तैअनि घेराबन्दीमा परेको सहरजस्तै+ सियोनकी छोरी* त्यागिएकी छे।  ९  सेनाहरूका यहोवाले हामीमध्ये केहीलाई जीवित नराख्नुभएको भएहामी सदोमजस्तै हुने थियौँअनि हाम्रो हालत गमोराको जस्तै हुने थियो।+ १०  ए सदोमका तानासाहहरू* हो!+ यहोवाको वचन सुन। ए गमोराका मानिसहरू हो! हाम्रा परमेश्‍वरको व्यवस्थामा* ध्यान देओ।+ ११  यहोवा यसो भन्‍नुहुन्छ, “तिमीहरूले चढाएका तीनथुप्रो बलिदान मलाई के काम?+ तिमीहरूले अग्निभेटीको* रूपमा चढाएका थुमाहरू+ र मोटाघाटा जनावरहरूको बोसोदेखि+ मलाई वाक्कै लागिसक्यो।तिमीहरूले चढाएका बहरहरू,+ पाठाहरू र बोकाहरूको+ रगत मलाई फिटिक्कै मन पर्दैन।+ १२  मसामु उपस्थित होओ+र मेरा चोकहरूमा+ पाइला टेक भनेरतिमीहरूलाई कसले भन्यो? १३  व्यर्थका अन्‍नभेटी ल्याउन बन्द गर। तिमीहरूले चढाएको धूपदेखि मलाई घिन लाग्छ।+ तिमीहरू औँसी+ अनि विश्रामदिन*+ मनाउँछौ र पवित्र सभाहरू राख्छौ।+तिमीहरू चाडपर्वको लागि भेला हुन्छौ तर टुनामुना पनि गर्छौ;+ म यो सहन सक्दिनँ। १४  म तिमीहरूले मनाउने औँसी र चाडपर्वलाई घृणा गर्छु। ती मेरो लागि बोझ भएका छन्‌।ती बोक्दा-बोक्दा म गलिसकेँ। १५  तिमीहरूले मेरो अगाडि हात फैलाउँदाम आँखा चिम्लन्छु।+ तिमीहरूले जति नै पुकारे+ तापनि म फिटिक्कै सुन्दिनँ+किनकि तिमीहरूका हात रगतले लतपतिएका छन्‌।+ १६  आफैलाई धोएर चोखो पार।+तिमीहरूको कुकर्म मेरो नजरदेखि हटाओ।दुष्ट काम गर्न बन्द गरिहाल।+ १७  असल काम गर्न सिक, न्याय गर।+अत्याचारीहरूलाई सुधार।अनाथहरूको* अधिकारको निम्ति लडर विधवाको हकमा फैसला गरिदेओ।”+ १८  यहोवा यसो भन्‍नुहुन्छ: “आओ, हामी बसेर कुरा गरौँ।*+ तिमीहरूका पापहरू सिन्दूरे रङ्‌गका भए पनिती हिउँजस्तै सेता हुनेछन्‌।+तिमीहरूका पापहरू गाढा राता रङ्‌गका कपडाजस्तै भए पनिती ऊनजस्तै सेता हुनेछन्‌। १९  मेरो कुरा सुन्‍न राजी भयौ भनेतिमीहरूले यस देशका असल-असल थोक खान पाउनेछौ।+ २०  तर मेरो कुरा सुनेनौ र विद्रोही भयौ भनेतिमीहरू तरबारको सिकार हुनेछौ।+किनकि म यहोवाले नै यो कुरा भनेको हुँ।” २१  हेर! त्यो वफादार सहर+ वेश्‍या+ भएकी छे। त्यस सहरमा न्याय पाइन्थ्यो।+त्यहाँ धार्मिकताले* बास गर्थ्यो+तर अहिले त्यहाँ केवल हत्याराहरू+ छन्‌। २२  तिम्रो चाँदी कसरजस्तै+ कामै नलाग्ने भएको छर तिम्रो रक्सीमा* पानी मिसाइएको छ। २३  तिम्रा शासकहरू हठी छन्‌ र चोरहरूसँग मिलेका छन्‌।+ तिनीहरू सबै जना घुस खान मन पराउँछन्‌ र उपहार लिन तँछाडमछाड गर्छन्‌।+ तिनीहरू अनाथहरूको* न्याय गर्दैनन्‌र विधवाहरूको मुद्दा तिनीहरूकहाँ कहिल्यै पुग्दैन।+ २४  त्यसैले साँचो परमेश्‍वर, सेनाहरूका यहोवा,इस्राएलका शक्‍तिशाली परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ: “म आफ्ना विरोधीहरूलाई नाश गर्नेछु,आफ्ना शत्रुहरूसित बदला लिनेछु।+ २५  म तिमीविरुद्ध आफ्नो हात उठाउनेछु,चाँदीलाई पगालेर त्यसको कसर फालेजस्तैम तिम्रा अशुद्ध कुराहरू पूरै हटाइदिनेछु।+ २६  म पहिलेझैँ तिमीमाथि न्यायकर्ताहरूर सल्लाहकारहरू नियुक्‍त गर्नेछु।+ त्यसपछि तिमी ‘धार्मिकताको सहर,’ ‘विश्‍वासयोग्य सहर’+ भनेर चिनिनेछौ। २७  सियोनलाई न्यायको आधारमाअनि फर्केर आउने त्यसका बासिन्दाहरूलाई चाहिँ धार्मिकताको आधारमा मुक्‍त गरिनेछ।+ २८  विद्रोहीहरू र पापीहरूलाई सँगसँगै नाश गरिनेछ।+यहोवालाई त्याग्नेहरूको सर्वनाश हुनेछ।+ २९  जुन बडेमाका रूखहरूको तिमी चाह गर्थ्यौ, त्यही रूखहरूले गर्दा तिमी लाजमा पर्नेछौ।+जुन बगैँचाहरू तिमीले छानेका थियौ, त्यही बगैँचाहरूले* गर्दा तिम्रो बेइज्जत हुनेछ।+ ३०  पातहरू सबै सुकेका ठूलो रूखजस्तै तिमी हुनेछौ,+पानी नभएको बगैँचाजस्तै हुनेछौ। ३१  बलियो मानिस सलेदोजस्तै हुनेछर उसको काम आगोको झिल्कोजस्तै हुनेछ।ती दुवै एकसाथ जल्नेछन्‌।तिनीहरूलाई निभाउने कोही हुनेछैन।”

फुटनोटहरू

यसको अर्थ हो, “यहोवाले दिनुहुने उद्धार।”
शब्दावली हेर्नुहोस्‌।
वा “आफ्नो मालिकलाई।”
“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।
वा “शासकहरू।”
वा “निर्देशनमा।”
शब्दावली हेर्नुहोस्‌।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
वा “बुबा गुमाएका बच्चाहरूको।”
वा “मामिला सुल्झाऔँ।”
शब्दावली हेर्नुहोस्‌।
वा “गहुँबाट बनेको बियरमा।”
वा “बुबा गुमाएका बच्चाहरूको।”
यहाँ बताइएका रूख र बगैँचाहरू मूर्तिपूजासित सम्बन्धित हुन सक्छ।