मिका ६:१-१६

  • इस्राएलविरुद्ध परमेश्‍वरको मुद्दा (१-५)

  • यहोवा के चाहनुहुन्छ? (६-८)

    • न्याय, वफादारी, मर्यादा ()

  • इस्राएलको दोष र सजाय (९-१६)

 यहोवा के भन्‍नुहुन्छ, कृपया सुन। उठ र पहाडहरूसमक्ष मुद्दा पेस गर, डाँडाहरूले तिमीहरूको कुरा सुनून्‌।+  २  हे पहाडहरू हो, हे पृथ्वीका बलिया जगहरू हो, यहोवाले पेस गर्नुभएको मुद्दा सुन+ किनकि आफ्ना मानिसहरूविरुद्ध यहोवाको मुद्दा छ; उहाँले इस्राएलविरुद्ध बहस गर्नुहुनेछ:+  ३  “हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु? मैले तिमीहरूलाई कसरी थकित तुल्याएको छु?+ मेरो विरुद्धमा बयान देओ।  ४  मैले तिमीहरूलाई मिश्रबाट* छुटाएर ल्याएँ,+ दासत्वको घरबाट मैले तिमीहरूको उद्धार गरेँ;+ मोसा, हारुन र मरियमलाई मैले तिमीहरूको अघिअघि पठाएँ।+  ५  हे मेरा मानिसहरू हो, मोआबको राजा बालाकले कस्तो प्रस्ताव राखेको थियो,+ बेअरको छोरो बालामले के जवाफ दिएको थियो+ अनि सित्तिमदेखि+ गिलगालसम्म के भएको थियो,+ के तिमीहरूले सम्झेका छौ? ती सम्झ र यहोवाले आफ्नो धार्मिक स्तरअनुसार काम गर्नुहुन्छ भनेर तिमीहरूले बुझ्नेछौ।”  ६  म के लिएर यहोवासामु आऊँ? म के लिएर उच्च स्थानमा विराजमान हुनुहुने परमेश्‍वरलाई दण्डवत्‌ गरूँ? के म उहाँसामु अग्निभेटी* लिएर आऊँ? एक वर्षे बाछाहरू लिएर आऊँ?+  ७  यहोवासामु हजारौँ थुमा ल्याइँदा के उहाँ खुसी हुनुहुनेछ? तेलको भल बगेको देखेर के उहाँ रमाउनुहुनेछ?+ मेरो अपराध र पापको लागि के म आफ्नो पहिलो सन्तान, आफ्नै शरीरको फल दिऊँ?+  ८  हे मानिस, असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ। अनि यहोवा तिमीबाट के चाहनुहुन्छ? केवल यति होइन र? निष्पक्ष हुनू,+ वफादार भई प्रेम गरिरहनू*+ अनि मर्यादामा रहेर आफ्ना परमेश्‍वरसित हिँड्‌नू।+  ९  यहोवाको स्वरले यस सहरलाई बोलाइरहेको छ; बुद्धि* हुनेहरूले तपाईँको नामको डर मान्‍नेछन्‌। छडीलाई र त्यसलाई नियुक्‍त गर्नुहुनेलाई ध्यान देओ।+ १०  के दुष्टको घरमा अझै पनि दुष्टताको धनसम्पत्ति छ? अनि के ऊसित अझै एपाको* झूटो* नाप छ, जुन घिनलाग्दो कुरा हो? ११  मसित छलको तराजु र झोलाभरि बेइमानीको ढक छ भने के म निर्दोष* ठहरिन सकूँला?+ १२  किनकि त्यहाँका धनी मानिसहरू हिंसा मच्चाउँछन्‌ अनि त्यहाँका बासिन्दाहरू झूट बोल्छन्‌;+ तिनीहरूको जिब्रो छली छ।+ १३  “त्यसैले म तिमीहरूलाई हिर्काउनेछु र घाइते पारिदिनेछु,+ तिमीहरूको पापको कारण तिमीहरूलाई उजाड तुल्याइदिनेछु। १४  तिमीहरूले खानेछौ तर अघाउनेछैनौ; तिमीहरूको पेट खाली रहनेछ।+ तिमीहरू जे कुरा लैजान्छौ, त्यसलाई जोगाउन सक्नेछैनौ, तिमीहरूले लगेको कुरा म तरबारलाई सुम्पिदिनेछु। १५  तिमीहरूले बिउ छर्नेछौ तर कटनी गर्न पाउनेछैनौ। तिमीहरूले जैतुन कुल्चेर पेल्नेछौ तर त्यसको तेल उपभोग गर्न पाउनेछैनौ; तिमीहरूले नयाँ मद्य बनाउनेछौ तर त्यो पिउन पाउनेछैनौ।+ १६  तिमीहरू ओम्रिको विधिविधान पालन गर्छौ र आहाबको घरानाको जस्तै काम गर्छौ+ अनि तिमीहरू तिनीहरूको सल्लाहअनुसार हिँड्‌छौ। त्यसैले म तिमीहरूको हालत यस्तो बनाइदिनेछु कि तिमीहरूलाई देख्नेहरू डरले थरथर काँप्नेछन्‌। अनि मानिसहरूले त्यहाँका बासिन्दाहरूलाई खिसी गर्दै सिटी बजाउनेछन्‌;+ तिमीहरूले मानिसहरूको गिल्ला सहनुपर्नेछ।”+

फुटनोटहरू

वा “इजिप्टबाट।”
शब्दावली हेर्नुहोस्‌।
वा “दयालु हुनू र वफादार भई प्रेम गर्नू।” शा., “अटल प्रेमलाई प्रेम गर्नू।”
वा “व्यावहारिक ज्ञान।”
अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
वा “अपूरो।”
वा “नैतिक रूपमा स्वच्छ।”