मिका ३:१-१२

  • नाइके र भविष्यवक्‍ताहरूलाई धिक्कारिन्छ (१-१२)

    • मिका यहोवाको पवित्र शक्‍तिबाट बल पाउँछन्‌ ()

    • पुजारीहरू पैसाको लागि सिकाउँछन्‌ (११)

    • यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ (१२)

 मैले भनेँ: “ए याकुबका नाइकेहरू हो र शासकहरू हो, कृपया सुन।+ न्याय के हो, तिमीहरूलाई थाह हुनुपर्ने होइन र?  २  तर तिमीहरू जे असल छ, त्यसलाई घृणा गर्छौ+ अनि जे खराब छ, त्यसलाई मन पराउँछौ;+ तिमीहरू मेरा मानिसहरूको छाला काढ्‌छौ अनि हड्डीबाट मासु लुछ्‌छौ।+  ३  तिमीहरू मेरा मानिसहरूको मासु पनि खान्छौ+ अनि तिनीहरूको छाला काढ्‌छौ, खड्‌कुँलोमा पकाउन मासुलाई टुक्राटुक्रा पारेझैँ तिमीहरू तिनीहरूको हड्डीहरू भाँचेर टुक्राटुक्रा पार्छौ।+  ४  त्यसबेला तिनीहरूले यहोवालाई गुहार्नेछन्‌ तर उहाँले जवाफ दिनुहुनेछैन। तिनीहरूको दुष्टताले गर्दा+ त्यसबेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछ।+  ५  मेरा मानिसहरूलाई बहकाउने भविष्यवक्‍ताहरू,+ जो खान पाउँदा* ‘शान्ति! शान्ति!’ भन्छन्‌+ तर तिनीहरूलाई केही खान नदिनेहरूको विरुद्धमा युद्धको घोषणा गर्छन्‌, तिनीहरूबारे यहोवा यसो भन्‍नुहुन्छ:  ६  ‘तिमीहरूको लागि यस्तो रात आउनेछ,+ जब तिमीहरूले कुनै दर्शन* देख्नेछैनौ।+ तिमीहरूको चारैतिर अन्धकार नै अन्धकार छाउनेछ, तिमीहरूले जोखना हेर्न सक्नेछैनौ। भविष्यवक्‍ताहरूको लागि सूर्य अस्ताउनेछ र दिनचाहिँ अन्धकारमा परिणत हुनेछ।+  ७  दर्शीहरू लाजमा पर्नेछन्‌+ अनि जोखना हेर्नेहरूचाहिँ लज्जित हुनेछन्‌। तिनीहरू सबैले आफ्नो जुँगा* छोप्नुपर्नेछ किनकि तिनीहरूले परमेश्‍वरबाट कुनै जवाफ पाउनेछैनन्‌।’”  ८  तर म भने याकुबलाई उसले गरेको विद्रोहबारे र इस्राएललाई उसले गरेको पापबारे बताउन यहोवाको पवित्र शक्‍तिको बलले भरिएको छु अनि न्याय र हिम्मतले भरिएको छु।  ९  हे याकुबको घरानाका नाइकेहरू हो, हे इस्राएलको घरानाका शासकहरू हो, बिन्ती छ, यो कुरा सुन!+ तिमीहरू न्यायलाई घृणा गर्छौ अनि जे कुरा सीधा छ, त्यसलाई बाङ्‌गो बनाउँछौ।+ १०  तिमीहरूले सियोन रक्‍तपातले र यरुसलेम अधर्मले बनायौ।+ ११  त्यसका नाइकेहरूले घुस लिएर न्याय गर्छन्‌,+ त्यसका पुजारीहरूले दाम लिएर सिकाउँछन्‌+ अनि त्यसका भविष्यवक्‍ताहरू पैसा लिएर जोखना हेर्छन्‌।+ तैपनि तिनीहरू यहोवामा भर पर्दै* यसो भन्छन्‌: “यहोवा हाम्रो साथमा हुनुहुन्‍न र?+ हामीमाथि कुनै विपत्ति आइपर्नेछैन।”+ १२  त्यसैले तिमीहरूको कारण सियोन खेतजस्तै जोतिनेछ, यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ+ अनि भवन* बसालिएको डाँडाचाहिँ जङ्‌गलमा भएका अग्ला डाँडाहरूजस्तै हुनेछ।+

फुटनोटहरू

वा सम्भवतः “केही चपाउन पाउँदा।”
शब्दावली हेर्नुहोस्‌।
वा “मुख।”
वा “भर परेको दाबी गर्दै।”
वा “मन्दिर।”