मिका २:१-१३

  • अत्याचारीहरूलाई धिक्कार! (१-११)

  • इस्राएललाई फेरि एक बनाइनेछ (१२, १३)

    • जताततै मानिसहरूको स्वर सुनिनेछ (१२)

 “धिक्कार छ तिनीहरूलाई, जो दुष्ट युक्‍तिहरू रच्छन्‌, जो ओछ्यानमा ढल्केर षड्‌यन्त्र रच्छन्‌! अनि बिहान उज्यालो हुनेबित्तिकै त्यो काम गरिहाल्छन्‌ किनकि तिनीहरूसित आफ्नो दुष्ट युक्‍ति पूरा गर्ने सामर्थ्य छ।+  २  तिनीहरू अर्काको जमिनमा आँखा गाड्‌छन्‌ र ती खोस्छन्‌।+ तिनीहरू अर्काको घरको लालच गर्छन्‌ र ती कब्जा गर्छन्‌। जालझेल गरेर तिनीहरू अरूको घर हत्याउँछन्‌+ र अरूको पैतृक सम्पत्ति हात पार्छन्‌।  ३  त्यसैले यहोवा यसो भन्‍नुहुन्छ: ‘म तिमीहरूमाथि विपत्ति ल्याउन युक्‍ति रच्दै छु+ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ।*+ तब तिमीहरू हठी हुन छोड्‌नेछौ+ किनकि त्यो विपत्तिको समय हुनेछ।+  ४  त्यो दिन मानिसहरूले तिमीहरूबारे उखान भन्‍नेछन्‌ अनि तिमीहरूलाई सम्झेर धुरुधुरु रुनेछन्‌।+ तिनीहरूले यसो भन्‍नेछन्‌: “हामी पूरै बरबाद भयौँ!”+ उहाँले मेरा मानिसहरूको जमिन अर्कैको हातमा दिनुभयो; उहाँले त्यो हामीबाट खोस्नुभयो!+ उहाँले हाम्रो जमिन धोकेबाजलाई सुम्पिनुभएको छ।”  ५  त्यसैले यहोवाको समुदायमा नाप्ने डोरीले जमिन भागबन्डा गर्ने कोही हुनेछैन।  ६  तिनीहरू भन्छन्‌, “प्रचार गर्न बन्द गर! तिनीहरूले यी कुराहरूको प्रचार नगरून्‌। हामी लज्जित हुनुपर्नेछैन!”  ७  ए याकुबको घराना, तिमीहरूले यसो भनिरहेका छौ: “के यहोवा अधीर हुनुभएको हो?* के यो उहाँले नै गर्नुभएको हो?” मेरो वचनले सोझो बाटोमा हिँड्‌नेहरूको भलाइ गर्दैन र?  ८  तर हिजोआज मेरा आफ्नै मानिसहरू मेरा शत्रु बनेका छन्‌। युद्धबाट फर्केजस्तै गरी निष्फिक्री भएर हिँडिरहेकाहरूलाई तिमीहरू खुलेआम लुट्‌छौ, तिमीहरू तिनीहरूको लुगासँगै* सुन्दर गहनाहरू लुट्‌छौ।  ९  तिमीहरू मेरा मानिसहरूमाझ भएका स्त्रीहरूलाई तिनीहरूको सुन्दर घरबाट निकालिदिन्छौ। तिनीहरूका छोराछोरीलाई मैले दिएका असल कुराहरू तिमीहरू सदाका लागि खोसेर लैजान्छौ। १०  उठ, जाऊ! किनकि यो आरामसित बस्ने ठाउँ होइन। भूमि अशुद्ध भएकोले+ त्यो नाश हुनेछ, त्यसको नाश पीडादायी हुनेछ।+ ११  यदि कुनै मानिसले बतास र छलछामको पछि लागेर “म तिमीहरूलाई दाखमद्य* र रक्सीबारे बताउनेछु” भनी झूट बोल्छ भने ऊ केवल यी मानिसहरूलाई खुसी पार्ने प्रचारक हो!+ १२  ए याकुब, म निश्‍चय नै तिमीहरू सबैलाई बटुल्नेछु; इस्राएलका बाँकी रहेकाहरूलाई म अवश्‍य भेला गर्नेछु।+ गोठका भेडाहरूलाई जस्तै, खर्कमा चरिरहेको बगाललाई जस्तै म तिनीहरूलाई एक बनाउनेछु।+ त्यहाँ जताततै मानिसहरूको स्वर सुनिनेछ।’+ १३  जसले पर्खालमा प्वाल पार्छ, ऊ तिनीहरूको अघिअघि जानेछ; तिनीहरूले भत्काउनेछन्‌ र ढोकाबाट बाहिर निस्कनेछन्‌।+ तिनीहरूका राजा तिनीहरूको अघिअघि निस्कनेछन्‌ अनि यहोवाले तिनीहरू सबैलाई डोऱ्‍याउनुहुनेछ।”+

फुटनोटहरू

शा., “तिमीहरूले आफ्नो गर्दन हटाउन सक्नेछैनौ।”
वा “के यहोवाको पवित्र शक्‍ति अधीर भएको छ?”
वा सम्भवतः “लुगाबाट।”
अङ्‌गुरबाट बनेको रक्सी।