मलाकि ४:१-६

  • यहोवाको दिन आउनुअघि एलिया आउनेछन्‌ (१-६)

    • “धार्मिकताको सूर्य उदाउनेछ” ()

 “हेर! आगोको भट्टीझैँ दन्कँदै त्यो दिन आउँदै छ।+ त्यो दिन अहङ्‌कारीहरू र दुष्ट काम गर्नेहरू सबै ठोसाजस्तै हुनेछन्‌। आउँदै गरेको त्यस दिनले तिनीहरूलाई निश्‍चय नै भस्म पार्नेछ, हाँगा र जरा केही बाँकी रहनेछैन,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ। २  “तर मेरो नामको आदर गर्ने* तिमीहरूमाथि धार्मिकताको* सूर्य उदाउनेछ र त्यसका किरणहरूले* तिमीहरूलाई निको पार्नेछ र मोटाघाटा बाछाहरूजस्तै तिमीहरू बुर्लुकबुर्लुक उफ्रनेछौ।” ३  “तिमीहरूले दुष्टहरूलाई खुट्टाले कुल्चनेछौ किनकि मैले कदम चाल्ने दिनमा तिमीहरूका लागि तिनीहरू पैतालामुनिको धुलोसरह हुनेछन्‌,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ। ४  “मेरो सेवक मोसाको व्यवस्थाको सम्झना गर, ती नीतिनियम र ऐनकानुन, जुन सारा इस्राएलको लागि मैले होरेबमा दिएको थिएँ।+ ५  “हेर! यहोवाको महान्‌ र आश्‍चर्यलाग्दो दिन आउनुअघि+ म तिमीहरूकहाँ भविष्यवक्‍ता एलियालाई पठाउँदै छु।+ ६  अनि तिनले बुबाहरूको मन छोराहरूतर्फ+ र छोराहरूको मन बुबाहरूतर्फ फर्काइदिनेछन्‌। नत्र त म आएर पृथ्वीलाई प्रहार गर्नेछु र सर्वनाश गर्नेछु।”

फुटनोटहरू

शा., “भय मान्‍ने।”
शब्दावली हेर्नुहोस्‌।
शा., “पखेटाहरूले।”