युहन्‍नालाई प्रकाश ६:१-१७

  • पाठो सुरुका छ वटा लाहाछाप खोल्छन्‌ (१-१७)

    • सेतो घोडामा विजेता सवार हुन्छन्‌ (१, २)

    • चहकिलो रातो रङ्‌गको घोडामा सवार हुनेले शान्ति हरण गर्नेछन्‌ (३, ४)

    • कालो घोडामा सवार हुनेले अनिकाल ल्याउनेछन्‌ (५, ६)

    • रङ्‌ग फुङ्‌ग उडेको घोडामा सवार हुनेको नाम मृत्यु (७, ८)

    • मारिएकाहरू वेदीमुनि (९-११)

    • ठूलो भूकम्प (१२-१७)

६  त्यसपछि पाठोले+ सात वटा लाहाछापमध्ये एउटा खोलेको मैले देखेँ+ र चार जीवमध्ये+ एउटाले मेघ गर्जेको जस्तो आवाजमा यसो भनेको मैले सुनेँ: “आऊ!” २  अनि हेर, मैले एउटा सेतो घोडा देखेँ।+ त्यसमाथि सवार हुनेसित एउटा धनु थियो र तिनलाई एउटा मुकुट दिइयो+ अनि तिनी विजय गर्दै आफ्नो विजययात्रा पूरा गर्नलाई अघि बढे।+ ३  पाठोले दोस्रो लाहाछाप खोल्दा दोस्रो जीवले+ यसो भनेको मैले सुनेँ: “आऊ!” ४  तब अर्को घोडा आयो। त्यो चहकिलो रातो रङ्‌गको थियो र त्यसमाथि सवार हुनेलाई पृथ्वीमा मारकाट मच्चाएर शान्ति हरण गर्ने अनुमति दिइयो। अनि तिनलाई एउटा ठूलो तरबार दिइयो।+ ५  पाठोले तेस्रो लाहाछाप खोल्दा+ तेस्रो जीवले+ यसो भनेको मैले सुनेँ: “आऊ!” अनि हेर, मैले एउटा कालो घोडा देखेँ। त्यसमाथि सवार हुनेको हातमा एउटा तराजु थियो। ६  तब मैले एउटा यस्तो आवाज सुनेँ, जुन चार वटा जीवको बीचबाट आएको जस्तो मलाई लाग्यो: “एक दिनारमा* एक क्वार्ट* गहुँ र एक दिनारमा+ तीन क्वार्ट जौ। अनि जैतुनको तेल र दाखमद्यलाई* हानि नगर।”+ ७  पाठोले चौथो लाहाछाप खोल्दा चौथो जीवले+ यसो भनेको आवाज मैले सुनेँ: “आऊ!” ८  अनि हेर, मैले रङ्‌ग फुङ्‌ग उडेको एउटा घोडा देखेँ। त्यसमाथि सवार हुनेको नाम मृत्यु थियो अनि चिहान* ठ्‌याक्कै तिनको पछिपछि आइरहेको थियो। अनि लामो तरबार, अनिकाल,+ घातक महामारी र जङ्‌गली जनावरहरूद्वारा तिनीहरूले मानिसहरूलाई मारून्‌ भनेर पृथ्वीको एक चौथाइ भागमाथि तिनीहरूलाई अख्तियार दिइयो।+ ९  पाठोले पाँचौँ लाहाछाप खोल्दा मैले वेदीमुनि+ ती मानिसहरूको रगत*+ देखेँ, जो परमेश्‍वरको वचनको कारण अनि तिनीहरूले दिएको साक्षीको कारण मारिएका थिए।+ १०  तिनीहरू यसो भन्दै चर्को स्वरमा कराए: “हे सार्वभौम प्रभु, जो पवित्र र साँचो+ हुनुहुन्छ, तपाईँ कतिन्जेल न्याय नगरी बस्नुहुन्छ अनि पृथ्वीमा बास गर्नेहरूसित हाम्रो रगतको बदला कहिलेसम्म लिनुहुन्‍न?”+ ११  तब तिनीहरू हरेकलाई एउटा सेतो लुगा दिइयो+ अनि तिनीहरूका सङ्‌गी दास र भाइहरू, जो तिनीहरूजस्तै मारिन लागेका थिए,+ उनीहरूको सङ्‌ख्या पूरा नहोउन्जेल अझै केही समय पर्खन तिनीहरूलाई भनियो। १२  अनि मैले देखेँ, पाठोले छैटौँ लाहाछाप खोल्दा ठूलो भूकम्प गयो। सूर्य भुत्लाले* बनेको भाङ्‌ग्राजस्तै कालो भयो, सिङ्‌गै चन्द्रमा रगतजस्तै रातो भयो+ १३  र आकाशका ताराहरूचाहिँ अन्जिरको रूखलाई ठूलो बतासले हल्लाउँदा काँचो अन्जिर झरेझैँ जमिनमा झरे। १४  आकाश पनि मुठाजस्तै बेरिएर लोप भयो+ अनि हरेक डाँडा र टापुलाई त्यसको ठाउँबाट हटाइयो।+ १५  तब पृथ्वीका राजाहरू, उच्च पदाधिकारीहरू, सेनापतिहरू, धनीहरू, शक्‍तिशालीहरू अनि हरेक दास र हरेक स्वतन्त्र मानिस गुफाहरूमा र डाँडाका चट्टानहरूमा लुके।+ १६  अनि तिनीहरूले पहाड र चट्टानहरूलाई यसो भनिरहे: “हामीमाथि खस+ र सिंहासनमा बस्नुहुनेको+ नजरबाट र पाठोको+ क्रोधबाट हामीलाई लुकाओ १७  किनकि उहाँहरूको क्रोधको भयानक दिन आएको छ+ र को खडा हुन सक्छ?”+

फुटनोटहरू

यो चाँदीको रोमी सिक्का हो, जुन एक दिनको ज्यालाबराबर थियो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
एक क्वार्ट भनेको १.०८ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
अङ्‌गुरबाट बनेको रक्सी।
ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।
शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।
बाख्राको भुत्ला हुन सक्छ।