नहेम्याह २:१-२०

  • नहेम्याहलाई यरुसलेम पठाइन्छ (१-१०)

  • नहेम्याह सहरको पर्खालको निरीक्षण गर्छन्‌ (११-२०)

 यो राजा आर्टजारसेजको+ शासनकालको २० औँ वर्षको नीसान* महिनाको कुरा हो।+ राजाको निम्ति मद्य ल्याइयो अनि सदाझैँ मैले राजालाई मद्य टक्य्राएँ।+ तर म राजासामु यति उदास पहिला कहिल्यै भएको थिइनँ। २  त्यसैले राजाले मलाई सोध्नुभयो: “तिमी बिरामीजस्तो त देखिँदैनौ तैपनि तिम्रो अनुहार किन निन्याउरो छ? तिमीलाई पक्कै पनि कुनै कुराले पिरोलिरहेको छ।” यो सुनेर म साह्रै डराएँ। ३  तब मैले राजालाई भनेँ: “राजा दीर्घायु रहून्‌! मेरा पितापुर्खा गाडिएको सहर उजाड भएको छ र त्यसका मूलढोकाहरू आगोले भस्म भएका छन्‌। म कसरी उदास नभई बस्न सक्छु र?”+ ४  राजाले सोध्नुभयो: “तिमी मबाट के चाहन्छौ?” तब मैले तुरुन्तै स्वर्गका परमेश्‍वरलाई प्रार्थना गरेँ।+ ५  अनि मैले राजालाई यसो भनेँ: “यदि महाराजलाई उचित लाग्छ र यस सेवकले हजुरको निगाह पाएको छ भने मलाई यहुदा जाने अनुमति दिनुहोस्‌। म त्यहाँ गएर मेरा पितापुर्खा गाडिएको त्यो सहर पुनर्निर्माण गर्न चाहन्छु।”+ ६  त्यसबेला रानी पनि राजासँगै हुनुहुन्थ्यो। राजाले मलाई सोध्नुभयो: “तिमीलाई यात्रा गर्न कति समय लाग्छ? अनि कहिले फर्कन्छौ?” राजाले मलाई जाने अनुमति दिनुभयो।+ यहुदाबाट फर्कन कति समय लाग्छ, त्यो मैले उहाँलाई बताइदिएँ।+ ७  त्यसपछि मैले राजालाई यसो भनेँ: “यदि महाराजलाई उचित लाग्छ भने महानदी पारिको इलाकाका* राज्यपालहरूको नाममा मेरो हातमा पत्रहरू पठाइदिनुहोस्‌+ ताकि म उनीहरूको इलाका भएर सुरक्षितसाथ यहुदा पुग्न सकूँ। ८  साथै शाही-निकुञ्जको रेखदेख गर्ने आसापको नाममा पनि एउटा पत्र लेखिदिनुहोस्‌ ताकि तिनले मलाई मन्दिर-किल्लाका+ ढोकाहरू, सहरका पर्खालहरू+ र मेरो निम्ति घर बनाउन काठ देऊन्‌।” मेरा परमेश्‍वर मेरो साथमा हुनुभएकोले+ राजाले मलाई पत्रहरू दिनुभयो।+ ९  त्यसपछि म यात्रा गरेर महानदी पारिको इलाकामा पुगेँ र मैले त्यस इलाकाका राज्यपालहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मेरो साथमा सेनापतिहरू र घोडचढीहरू पनि पठाउनुभएको थियो। १०  जब होरोनी सन्बलत+ र अम्मोनी+ अफिसर तोबियाले+ इस्राएलका मानिसहरूलाई मदत गर्न कोही आएको छ भन्‍ने खबर सुने, तब तिनीहरू साह्रै रिसाए। ११  लामो समय यात्रा गरेपछि म यरुसलेम आइपुगेँ। त्यहाँ पुगेको तीन दिनपछि १२  म केही मानिस लिएर राती निस्केँ। हामीसँग एउटा मात्र गधा थियो र म त्यसमा चढेको थिएँ। मेरा परमेश्‍वरले मेरो हृदयमा यरुसलेमको निम्ति जे गर्ने विचार हालिदिनुभएको थियो, त्यसबारे मैले कसैलाई भनिनँ। १३  म रातमा उपत्यका-ढोकाबाट बाहिर निस्केँ+ अनि ‘अजिङ्‌गरको फोहरा’ हुँदै ‘खरानीको थुप्रोको ढोका’-मा पुगेँ।+ मैले यरुसलेमका भत्किएका पर्खालहरू अनि आगोले भस्म पारेका मूलढोकाहरूको निरीक्षण गरेँ।+ १४  अनि म फोहरा-ढोका हुँदै+ राजा-पोखरीसम्म पुगेँ। त्यहाँबाट गधामा चढेर अघि बढ्‌न ठाउँ साँघुरो थियो। १५  तैपनि म बेँसी* हुँदै मास्तिर उक्लेँ+ र रातभर पर्खालको निरीक्षण गरिरहेँ। त्यसपछि म फर्केँ अनि उपत्यका-ढोकाबाट भित्र पसेँ। १६  त्यहाँका उप-शासकहरूलाई+ म कहाँ गएँ र मैले के गरेँ, त्यसबारे केही थाह थिएन। किनभने मैले त्यसबेलासम्म यहुदीहरू, पुजारीहरू, प्रतिष्ठित व्यक्‍तिहरू, उप-शासकहरू र बाँकी कामदारहरूलाई केही भनेको थिइनँ। १७  पछि मैले तिनीहरूलाई यसो भनेँ: “हामी कति दयनीय अवस्थामा छौँ, त्यो त तपाईँहरूले देख्नुभएकै छ। यरुसलेम उजाड भएको छ र यसका मूलढोकाहरू आगोले भस्म भएका छन्‌। आउनुहोस्‌, यरुसलेमका पर्खालहरू पुनर्निर्माण गरौँ। तब मानिसहरूले हामीलाई हाँसोमा उडाउनेछैनन्‌।” १८  त्यसपछि मेरा परमेश्‍वरले कसरी मलाई साथ दिनुभयो+ अनि राजाले मलाई के-के भन्‍नुभयो,+ ती सबै मैले तिनीहरूलाई बताइदिएँ। तब तिनीहरूले यसो भने: “आओ! हामी निर्माणकार्य सुरु गरौँ।” तिनीहरूले यो असल काम गर्न एकअर्कालाई हौसला दिए।+ १९  जब होरोनी सन्बलत, अम्मोनी+ अफिसर तोबिया+ र अरबी गेसेमले+ यस कुराको खबर पाए, तब तिनीहरूले हाम्रो खिसी+ र अपमान गर्न थाले। तिनीहरूले यसो भने: “तिमीहरू यो के गर्दै छौ? के तिमीहरू राजाको विद्रोह गर्दै छौ?”+ २०  तर मैले तिनीहरूलाई यस्तो जवाफ दिएँ: “स्वर्गका परमेश्‍वरले नै हामीलाई सफल तुल्याउनुहुनेछ+ र हामी उहाँका सेवकहरूले यो पर्खाल बनाउनेछौँ। तर यरुसलेममा तिमीहरूको न कुनै भाग छ, न कुनै अधिकार! न त तिमीहरूले यरुसलेममा सम्झन लायकको कुनै काम नै गरेका छौ।”+

फुटनोटहरू

अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।
यसले यूफ्रेटिस नदीको पश्‍चिममा पर्ने इलाकालाई जनाउँछ।
वा “वादी।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।