दानिएल ९:१-२७

  • दानिएलले पाप स्विकार्दै गरेको प्रार्थना (१-१९)

    • ७० वर्षसम्म उजाड रहने ()

  • गब्रिएल दानिएलकहाँ आउँछन्‌ (२०-२३)

  • ७० हप्ताबारे भविष्यवाणी (२४-२७)

    • ६९ हप्तापछि मसीह देखा पर्नेछन्‌ (२५)

    • मसीहलाई मारिनेछ (२६)

    • सहर र पवित्र ठाउँलाई नाश गरिनेछ (२६)

 आहासुरसका छोरा दाराको+ शासनको पहिलो वर्षमा, जो मादीहरूको वंशका थिए र जसलाई कल्दियालीहरूको राज्यको राजा बनाइएको थियो,+ २  तिनको शासनको पहिलो वर्षमा, म दानिएलले पुस्तकहरूको* अध्ययन गरेर के थाह पाएँ भने यहोवा परमेश्‍वरले भविष्यवक्‍ता यर्मियालाई बताउनुभएअनुसारै यरुसलेम+ ७० वर्षसम्म उजाड रहनेछ।+ ३  त्यसैले मैले साँचो परमेश्‍वर यहोवातिर आफ्नो अनुहार फर्काएर उहाँलाई पुकारेँ; साथै मैले भाङ्‌ग्रा ओढेँ, आफैमाथि खरानी छर्केँ र उपवास बसेँ।+ ४  मैले मेरा परमेश्‍वर यहोवालाई प्रार्थना गरेँ र पाप स्विकार्दै यसो भनेँ: “हे साँचो परमेश्‍वर यहोवा, जो महान्‌ र आश्‍चर्यजनक कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ, तपाईँ आफ्नो करार सधैँ पूरा गर्नुहुन्छ। अनि तपाईँलाई प्रेम गर्ने र तपाईँको आज्ञा पालन गर्नेहरूलाई+ अटल प्रेम* देखाउनुहुन्छ।+ ५  हामीले पाप गरेका छौँ, गल्ती गरेका छौँ, दुष्ट काम गरेका छौँ र विद्रोह गरेका छौँ+ अनि तपाईँका आज्ञाहरू र तपाईँका नियमहरूबाट तर्केका छौँ। ६  तपाईँका सेवकहरू अर्थात्‌ तपाईँका भविष्यवक्‍ताहरूको कुरा हामीले सुनेनौँ,+ जसले हाम्रा राजाहरूलाई, भारदारहरूलाई, पुर्खाहरूलाई र देशका सबै मानिसलाई तपाईँ के चाहनुहुन्छ भनी तपाईँको नाममा बताएका थिए। ७  हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ तर हाम्रो अनुहार भने लाजले ढाकिएको छ, जस्तो कि आजका दिनहरूमा भएको छ। यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू, हो, सारा इस्राएलीहरू, जो टाढा र नजिकका ती सबै ठाउँमा छन्‌, जहाँ तपाईँले तिनीहरूलाई तितरबितर पार्नुभएको छ, तिनीहरू सबै लज्जित भएका छन्‌ किनकि तिनीहरूले तपाईँलाई विश्‍वासघात गरेका छन्‌।+ ८  “हे यहोवा! हामी अनि हाम्रा राजाहरू, भारदारहरू र पुर्खाहरू सबै लज्जित भएका छौँ किनकि हामीले तपाईँविरुद्ध पाप गरेका छौँ। ९  यहोवा हाम्रा परमेश्‍वर कृपालु र क्षमा गर्ने परमेश्‍वर हुनुहुन्छ+ तर हामीले उहाँको विद्रोह गरेका छौँ।+ १०  यहोवा हाम्रा परमेश्‍वरको स्वर हामीले सुनेनौँ, उहाँले आफ्ना सेवकहरू अर्थात्‌ आफ्ना भविष्यवक्‍ताहरूमार्फत दिनुभएका आज्ञाहरू हामीले पालन गरेनौँ।+ ११  सबै इस्राएलीले तपाईँको व्यवस्था उल्लङ्‌घन गरेका छन्‌; तपाईँको स्वर नसुनी तिनीहरू तर्केर गएका छन्‌। त्यसकारण तपाईँले शपथ खाएअनुसारै हामीलाई सराप दिनुभएको छ, जुन शपथबारे साँचो परमेश्‍वरका सेवक मोसाको व्यवस्थामा लेखिएको थियो।+ हामीले तपाईँविरुद्ध पाप गरेकै हौँ। १२  हामीमाथि ठूलो विपत्ति ल्याएर उहाँले हामीविरुद्ध र हाम्रा शासकहरूविरुद्ध* बोल्नुभएको कुरा पूरा गर्नुभएको छ।+ यरुसलेममाथि जति ठूलो विपत्ति आइपऱ्‍यो, त्यति ठूलो विपत्ति त आकाशमुनि पहिला कहिल्यै आइपरेको थिएन।+ १३  मोसाको व्यवस्थामा लेखिएअनुसारै यी सबै विपत्ति हामीमाथि आइपरे।+ तैपनि आफ्नो खराब मार्गबाट फर्केर+ अनि उहाँको सत्यलाई बुझेर* यहोवा हाम्रा परमेश्‍वरको निगाह पाउन हामीले उहाँसित बिन्ती गरेनौँ। १४  “यहोवा परमेश्‍वरले भने यी सबै हेरिरहनुभएको थियो र उहाँले हामीमाथि विपत्ति ल्याउनुभयो किनकि यहोवा हाम्रा परमेश्‍वर सधैँ सही काम गर्नुहुन्छ। तैपनि हामीले उहाँको स्वर सुनेनौँ।+ १५  “आफ्नो पराक्रमी हातले आफ्ना मानिसहरूलाई मिश्रबाट* छुटाएर ल्याउनुहुने+ र आजको दिनसम्मै आफ्नो नाम कायम राख्नुहुने+ हे यहोवा हाम्रा परमेश्‍वर, हामीले पाप गरेका छौँ अनि दुष्ट काम गरेका छौँ। १६  हे यहोवा, तपाईँ जो सधैँ असल काम गर्नुहुन्छ,+ बिन्ती छ, तपाईँको पवित्र डाँडा, तपाईँको सहर यरुसलेममाथिको तपाईँको रिस मरोस्‌ र तपाईँको क्रोध शान्त होस्‌ किनकि हाम्रा पाप र हाम्रा पुर्खाहरूको अपराधले गर्दा वरपरका सबै मानिससामु यरुसलेम सहर र तपाईँका मानिसहरू निन्दाको पात्र भएका छन्‌।+ १७  हे हाम्रा परमेश्‍वर यहोवा, तपाईँको सेवकको प्रार्थना र अन्तरबिन्ती सुन्‍नुहोस्‌ र आफ्नै लागि भए पनि उजाड भएको आफ्नो पवित्र स्थानमाथि*+ आफ्नो अनुहारको ज्योति चम्काउनुहोस्‌।+ १८  हे मेरा परमेश्‍वर, सुन्‍नुहोस्‌! आँखा उघार्नुहोस्‌ र हाम्रो दयनीय अवस्था हेर्नुहोस्‌, तपाईँको नामले चिनिएको सहरलाई हेर्नुहोस्‌। हामीले असल काम गरेकोले होइन बरु तपाईँ अत्यन्तै कृपालु परमेश्‍वर हुनुभएकोले हामीले तपाईँलाई पुकारेका हौँ।+ १९  हे यहोवा, सुन्‍नुहोस्‌! हे यहोवा, हामीलाई क्षमा गर्नुहोस्‌!+ हे यहोवा, हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहोस्‌! हे मेरा परमेश्‍वर, आफ्नै लागि भए पनि ढिलो नगर्नुहोस्‌ किनकि तपाईँको सहर र तपाईँका मानिसहरू तपाईँको नामले चिनिएका छन्‌।”+ २०  मैले प्रार्थना गरिरहेको बेला अनि आफ्नो र आफ्ना मानिस इस्राएलीहरूको पाप स्विकारिरहेको बेला अनि मेरा परमेश्‍वरको पवित्र डाँडामाथि निगाह देखाउन मेरा परमेश्‍वर यहोवालाई बिन्ती चढाइरहेको बेला,+ २१  हो, मैले प्रार्थना गरिरहेकै बेला गब्रिएल,+ जसलाई मैले पहिला पनि दर्शनमा* देखेको थिएँ,+ मकहाँ आए। त्यसबेला म साह्रै लखतरान भएको थिएँ र साँझको भेटी चढाउने बेला भएको थियो। २२  तिनले मलाई यसो भनेर बुझाए: “हे दानिएल, म तिमीलाई सबै कुरा बुझ्ने अन्तर्दृष्टि* र समझ दिन आएको हुँ। २३  तिमीले बिन्ती गर्न थालेपछि एउटा सन्देश दिइयो र म तिमीलाई त्यो सन्देश सुनाउन आएको हुँ। किनकि तिमी अतिप्रिय* छौ।+ त्यसैले मेरो कुरा सुन र दर्शन बुझ। २४  “तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको निम्ति+ अपराधको अन्त गर्न, पाप नामेट पार्न,+ गल्तीको प्रायश्‍चित गर्न,+ सदाको लागि न्याय स्थापना गर्न,+ दर्शन र भविष्यवाणीमा छाप लगाउन+ अनि महापवित्र स्थानलाई अभिषेक गर्नको लागि ७० हप्ता* तोकिएको छ। २५  यो कुरा जान र बुझ, यरुसलेमको पुनर्स्थापना र पुनर्निर्माण गर्ने वचन निस्केको समयदेखि+ मसीह*+ अर्थात्‌ अगुवाइ लिने+ जन देखा पर्ने बेलासम्म ७ हप्ता र ६२ हप्ता बित्नेछ।+ चोक र नहरसहित यरुसलेमको पुनर्स्थापना र पुनर्निर्माण गरिनेछ। तर यो सब विपद्‌को समयमा गरिनेछ। २६  “अनि ६२ हप्तापछि मसीहलाई मारिनेछ+ र तिनीसित केही पनि बाँकी रहनेछैन।+ “अनि आउँदै गरेका सेनापतिको सेनाले त्यस सहरलाई र पवित्र ठाउँलाई नाश गर्नेछ।+ बाढीले त्यसलाई नाश गर्नेछ। अनि त्यहाँ अन्तसम्मै युद्ध हुनेछ। परमेश्‍वरले त्यसलाई नाश गर्ने निश्‍चय गरिसक्नुभएको छ।+ २७  “अनि धेरैका निम्ति तिनले करारलाई एक हप्तासम्म कायम राख्नेछन्‌ अनि त्यस हप्ताको बीचमा तिनले बलिदान र भेटीको अन्त गर्नेछन्‌।+ “अनि विनाश गर्ने व्यक्‍ति अशुद्ध कुराको पखेटामा सवार भएर आउनेछन्‌।+ अनि जुन कुरा परमेश्‍वरले निश्‍चय गरिसक्नुभएको छ, त्यो कुरा उजाड रहेको ठाउँमाथि पनि आइपर्नेछ, जबसम्म त्यो नामेट हुँदैन।”

फुटनोटहरू

अर्थात्‌, पवित्र पुस्तकहरूको।
शब्दावली हेर्नुहोस्‌।
शा., “हाम्रो न्याय गर्ने हाम्रा न्यायकर्ताहरूविरुद्ध।”
वा “सत्यलाई बुझ्न अन्तर्दृष्टि हासिल गरेर।”
वा “इजिप्टबाट।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “आन्तरिक चेतना।”
वा “अत्यन्तै अनमोल; अत्यन्तै सम्मानित।”
यहाँ एक हप्ताले सात वर्षलाई जनाउँछ।
वा “अभिषिक्‍त जन।”