जकरिया २:१-१३

  • तेस्रो दर्शन: नाप्ने डोरी लिएको एक जना मानिस (१-१३)

    • यरुसलेम नापिनेछ ()

    • यहोवा, “चारैतिर आगोको पर्खाल” ()

    • परमेश्‍वरको आँखाको नानी छुनु ()

    • थुप्रै जातिले यहोवाको उपासना गर्नेछन्‌ (११)

 अनि मैले मास्तिर हेरेँ र हातमा नाप्ने डोरी+ लिएको एक जना मानिसलाई देखेँ। २  तब मैले सोधेँ: “तपाईँ कहाँ जाँदै हुनुहुन्छ?” तिनले जवाफ दिए: “यरुसलेमलाई नाप्न, त्यसको चौडाइ र लम्बाइ कति छ भनेर हेर्न।”+ ३  अनि हेर, मसित कुरा गरिरहेका स्वर्गदूत त्यहाँबाट गए र अर्को स्वर्गदूत तिनलाई भेट्‌न आए। ४  अनि उनले तिनलाई भने: “दौडेर जाऊ र त्यस युवकलाई यसो भन, ‘“यरुसलेम पर्खालविनाको गाउँजस्तै आबाद हुनेछ+ किनकि त्यहाँ मानिस र वस्तुभाउको सङ्‌ख्या बढ्‌नेछ।+ ५  अनि म त्यसको चारैतिर आगोको पर्खाल बन्‍नेछु+ र त्यसको महिमा बनेर त्यसको बीचमा रहनेछु,”’”+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ। ६  “आओ! आओ! उत्तरको भूमिबाट भाग,”+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ। “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासतिर तितरबितर पारिदिएको छु,”+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ। ७  “हे सियोन, आऊ! तिमी, जो बेबिलोनकी छोरीसित बसोबास गर्दै छौ, निस्केर आऊ।+ ८  महिमाले भरिएपछि सेनाहरूका यहोवाले तिमीलाई लुट्‌ने राष्ट्रकहाँ मलाई पठाउनुभयो।+ उहाँ यसो भन्‍नुहुन्छ: ‘जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई* छुन्छ।+ ९  अब म तिनीहरूको विरुद्धमा हात उठाउनेछु अनि तिनीहरूलाई तिनीहरूको आफ्नै दासले लुट्‌नेछन्‌।’+ अनि सेनाहरूका यहोवाले नै मलाई पठाउनुभएको हो भनेर तिमीले जान्‍नेछौ। १०  यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ: “हे सियोनकी छोरी,* जयजयकार गर+ किनकि म आउँदै छु+ र म तिमीसित बास गर्नेछु।+ ११  त्यस दिन थुप्रै जातिले यहोवाको पक्ष लिनेछन्‌+ र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ अनि म तिमीसित बास गर्नेछु।” अनि सेनाहरूका यहोवाले नै मलाई तिमीकहाँ पठाउनुभएको हो भनी तिमीले जान्‍नेछ्यौ। १२  पवित्र भूमिमा यहोवा परमेश्‍वरले यहुदालाई आफ्नो भाग बनाउनुहुनेछ अनि उहाँले यरुसलेमलाई फेरि रोज्नुहुनेछ।+ १३  हे सबै मानिस हो, यहोवा परमेश्‍वरसामु चुपचाप बस किनकि उहाँले आफ्नो पवित्र निवासस्थानबाट कदम चाल्नुहुनेछ।

फुटनोटहरू

वा “आँखाको गेडीलाई।”
“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।