उत्पत्ति १४:१-२४

  • अब्राम लुतलाई बचाउँछन्‌ (१-१६)

  • मल्किसेदेक अब्रामलाई आशिष्‌ दिन्छन्‌ (१७-२४)

१४  त्यही समयमा सिनारका+ राजा अमरापेल, एल्लासारका राजा अरयोक, एलामका+ राजा केदोर-लाओमेर+ र गोयिमका राजा तिदालले २  सदोमका+ राजा बेरा, गमोराका+ राजा बिर्सा, अदमाहका राजा सिनाब, जेबोयिमका+ राजा सेमेबेर र जोअर पनि भनिने बेलाका राजासित लडाइँ गरे। ३  तिनीहरू* लडाइँ गर्न सिद्दिम बेँसीमा+ अर्थात्‌ खारा समुद्रमा*+ जम्मा भए। ४  ती पाँच राजाले १२ वर्षसम्म राजा केदोर-लाओमेरको सेवा गरेका थिए तर १३ औँ वर्षमा तिनीहरूले विद्रोह गरे। ५  अनि १४ औँ वर्षमा राजा केदोर-लाओमेर र तिनलाई साथ दिने अरू राजाहरू आएर अस्तेरोथ-कर्नैममा रेफाईहरूलाई, हाममा जुजीहरूलाई र सावे-किर्यथैममा एमीहरूलाई+ हराए। ६  अनि सेइरको पहाडी इलाकामा बस्ने होरीहरूलाई+ सेइरको पहाडदेखि+ निर्जनभूमिको एल पारानसम्म खेदे र ती होरीहरूलाई त्यहीँ हराए। ७  त्यसपछि तिनीहरू कादेस+ पनि भनिने एन-मिस्पातमा फर्के अनि अमालेकीहरूको+ पूरै इलाका जिते र हजाजोन-तामारमा+ बस्ने एमोरीहरूलाई+ पनि हराए। ८  त्यही बेला सदोमका राजा, गमोराका राजा, अदमाहका राजा, जेबोयिमका राजा र जोअर पनि भनिने बेलाका राजा सिद्दिम बेँसीमा दल-दल बनाएर जम्मा भए। ९  तिनीहरू एलामका राजा केदोर-लाओमेर, गोयिमका राजा तिदाल, सिनारका राजा अमरापेल र एल्लासारका राजा अरयोकसित+ लडाइँ गर्न तयार भए। यसरी चार जना राजासित लड्‌न पाँच जना राजा जम्मा भए। १०  सिद्दिम बेँसीमा जताततै बिटुमिनको* दलदल थियो। त्यसैले सदोम र गमोराका राजाहरू आफ्नो ज्यान बचाउन भाग्न खोज्दा तिनीहरू त्यसमै फसे। अनि बाँकी रहेकाहरूचाहिँ पहाडी इलाकातिर भागे। ११  लडाइँ जित्ने चार जना राजाले सदोम र गमोराका सबै मालसामान र खानेकुरा लुटे।+ १२  तिनीहरूले सदोममा+ बस्ने अब्रामका भतिजा लुतलाई बन्दी बनाएर लगे र उनका मालसामान पनि लुटे। १३  अनि उम्केर आएका एक जना व्यक्‍तिले हिब्रू अब्रामलाई सबै कुरा बताइदिए। त्यतिबेला अब्राम मम्रे नामको एमोरी मानिसकहाँ ठूलठूला रूखहरूबीच बसिरहेका* थिए।+ मम्रे, एस्कोल र अनेर दाजुभाइ थिए।+ तिनीहरू र अब्रामले एकआपसमा सन्धि गरेका थिए। १४  आफ्नो भतिजालाई*+ पक्रेर लगेको खबर पाएपछि अब्रामले आफ्नै घरमा जन्मेका ३१८ जना दासलाई जम्मा गरे। तिनीहरू हतियार चलाउन सिपालु थिए। अब्राम तिनीहरूलाई लिएर शत्रुहरूलाई खोज्दै दानसम्मै+ पुगे। १५  राती अब्रामले आफ्ना दासहरूलाई दल-दल गरी छुट्ट्याए र शत्रुहरूमाथि आक्रमण गरेर तिनीहरूलाई हराए। अनि दमिसकको उत्तरतिर पर्ने होबाहसम्म तिनीहरूलाई खेदे। १६  तिनले आफ्ना भतिजा लुत र उनका सरसम्पत्ति छुटाए। तिनले बाँकी सबै मालसामान, स्त्रीहरू र अरू मानिसलाई पनि छुटाए। १७  अब्रामले राजा केदोर-लाओमेर र तिनलाई साथ दिने अरू राजालाई हराएर फर्कँदा तिनलाई भेट्‌न सदोमका राजा सावे बेँसी अर्थात्‌ राजा बेँसीमा+ आए। १८  अनि सालेमका राजा+ मल्किसेदेक,+ जो सर्वोच्च परमेश्‍वरका पुजारी पनि थिए,+ तिनी रोटी र मद्य लिएर अब्रामलाई भेट्‌न आए। १९  त्यसपछि तिनले अब्रामलाई आशिष्‌ दिए र यसो भने: “स्वर्ग र पृथ्वी बनाउनुहुने सर्वोच्च परमेश्‍वरलेअब्रामलाई आशिष्‌ देऊन्‌; २०  सर्वोच्च परमेश्‍वरको महिमा होस्‌,जसले शत्रुहरूलाई तिम्रो हातमा सुम्पिदिनुभयो।” त्यसपछि अब्रामले राजा मल्किसेदेकलाई सबै कुराको दशांश* दिए।+ २१  तब सदोमका राजाले अब्रामलाई भने: “सरसामानजति सबै तपाईँसितै राख्नुहोस्‌ तर मेरा मानिसहरू भने फर्काइदिनुहोस्‌।” २२  तर अब्रामले सदोमका राजालाई भने: “म आफ्नो हात उचाल्दै स्वर्ग र पृथ्वी बनाउनुहुने सर्वोच्च परमेश्‍वर यहोवाको नाममा यो शपथ खान्छु, २३  म तपाईँको केही पनि लिनेछैनँ, एउटा धागोदेखि जुत्ताको फित्तासम्म लिनेछैनँ। नत्र तपाईँ भन्‍नुहोला, ‘मैले गर्दा अब्राम धनी भए।’ २४  मेरा मानिसहरूले जे खाएका छन्‌, त्यसबाहेक म केही लिनेछैनँ। तर मसँगै आएका अनेर, एस्कोल र मम्रेले+ भने आ-आफ्नो भाग लेऊन्‌।”

फुटनोटहरू

यसले पद १ मा उल्लेख गरिएका राजाहरूलाई जनाएको हुन सक्छ।
अर्थात्‌, मृतसागरमा।
कालो रङको बाक्लो कच्चा पेट्रोलियम पदार्थ।
वा “पाल टाँगेर बसिरहेका।”
शा., “भाइलाई।”
वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्‌।