उत्पत्ति १०:१-३२

  • जातिहरूको सूची (१-३२)

    • यापेतका सन्तान (२-५)

    • हामका सन्तान (६-२०)

      • निम्रोद यहोवाको विरोध गर्छन्‌ (८-१२)

    • सेमका सन्तान (२१-३१)

१०  नुहका छोराहरू सेम,+ हाम र यापेतको वंशावली यही हो: जलप्रलयपछि मात्र तिनीहरूका छोराहरू जन्मिए।+ २  यापेतका छोराहरू गोमेर,+ मागोग,+ मदै, याबान, तुबल,+ मेसेक+ र तिरास+ थिए। ३  गोमेरका छोराहरू अस्कनज,+ रिपथ र तोगार्मा+ थिए। ४  याबानका छोराहरू एलिसाह,+ तर्सिस,+ कित्तिम+ र दोदानिम थिए। ५  यिनीहरूबाटै टापुहरूमा बसोबास गर्ने मानिसहरू निस्के। यिनीहरू आ-आफ्नो परिवार, भाषा र जातिअनुसार विभिन्‍न टापुमा बसे। ६  हामका छोराहरू कुस, मिज्रेम,*+ पत+ र कनान+ थिए। ७  कुसका छोराहरू सिबा,+ हविलाह, साब्ता, रामाह+ र साब्तका थिए। रामाहका छोराहरू सेबा र ददान थिए। ८  कुसबाट निम्रोद पनि जन्मिए। निम्रोद नै पृथ्वीका पहिलो पराक्रमी पुरुष थिए। ९  निम्रोद यहोवा परमेश्‍वरको विरोध गर्ने एक शक्‍तिशाली सिकारी भए। यसले गर्दा कसै-कसैलाई निम्रोदसँग तुलना गर्दै यसो भन्‍ने गरिन्छ: “ऊ यहोवा परमेश्‍वरको विरोध गर्ने शक्‍तिशाली सिकारी निम्रोदजस्तै छ।” १०  निम्रोदले आफ्नो शासनकालको सुरुमा बसालेका सहरहरू बाबेल,*+ एरेक,+ अक्कद र काल्नेह थिए। यी सहरहरू सिनारको+ इलाकामा पर्थे। ११  त्यहाँबाट निम्रोद अस्सेरिया+ गए अनि निनवे,+ रेहोबोथ-इर, कालह १२  र रेसेन नाम गरेका सहरहरू बसाले। यी सबै सहर निनवे र कालहको बीचमा पर्छन्‌। यो एउटा विशाल सहर हो।* १३  मिज्रेमबाट लुदिम,+ अनामिम, लहाबिम, नप्तुहिम,+ १४  पाथ्रोसिम,+ कस्लुहिम (पलिस्तियालीहरू+ यिनकै सन्तान थिए।) र काफ्तोरिम+ जन्मिए। १५  कनानका जेठा छोरा सिदोन+ थिए। तिनका अर्का छोरा हेत+ थिए। १६  कनान नै यबुसीहरू,+ एमोरीहरू,+ गिर्गासीहरू, १७  हिव्वीहरू,+ अरकीहरू, सिनीहरू, १८  अर्वादीहरू,+ जेमारीहरू र हमाथीहरूका+ पुर्खा थिए। पछि कनानका सन्तान जताततै छरिए। १९  कनानीहरूको इलाका सिदोनदेखि गाजानजिकै+ पर्ने गेरारसम्म+ अनि लासानजिकै पर्ने सदोम, गमोरा,+ अदमाह र जेबोयिमसम्म+ फैलिएको थियो। २०  हामका सन्तान यिनीहरू नै थिए। परिवार, भाषा, जाति र इलाकाअनुसार हामका सन्तानको विवरण यही हो। २१  सेमका पनि छोराछोरी जन्मिए। तिनका जेठा दाइ यापेत थिए।* सेम एबेरका+ सबै सन्तानको पुर्खा थिए। २२  सेमका छोराहरू एलाम,+ अस्सुर,+ अर्पक्षद,+ लुद र अराम+ थिए। २३  अरामका छोराहरू उज, हुल, गेथेर र मस थिए। २४  अर्पक्षदबाट सेलह+ जन्मिए र सेलहबाट एबेर जन्मिए। २५  एबेरका दुई छोरा भए। एउटाको नाम पेलेग*+ थियो। किनकि तिनकै समयमा मानिसहरू यताउता छरिएका थिए।* अर्को छोराको नामचाहिँ योक्‍तान+ थियो। २६  योक्‍तानबाट अल्मोदाद, सेलेप, हासरमाबेथ, यरह,+ २७  हादोराम, उजाल, दिक्ला, २८  ओबाल, अबिमायल, सेबा, २९  ओपिर,+ हविलाह र योबाब जन्मिए। यिनीहरू सबै योक्‍तानका सन्तान थिए। ३०  तिनीहरू बसोबास गर्ने इलाका मेसादेखि पूर्वको पहाडी इलाका सेफरसम्म फैलिएको थियो। ३१  सेमका सन्तान यिनीहरू नै थिए। परिवार, भाषा, जाति र इलाकाअनुसार सेमका सन्तानको विवरण यही हो।+ ३२  घराना र जातिअनुसार नुहका सन्तानको विवरण यही हो। यसरी जलप्रलयपछि नुहका छोराहरूबाट निस्केका विभिन्‍न जाति पृथ्वीभरि फैलिँदै गए।+

फुटनोटहरू

मिश्रको हिब्रू नाम “मिज्रेम” हो।
अर्थात्‌, बेबिलोन।
वा सम्भवतः “यी सहरहरू मिलेर एउटा विशाल सहर बनेको छ।”
वा सम्भवतः “तिनी यापेतका दाइ थिए।”
यसको अर्थ हो, “विभाजन।”
वा “पृथ्वी विभाजित भएको थियो।”