इजकिएल ९:१-११

  • संहार गर्ने छ जना पुरुष र मसीदानी भिरेका पुरुष (१-११)

    • न्याय पवित्र स्थानबाट सुरु हुन्छ ()

 त्यसपछि उहाँले ठूलो स्वरले मलाई यसो भन्‍नुभयो: “सहर विनाश गर्न खटाइएकाहरूलाई बोलाऊ र तिनीहरू आ-आफ्नो हातमा विनाशको हतियार लिएर आऊन्‌।” २  मैले उत्तरतिरको माथिल्लो ढोकातिरबाट+ छ जना पुरुष आइरहेको देखेँ। तिनीहरू प्रत्येकको हातमा फोर्ने डन्डा* थियो। मैले तिनीहरूसँगै मलमलको लुगा लगाएका अर्को एक जना पुरुषलाई पनि देखेँ। तिनले आफ्नो कम्मरमा लेखनदासको मसीदानी* भिरेका थिए। तिनीहरू सबै मन्दिरभित्र पसे र तामाको वेदीनजिकै+ उभिए। ३  त्यसपछि इस्राएलका परमेश्‍वरको महिमा+ करूबहरूबाट* हटेर मन्दिरको ढोकाको दलानमा पुग्यो।+ अनि उहाँले मलमलको लुगा लगाएका र कम्मरमा मसीदानी भिरेका पुरुषलाई बोलाउनुभयो। ४  यहोवाले तिनलाई भन्‍नुभयो: “यरुसलेम सहरमा चारैतिर जाऊ र सहरमा भइरहेका घिनलाग्दा कामहरू+ देखेर सुस्केरा हाल्दै अफसोस गरिरहेका+ मानिसहरूको निधारमा चिन्ह लगाऊ।” ५  अनि उहाँले मैले सुन्‍नेगरि बाँकी छ जनालाई यसो भन्‍नुभयो: “तिमीहरूचाहिँ उसको पछिपछि सहरमा जाओ र मानिसहरूलाई प्रहार गर। तिनीहरूलाई पटक्कै दयामाया नदेखाओ र अफसोस नमान।+ ६  जवान, वृद्ध, केटाकेटी, कुमारी र स्त्री कसैलाई नछोड, सबैलाई मार।+ तर निधारमा चिन्ह हुनेजतिलाई भने केही नगर।+ तिमीहरूले मेरो मन्दिरबाटै सुरु गर।”+ त्यसैले तिनीहरूले मन्दिरको सामुन्‍ने उभिरहेका नाइकेहरूबाटै सुरु गरे।+ ७  त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जाओ! मन्दिरलाई बिटुलो पारिदेओ।+ चोकहरूमा लास थुपार।” तिनीहरू गए र सहरका मानिसहरूलाई मार्न सुरु गरे। ८  तिनीहरूले मानिसहरूलाई मार्दै गर्दा मलाई चाहिँ छोडिदिए। तब म भुईँमा घोप्टो परेर यसो भन्दै चिच्याएँ: “हाय! ब्रह्‍माण्डका मालिक यहोवा! के तपाईँ यसरी नै यरुसलेममाथि आफ्नो क्रोध खन्याउनुहुनेछ? के तपाईँले इस्राएलका बाँकी मानिसहरूलाई पनि नाश गर्नुहुनेछ?”+ ९  तब उहाँले मलाई भन्‍नुभयो: “इस्राएलको र यहुदाको घरानाले घोर पाप गरेका छन्‌।+ सहर रक्‍तपात+ र भ्रष्टाचारले+ भरिएको छ। किनभने तिनीहरू यसो भन्छन्‌, ‘यहोवाले हामीलाई देख्नुहुन्‍न। यहोवाले यस भूमिलाई छोडेर गइसक्नुभयो।’+ १०  तर म तिनीहरूलाई दयामाया देखाउनेछैनँ र अफसोस मान्‍नेछैनँ।+ तिनीहरूको कामको फल म तिनीहरूकै थाप्लोमा खन्याइदिनेछु।” ११  त्यसपछि मलमलको लुगा लगाएका र कम्मरमा मसीदानी भिरेका ती पुरुष फर्केर आएको मैले देखेँ र तिनले यसो भनिरहेका थिए: “मैले तपाईँको आज्ञाअनुसार सबै गरेँ।”

फुटनोटहरू

घनजस्तो एक किसिमको घातक हतियार।
वा “मसी हाल्ने सिङ।”
शब्दावली हेर्नुहोस्‌।