अय्युब ९:१-३५
९ अय्युबले यस्तो जवाफ दिए:
२ “मलाई थाह छ, यो कुरा सत्य हो।
तर परमेश्वरसित बहस गरेर मरणशील मानिसले कसरी आफूलाई सही ठहराउन सक्छ र?+
३ कसैले उहाँसित विवाद गर्ने* आँट गऱ्यो भने+उहाँका हजार प्रश्नमा एउटाको समेत जवाफ दिन सक्दैन।
४ उहाँ बुद्धिमान् र शक्तिशाली हुनुहुन्छ।+
उहाँलाई टक्कर दिएर को पो सकुशल रहन सक्छ र?+
५ उहाँ पहाडलाई सार्नुहुन्छतर कसैले चाल पाउँदैन।
उहाँ रिसले त्यसलाई पल्टाउनुहुन्छ।
६ उहाँ पृथ्वीलाई जोडले हल्लाउनुहुन्छर त्यसको जग थरथराउँछ।+
७ उहाँ सूर्यलाई नउदाउनू भनेर आदेश दिनुहुन्छर ताराको चमकलाई छोप्नुहुन्छ।+
८ उहाँ आफ्नै हातले आकाशलाई फिँजाउनुहुन्छ,+उहाँ समुद्रका अग्ला-अग्ला छालहरूलाई कुल्चनुहुन्छ।+
९ उहाँले नै आस,* केसिल* र किमाह* तारामण्डलहरू+अनि दक्षिणी आकाशका तारामण्डलहरू बनाउनुभयो।
१० उहाँका कामहरू अचम्मका अनि बुझ्नै नसकिने खालका छन्,+उहाँका आश्चर्यजनक कामहरू गन्नै नसकिने छन्।+
११ उहाँ मेरै सामुन्नेबाट जानुहुन्छ तर म उहाँलाई देख्न सक्दिनँ।उहाँ मेरो छेवैबाट जानुहुन्छ तर म थाह पाउँदिनँ।
१२ उहाँले कसैबाट केही खोस्नुहुँदा कसले उहाँलाई रोक्न सक्छ?
‘तपाईँले यो के गर्नुभएको’ भनेर कसले उहाँलाई सोध्न सक्छ?+
१३ परमेश्वरले आफ्नो रिस थामेर राख्नुहुन्न।+राहाबका*+ सहयोगीहरूसमेत उहाँको पाउ पर्छन्।
१४ त्यसो हो भने त मैले उहाँसित विवाद गर्नमुख खोल्नुअघि १० पटक सोच्नुपर्छ।
१५ म सही नै छु भने पनि उहाँलाई जवाफ फर्काउनेछैनँ।+
मेरा न्यायाधीशसित* दयाको भीख माग्नुबाहेक मसित अरू कुनै उपाय छैन।
१६ तर मैले पुकारे पनि के उहाँले जवाफ दिनुहोला र?
उहाँले मेरो आवाज सुन्नुहोला जस्तो मलाई लाग्दैन।
१७ उहाँ विपत्तिहरूको आँधी ल्याएर मलाई नाश गर्नुहुन्छ,विनाकारण मेरो चोटमाथि चोट थप्नुहुन्छ।+
१८ उहाँ मलाई सास फेर्न समेत दिनुहुन्न,मेरो दुःखमाथि दुःख थप्नुहुन्छ।
१९ शक्तिको कुरा गरूँ भने उहाँजति शक्तिशाली कोही छैन।+
न्यायको कुरा गरूँ भने उहाँ भन्नुहुन्छ:
‘मलाई दोषी ठहराउने* कसको आँट?’
२० म निर्दोष नै छु भने पनि मेरै मुखले मलाई दोषी ठहराउँछ।मैले आफ्नो निष्ठा छोडिनँ भने पनि उहाँले मलाई अपराधी ठहराउनुहुन्छ।
२१ मैले आफ्नो निष्ठा छोडिनँ भने पनि मेरो जीवनको भर छैन।त्यसैले मलाई बाँच्ने रहर पुगिसक्यो।
२२ दुष्ट र सज्जन दुवैको नतिजा एउटै हुने रहेछ।त्यसैले म भन्छु, ‘उहाँ दुष्ट र सज्जन दुवैलाई नाश गर्नुहुन्छ।’
२३ अचानक बाढी आएर मानिसहरू मरे भने पनिनिर्दोष मानिसको बिजोग देखेर उहाँ हाँस्नुहुन्छ।
२४ पृथ्वी दुष्टको हातमा दिइएको छ।+उहाँले पृथ्वीका न्यायाधीशहरूको आँखा* छोपिदिनुभएको छ।
उहाँले होइन भने कसले त?
२५ मेरा दिनहरू धावक कुदेभन्दा छिटो बितिरहेका छन्।+सुख के हो, मैले चाख्नै पाएको छैनँ।
२६ नर्कटको डुङ्गा पानीमा सलल बगेझैँ,शिकार टिप्न चील भुईँतिर हुँइकिएझैँ,
मेरा दिनहरू बितिरहेका छन्।
२७ मैले ‘म आफ्नो दुःख भुलिदिन्छु,आफ्नो उदासीपन हटाएर मुस्कुराउँछु’ भने पनि
२८ आफूले भोगेको पीडाले गर्दा म डराउँछु+अनि मलाई थाह छ, तपाईँले मलाई निर्दोष ठहराउनुहुनेछैन।
२९ म दोषी नै ठहरिने हो भने
किन बेकारमा आफूलाई निर्दोष साबित गर्ने कोसिस गरूँ?+
३० हिउँ पग्लेर आएको पानीले नुहाए तापनि,मैले आफ्नो हात खरानीले* धोएँ भने पनि,+
३१ तपाईँले मलाई हिलैहिलो भएको खाडलमा फालिदिनुहुनेछअनि मेरै लुगाले समेत मसँग घिन मान्नेछ।
३२ परमेश्वर मजस्तो मानिस हुनुहुन्न,म कसरी उहाँसित बहस गर्न सक्छु र?
कसरी उहाँलाई कठघरामा उभ्याउन सक्छु र?+
३३ हाम्रो न्यायाधीश भएरहाम्रो मामिला सुल्झाइदिन सक्ने* कोही छैन।
३४ परमेश्वरले मलाई लौरोले हिर्काउन बन्द गर्नुभयोर मलाई डर देखाउन छोड्नुभयो भने+
३५ म नडराईकन उहाँसित कुरा गर्नेछुकिनभने म डराई-डराई बोल्ने मान्छे होइनँ।
फुटनोटहरू
^ वा “उहाँलाई कठघरामा उभ्याउने।”
^ यसले सप्तर्षि तारामण्डललाई (उर्षा मेजर) जनाएको हुन सक्छ।
^ यसले सिकारी अर्थात् मृगशिरा तारामण्डललाई जनाएको हुन सक्छ।
^ यसले वृष तारामण्डलको प्लिएड्स ताराहरूलाई जनाएको हुन सक्छ।
^ यसले एउटा विशाल जलजन्तुलाई जनाएको हुन सक्छ। शब्दावलीमा “लेवियातान” हेर्नुहोस्।
^ वा सम्भवत: “प्रतिवादीसित।”
^ शा., “कठघरामा उभ्याउने।”
^ शा., “अनुहार।”
^ वा “पोटासले।”
^ वा “मध्यस्थकर्ता।”