अय्युब ४१:१-३४

  • परमेश्‍वर विशाल गोहीको बयान गर्नुहुन्छ (१-३४)

४१  “के तिमी लेवियातानलाई*+ बल्छीले समात्न सक्छौ?अथवा त्यसको मुखलाई डोरीले बाँध्न सक्छौ?  २  के तिमी त्यसको नाकमा डोरी छिराउन सक्छौ?अथवा त्यसको बङ्‌गारामा अङ्‌कुसे लगाउन सक्छौ?  ३  के त्यसले तिमीसँग दयाको भीख माग्छ?अथवा तिमीसित मधुरो आवाजमा कुरा गर्छ?  ४  ‘बरु म जिन्दगीभर तपाईँको दास बन्छु’ भनेरके त्यसले तिमीसित वाचा गर्छ?  ५  के तिमी त्यसलाई चराचुरुङ्‌गीलाई जस्तै खेलाउन सक्छौ?अथवा तिम्रा छोरीहरू त्यससित खेलून्‌ भनेर त्यसलाई सिक्रीले बाँधेर राख्न सक्छौ?  ६  के व्यापारीहरू त्यसलाई किनबेच गर्छन्‌? के तिनीहरू त्यसलाई आपसमा भाग लगाउँछन्‌?  ७  के तिमी भालै-भालाले हिर्काएर त्यसको छालाअथवा त्यसको टाउको छेड्‌न सक्छौ?+  ८  त्यसलाई एकचोटि छोएर त हेर,त्यससितको लडाइँ तिमीले जिन्दगीभर भुल्नेछैनौ र फेरि कहिल्यै त्यससित जोरी खोज्नेछैनौ।  ९  त्यसलाई आफ्नो वशमा राख्न खोज्नु बेकार छ। त्यसलाई देख्दा मात्रै पनि तिम्रो आङ सिरिङ्‌ङ हुन्छ। १०  त्यसलाई जिस्क्याउने आँट कसैले गर्दैन भने मविरुद्ध खडा हुने आँट कसले गर्छ?+ ११  के कसैले मलाई केही दिएको छ? के म कसैलाई केही दिन बाध्य छु?+ आकाशमुनि भएका सबै कुरा मेरै हुन्‌।+ १२  त्यसको शरीर यत्ति अचम्मले बनिएको छ,म त्यसका खुट्टाहरू र त्यसको शक्‍तिबारे अझै बोल्नेछु। १३  कसले त्यसको कवच हटाउन सक्छ? त्यसले मुख बाउँदा को त्यसको नजिक जान सक्छ? १४  त्यसको मुख खोल्ने साहस कसले गर्न सक्छ? त्यसका दाह्रा देख्ने सबैको सातो जान्छ! १५  त्यसको ढाडमा कत्लै-कत्ला छन्‌।*ती सब लहर-लहरमा टम्म परेर बसेका छन्‌। १६  ती आपसमा यसरी टाँसिएका छन्‌,हावासमेत त्यहाँबाट वारपार हुँदैन। १७  ती एकअर्कासित चिपिक्कै टाँसिएका छन्‌।तिनलाई कसैले छुट्ट्याउन सक्दैन। १८  त्यसले छिउँ गर्दा बत्ती झलमल्ल बलेझैँ देखिन्छ।त्यसका आँखाहरू बिहानीको किरणझैँ देखिन्छन्‌। १९  त्यसको मुखबाट बिजुली चम्कन्छ,आगोको झिल्का निस्कन्छ। २०  भट्टीको आगोमा घाँस पर्दा धुवाँ निस्केझैँत्यसको नाकबाट धुवाँको मुस्लो निस्कन्छ। २१  त्यसको मुखबाट ज्वाला निस्कन्छर त्यसको सासले कोइला बल्छ। २२  त्यसको गर्दनमा निकै बल हुन्छर त्यसको अघिल्तिर पर्नेजति सबै बुर्कुसी मारेर भाग्छन्‌। २३  तह-तह परेर कसिएको त्यसको मासु धातुझैँ कडा हुन्छर कसैले त्यसलाई हल्लाउन सक्दैन। २४  त्यसको मुटु ढुङ्‌गाजस्तै कडा हुन्छ,जाँतोको तल्लो पाटाजस्तै। २५  त्यो खडा हुँदा कस्ता-कस्ताहरू समेत डरले थर्कमान हुन्छन्‌।त्यसले पुच्छर हल्लाएर पानीलाई हिर्काउँदा तिनीहरूको होसहवास उड्‌छ। २६  तरबार, भाला र काँडले समेतत्यसलाई छुन सक्दैन।+ २७  त्यसले फलामलाई परालसरह ठान्छर तामालाई सडेको काठसरह। २८  काँड हान्दा त्यो डराएर भाग्दैन।घुयेँत्रोले हिर्काएको ढुङ्‌गा त्यसलाई झुसजस्तो लाग्छ। २९  त्यसले लाठीलाई परालको ठुटोझैँ ठान्छ।अनि भाला देखाएर तर्साउँदा त्यो हाँस्छ। ३०  त्यसको पेटमा माटोको भाँडोको टुक्राझैँ तीखा-तीखा कत्ला हुन्छन्‌।दाँदे लाउँदा खेत कोतरिएझैँ त्यसले हिलोमा आफ्नो छाप छोड्‌छ।+ ३१  त्यसले गहिरो समुद्रलाई* खड्‌कुँलोमा उम्लेको पानीझैँ तुल्याउँछर भाँडोमा सुगन्धित तेल घोलेझैँ समुद्रको पानीमा भुमरी ल्याउँछ। ३२  टलक्क टल्किने धार छोड्‌दै त्यो हिँड्‌छ; झट्ट हेर्दा समुद्रको कपाल फूलेझैँ देखिन्छ। ३३  कसैको डर नमान्‍ने त्योजस्तो जीवपृथ्वीमा अरू कुनै छैन। ३४  ताइँफाइँ गर्ने जुनसुकै जनावरलाई त्यसले घुरेर हेर्छ। त्यो सबै भयानक जङ्‌गली जनावरहरूको राजा हो।”

फुटनोटहरू

यसले गोहीलाई जनाएको हुन सक्छ। शब्दावलीमा “लेवियातान” हेर्नुहोस्‌।
वा सम्भवत: “आफ्नो ढाडमा भएका कत्लाहरूमा त्यसले गर्व गर्छ।”
यहाँ “समुद्र” भनेर अनुवाद गरिएको हिब्रू शब्दले ठूलो नदीलाई पनि जनाउन सक्छ।