अय्युब ३९:१-३०

  • सृष्टिले मानिसको अज्ञानता प्रकट गर्छ (१-३०)

३९  “जङ्‌गली बाख्री कहिले ब्याउँछ, के तिमीलाई थाह छ?+ के तिमीले हरिणी ब्याएको देखेका छौ?+  २  तिनीहरूको महिना कहिले पुग्छ, के तिमीले गन्ती गरेका छौ? तिनीहरू कतिखेर ब्याउँछन्‌, के तिमीलाई थाह हुन्छ?  ३  ब्याउने बेला तिनीहरू निहुरिन्छन्‌र ब्याएपछि तिनीहरूलाई तुरुन्तै बेथाले छोड्‌छ।  ४  तिनीहरूका पाठाहरू खुला ठाउँमा हुर्किन्छन्‌ र बलिया हुन्छन्‌।तिनीहरू आफ्नो बाटो लाग्छन्‌ अनि माउकहाँ फेरि कहिल्यै फर्किंदैनन्‌।  ५  जङ्‌गली गधालाई कसले खुला छोडिदियो?+कसले त्यसको डोरी फुकाइदियो?  ६  मैले मरुभूमिलाई त्यसको घरअनि नुनिलो जमिनलाई त्यसको वासस्थान बनाएँ।  ७  सहरको कोलाहल त्यसलाई मन पर्दैन;जोताहाको हाँक त्यसले सुन्दैन।  ८  हरिया घाँसपात कहाँ पाइएला भनेरत्यो चरनको खोजीमा डाँडाहरू हुँदो डुल्छ।  ९  के जङ्‌गली साँढेले तिम्रो सेवा गर्छ?+ अथवा तिम्रो गोठमा आएर त्यसले रात काट्‌छ? १०  के तिमी त्यसलाई डोरीले बाँधेर आफ्नो खेतमा ल्याउन सक्छौ?के त्यो तिम्रो पछिपछि लागेर बेँसीमा खेत जोत्न आउँछ? ११  त्यो असाध्यै शक्‍तिशाली छ।तर के तिमी त्यसमा भरोसा गर्न सक्छौ?अनि के त्यसलाई आफ्नो गाह्रो काम सुम्पन सक्छौ? १२  त्यसले तिम्रो बाली भित्र्याइदेला भनेर के तिमी ढुक्क हुन सक्छौ?के त्यसले अन्‍न बटुलेर तिम्रो खलामा ल्याइदिन्छ? १३  सुतुरमुर्गले* खुब रमाउँदै आफ्नो पखेटा फटफटाउँछ।तर के त्यसका पखेटा र प्वाँख सारसको जस्तो हुन्छ?+ १४  त्यसले त आफ्ना अण्डाहरू बालुवाले न्यानो पारिदेओस्‌ भनेरजमिनमा त्यसै छोड्‌छ। १५  कसैले ती अण्डाहरूलाई कुल्चेलावा जङ्‌गली जनावरले कुल्चीमिल्ची पार्ला भनेर पनि त्यसले चिन्ता गर्दैन। १६  त्यसले आफ्ना चल्लाहरूको वास्तै गर्दैन, मानौँ ती चल्लाहरू त्यसका हुँदै होइनन्‌।+तिनीहरूलाई हुर्काउन गरेको मेहनत खेर जाला भनेर त्यसलाई डर लाग्दैन। १७  किनकि परमेश्‍वरले त्यसलाई बुद्धि दिनुभएको छैनन त समझ नै दिनुभएको छ। १८  तैपनि जब सुतुरमुर्ग उठ्‌छ र पखेटा फटफटाउँदै कुद्‌छ,तब घोडा र घोडसवारलाई देखेर त्यो हाँस्छ। १९  घोडालाई बल दिने के तिमी हौ?+ त्यसको गलामा फरफराउने जगर* तिमीले लगाइदिएका हौ? २०  के त्यसलाई सलहजस्तै उफ्रन लगाउने तिमी हौ? त्यसले फूँ-फूँ गरेको आवाज कत्ति डरलाग्दो सुनिन्छ!+ २१  आफ्नो टापले जमिनलाई हिर्काउँदै त्यो बेँसीमा सानसित हिँड्‌छ।+त्यो युद्ध गर्न शत्रु भएतिर जाइलाग्छ।+ २२  त्यसले डरलाई खिसी गर्छ र त्यो केहीदेखि डराउँदैन।+ तरबार देखेर पनि त्यो पीठ फर्काएर भाग्दैन। २३  त्यसको आङमा बाणको ठोक्रो ठोकिँदाअनि तरबार र भाला टलटल टल्किँदा २४  त्यो झनै जोसिएर अगाडि बढ्‌छ।सिङ फुकेको आवाज सुनेपछि त्यो चुपचाप बस्नै सक्दैन।* २५  सिङ फुकेको आवाज सुन्‍नेबित्तिकै त्यो हिनहिनाउँछ।युद्धको गन्ध त्यसले टाढैबाट चाल पाउँछर सेनापतिहरूको आदेश अनि रणभूमिमा सिपाहीहरूको चर्को आवाज त्यसले सुन्छ।+ २६  बाजलाई आफ्नो पखेटा फैलाएर दक्षिणतिर उड्‌नतिमीले सिकाएका हौ? २७  अथवा चीललाई माथि-माथि उड्‌न+ र अग्ला-अग्ला ठाउँहरूमा गुँड बनाउनतिमीले आदेश दिएका हौ?+ २८  त्यसलाई चट्टानमा बास बस्नर पहराहरूमा शरण लिन तिमीले अह्राएका हौ? २९  त्यहीँबाट त्यसले आफ्नो आहारा खोज्छ।+त्यसले टाढा-टाढासम्म पनि देख्छ। ३०  त्यसका बचेराहरूले शिकारको रगत पिउँछन्‌र जहाँ लास हुन्छ, त्यहाँ त्यो पुग्छ।”+

फुटनोटहरू

वा “अस्ट्रिजले।”
घोडा, सिंह आदिका घिच्रामा हुने लामा खस्रा भुत्ला।
वा सम्भवत: “सिङ फुकेको आवाज सुने पनि त्यसले पत्याउनै सक्दैन।”