अय्युब ३८:१-४१

  • मानिस कति तुच्छ छ भनी यहोवा बताउनुहुन्छ (१-४१)

    • “पृथ्वीको जग बसाल्दा तिमी कहाँ थियौ?” (४-६)

    • परमेश्‍वरका छोराहरूले खुसीले जयजयकार गरेका थिए ()

    • प्रकृतिमा भएका आश्‍चर्यजनक कुराहरूबारे प्रश्‍न (८-३२)

    • ‘आकाशको नियम” (३३)

३८  त्यसपछि यहोवाले आँधीबेहरीको बीचबाट अय्युबलाई जवाफ दिनुभयो:+  २  “मेरो सल्लाहलाई हलुका बनाउन खोज्नेर केही नजानी बोल्ने त्यो को हो?+  ३  हे मानिस, मर्दझैँ खडा होऊ!अनि मेरो प्रश्‍नको जवाफ देऊ।  ४  मैले पृथ्वीको जग बसाल्दा तिमी कहाँ थियौ?+ तिमीलाई थाह छ भने मलाई जवाफ देऊ।  ५  अब भन, कसले पृथ्वीको सीमा तोक्यो?अथवा कसले नाप्ने डोरी लिएर पृथ्वीलाई नाप्यो?  ६  पृथ्वीका खम्बाहरू केमा अडिएका छन्‌?अथवा पृथ्वीको कुनाको ढुङ्‌गो कसले बसाल्यो?+  ७  त्यतिखेर बिहानका ताराहरूले+ रमाउँदै एकसाथ गाएका थिएर परमेश्‍वरका छोराहरूले*+ खुसीले जयजयकार गरेका थिए।  ८  कसले समुद्रको ढोका थुनिदियो?+जब समुद्र गर्भबाट उर्लेर निस्कियो,  ९  जब मैले त्यसलाई बादल पहिराइदिएँर त्यसलाई कालो बादलले बेरिदिएँ, १०  जब मैले त्यसको सीमा तोकिदिएँअनि त्यसको ढोका थुनेर त्यसमा आग्लो लगाइदिएँ+ ११  र त्यसलाई यसो भनेँ: ‘बस्‌, तँ यहीँसम्म मात्र आउन सक्छस्‌;तेरा ठूलठूला छालहरू यहाँभन्दा बाहिर उर्लन पाउनेछैनन्‌,’ तब तिमी कहाँ थियौँ?+ १२  के तिमीले कहिल्यै बिहानीको उषालाई आदेश दिएका छौ?अथवा प्रभातलाई त्यसको ठाउँ देखाइदिएका छौ?+ १३  अथवा पृथ्वीको किनारा समातेरदुष्टलाई झट्‌कारेर फ्याँक्ने हुकुम गरेका छौ?+ १४  आलो माटोमा छाप हान्दा त्यसको आकृति प्रस्ट देखिएझैँबिहानीको किरणसँगै पृथ्वीको आकार स्पष्ट हुन्छ र पृथ्वीमा भएका सबै कुरा लुगाको बुट्टाझैँ स्पष्ट देखा पर्छन्‌। १५  तर दुष्टको उज्यालो भने खोसिन्छर तिनीहरूले खराबी गर्न उठाएका पाखुरा ठनक्कै भाँचिन्छन्‌। १६  के तिमी कहिल्यै समुद्रको पिँधमा त्यसको मूलसम्म पुगेका छौ?वा सागरको गहिराइसम्म पुग्न सकेका छौ?+ १७  के तिमीलाई मृत्युका ढोकाहरू+ कहाँ छन्‌ भनेर थाह छ?अथवा तिमीले कहिल्यै घोर अन्धकारका ढोकाहरू* देखेका छौ?+ १८  के तिमीलाई पृथ्वी कत्तिको विशाल छ भनेर थाह छ?+ थाह छ भने मलाई भन। १९  उज्यालो कहाँ बस्छ?+ अनि अन्धकार कहाँ अड्डा जमाएर बसेको छ? २०  के तिमीलाई त्यसको घर जाने बाटो थाह छ?के तिमी त्यसको घरसम्म त्यसलाई पुऱ्‍याउन सक्छौ? २१  यी कुराहरू जान्‍नलाई के तिमी यीभन्दा अघि नै जन्मिसकेका थियौ?अथवा तिम्रो उमेर यिनीहरूको भन्दा धेरै छ? २२  के तिमी हिउँको भण्डारमा पसेका छौ?+अथवा के तिमीले असिनाको भण्डार देखेका छौ?+ २३  ती असिना र हिउँ, जसलाई मैले विपत्तिको समयर युद्धको दिनको निम्ति साँचेर राखेको छु।+ २४  पृथ्वीमा उज्यालो* कहाँबाट छरिन्छर पूर्वीय बतास कहाँबाट चल्छ, के तिमीलाई थाह छ?+ २५  मुसलधारे वर्षाको निम्ति आकाशमा नहर खनेरअनि मेघ गर्जने बाटो तयार पारेर+ २६  कोही नबस्ने निर्जनभूमिमाकसले झरी बर्साएको छ?+ २७  अनि कसले उजाड पारिएका ठाउँहरूको तिर्खा मेटेरती ठाउँहरूमा घाँसपात उमारेको छ?+ २८  के वर्षात्‌को बुबा छ?+अथवा शीतको बुबा को हो?+ २९  बरफले कसको कोखबाट जन्म लियो?अनि आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो?+ ३०  कसले पानीलाई ढुङ्‌गाझैँ कडा बनायो?अनि गहिरो सागरलाई बरफझैँ जमायो?+ ३१  के तिमी किमाह तारामण्डललाई* डोरीले बाँध्न सक्छौ?अथवा केसिल तारामण्डलको* बन्धन फुकाउन सक्छौ?+ ३२  के तिमी कुनै तारामण्डललाई* त्यसको ऋतुअनुसार डोऱ्‍याउन सक्छौ?अथवा आस तारामण्डललाई* त्यसका छोराहरूसँगै डोऱ्‍याउन सक्छौ? ३३  के तिमीलाई आकाश कुन नियमअनुसार चल्छ, थाह छ?+अथवा के तिमी ती नियमहरू* पृथ्वीमा लागू गर्न सक्छौ? ३४  के तिमी बादललाई चिच्याएर‘मुसलधारे पानी बर्साएर मलाई ढाक्‌’ भनी आदेश दिन सक्छौ?+ ३५  के तिमी बिजुलीलाई ‘गएर चम्की’ भनी हुकुम दिन सक्छौ? अनि के त्यसले ‘हस्‌ हजुर’ भन्दै तिम्रो कुरा खुरुखुरु मान्छ? ३६  कसले बादललाई* बुद्धि दियो?+अथवा कसले आकाशका आश्‍चर्यजनक कुराहरूलाई* समझ दियो?+ ३७  बादल गन्‍न सक्ने बुद्धिमान्‌ मानिस कोही छ?अथवा कसले आकाशका गाग्राहरूलाई घोप्ट्‌याउन सक्छ?+ ३८  त्यसले गर्दा धुलो हिलोको ढिको बन्छर माटोका ढिस्काहरू आपसमा टाँसिन्छन्‌। ३९  के तिमी सिंहको लागि सिकार खोज्नवा जवान सिंहको भोक मेटाउन सक्छौ?+ ४०  जो आफ्नो ओढारमा लुकेर बसेकावा गुफामा सिकार ढुकेर बसेका हुन्छन्‌। ४१  जब कागका बचेराहरू परमेश्‍वरलाई बिन्ती गरिरहेका हुन्छन्‌+र चारो नपाएर रन्थनिरहेका हुन्छन्‌,तब कसले कागलाई चारो जुटाइदिन्छ?

फुटनोटहरू

वा “स्वर्गदूतहरू।”
वा “मृत्युको छाया।”
वा सम्भवत: “बिजुली।”
यसले वृष तारामण्डलको प्लिएड्‌स ताराहरूलाई जनाएको हुन सक्छ।
यसले सिकारी अर्थात्‌ मृगशिरा तारामण्डललाई जनाएको हुन सक्छ।
हिब्रू भाषामा मज्जारोथ। दोस्रो राजा २३:५ मा यससित मिल्दोजुल्दो शब्दको बहुवचन रूप प्रयोग गरिएको छ र त्यसले राशिफलका तारामण्डलहरूलाई जनाउँछ।
यसले सप्तर्षि तारामण्डललाई (उर्षा मेजर) जनाएको हुन सक्छ।
वा सम्भवत: “परमेश्‍वरका नियमहरू।”
वा सम्भवत: “मान्छेलाई।”
वा सम्भवत: “मानिसको दिमागलाई।”