अय्युब ३७:१-२४
३७ “तब मेरो ढुकढुकी बढ्छ,मेरो मुटु जोडले धड्कन्छ।
२ उहाँको आवाजको गडगडाहटर उहाँको मुखबाट आउने गर्जनलाई ध्यान दिएर सुन्नुहोस्।
३ उहाँ त्यसलाई आकाशमुनि सबै ठाउँमा गुञ्जाउनुहुन्छर पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म बिजुली चम्काउनुहुन्छ।+
४ अनि एउटा ठूलो गर्जन सुनिन्छ।उहाँ दमदार आवाजमा गर्जनुहुन्छ।+अनि उहाँको स्वर गुञ्जँदा बिजुली चम्किरहन्छ।
५ परमेश्वर अद्भुत तरिकामा गर्जनुहुन्छ।+उहाँका महान् कामहरू हाम्रो समझबाहिर छन्।+
६ किनकि उहाँ हिउँलाई यसो भन्नुहुन्छ: ‘जमिनमा झर्!’+
अनि मुसलधारे पानीलाई भन्नुहुन्छ: ‘पृथ्वीमा बर्सी!’+
७ हरेक मानिसले उहाँका कामहरूबारे थाह पाओस् भनेरउहाँ मानिसहरूका सबै गतिविधि रोक्नुहुन्छ।
८ जङ्गली जनावरहरू आ-आफ्नो ओढारमा जान्छन्र आफ्नो गुफामा लुकेर बस्छन्।
९ आँधीबेहरी आफ्नो ठाउँबाट निस्कन्छ+र चिसो हावा उत्तरतिरबाट बहन्छ।+
१० परमेश्वरको सासले पानी बरफ बन्छ+र ठूलठूला खोलानालासमेत जम्छन्।+
११ उहाँ बादललाई पानीको कणले गह्रौँ बनाउनुहुन्छर बादलमा जताततै बिजुली चम्काउनुहुन्छ।+
१२ उहाँ जता भन्नुहुन्छ, ती बादल त्यतै मडारिन्छन्।उहाँले तिनीहरूलाई पृथ्वीमा जे गर्नू भनेर अह्राउनुहुन्छ, तिनीहरू त्यही गर्छन्।+
१३ चाहे कसैलाई दण्ड दिन होस्+ वा जमिनलाई भिजाउन होस्अथवा मानिसहरूलाई दया* देखाउन होस्, परमेश्वर जे भन्नुहुन्छ, तिनीहरू त्यसै गर्छन्।+
१४ अय्युब, मेरो कुरा सुन्नुहोस्।परमेश्वरका महान् कामहरू एकछिन घोरिएर विचार गर्नुहोस्।+
१५ परमेश्वर बादललाई कसरी आफ्नो वशमा राख्नुहुन्छर बादलमा कसरी बिजुली चम्काउनुहुन्छ, के तपाईँलाई थाह छ?
१६ बादलहरू आकाशमा कसरी तैरिन्छन्, के तपाईँ जान्नुहुन्छ?+
यी सब त सर्वज्ञानी परमेश्वरका आश्चर्यजनक कामहरू हुन्।+
१७ दक्षिणतिरबाट हावा चल्दा पृथ्वी शान्त रहे पनि+तपाईँको लुगाले चाहिँ किन पोल्छ भनेर के तपाईँलाई थाह छ?
१८ के तपाईँ परमेश्वरले जस्तै आकाशलाई फिँजाउन+र त्यसलाई धातुको ऐनाजस्तै कडा बनाउन सक्नुहुन्छ?
१९ परमेश्वरलाई हामी के भनौँ, लौ तपाईँ नै सिकाउनुहोस्।हामी आफै त उहाँलाई जवाफ दिन सक्दैनौँ किनभने हामी अन्धकारमा छौँ।
२० ‘म केही भन्न चाहन्छु’ भनेर मैले उहाँलाई बताइराख्नुपर्छ र?
अथवा उहाँलाई नभनी नहुने कुरा कसैले बोलेको छ र?+
२१ आकाश उज्यालो भए तापनिहावाले बादललाई उडाएर नलगेसम्ममानिसहरूले ज्योतिसमेत* देख्न सक्दैनन्।
२२ उत्तरबाट सुनौलो किरण आउँछर परमेश्वरको महिमा देखेर+ मानिसहरूमा भय छाउँछ।
२३ हामी सर्वशक्तिमान् परमेश्वरबारे सबै कुरा बुझ्न सक्दैनौँ।+उहाँको शक्ति अथाह छ।+उहाँ आफ्नो न्याय र धार्मिकताको स्तरलाई कहिल्यै उल्लङ्घन गर्नुहुन्न+ बरु सधैँ सही काम गर्नुहुन्छ।+
२४ त्यसैले मानिसहरूले उहाँको डर मान्नुपर्छ।+
किनकि आफैलाई बुद्धिमान् सम्झनेहरूलाई उहाँ मन पराउनुहुन्न।”+