अय्युब ३६:१-३३
-
एलिहु परमेश्वरको महानताको प्रशंसा गर्छन् (१-३३)
३६ एलिहुले अझै यसो भने:
२ “परमेश्वरको पक्षमा मलाई अझै केही बोल्नु छ।त्यसैले मैले बोलुन्जेल धैर्य गरेर सुनिदिनुहोस्।
३ आफूले जानेको कुरा म राम्ररी बताउनेछुर मलाई बनाउनुहुने परमेश्वरलाई म सही ठहराउनेछु।+
४ म कुनै पनि हालतमा झूटो बोल्नेछैनँ।सर्वज्ञानी परमेश्वरबाटै+ मैले यी कुराहरू थाह पाएको हुँ।
५ हुन पनि परमेश्वर साँच्चै महान् हुनुहुन्छ+ र उहाँ कसैलाई बेवास्ता गर्नुहुन्न;उहाँजस्तो समझदार अरू को छ?
६ उहाँ दुष्टहरूलाई जोगाउनुहुन्न+बरु थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ।+
७ उहाँको नजर धर्मी मानिसहरूमाथि सधैँ रहिरहन्छ।+उहाँ तिनीहरूलाई राजाहरूसितै सिंहासनमा बसाल्नुहुन्छ*+ र सधैँलाई उच्च पार्नुहुन्छ।
८ तर तिनीहरूलाई साङ्लाले बाँधियोवा डोरीले कसेर दुःख दिइयो भने
९ तिनीहरूले के भूल गरे र आफ्नो अहङ्कारमा के अपराध गरे,त्यो उहाँले तिनीहरूलाई बताइदिनुहुन्छ।
१० तिनीहरूलाई सुधार्न उहाँ सल्लाह दिनुहुन्छर गलत कामदेखि अलग रहन हुकुम गर्नुहुन्छ।+
११ तिनीहरूले उहाँको आज्ञा माने र उहाँको सेवा गरे भनेसुखैसुखमा तिनीहरूको दिन बित्नेछर बाँचुन्जेल तिनीहरूको फलिफाप हुनेछ।+
१२ तर तिनीहरूले आज्ञा मानेनन् भने तरबारले नाश हुनेछन्+र मर्ने बेलासम्म पनि तिनीहरू अबुझै रहनेछन्।
१३ भक्तिहीन* मानिसहरू मनमा रिस पालेर राख्छन्।परमेश्वरले तिनीहरूलाई डोरीले कस्नुहुँदा पनि तिनीहरू उहाँलाई पुकारेर मदत माग्दैनन्।
१४ तिनीहरू कलिलै उमेरमा मर्छन्।+मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्ने पुरुषहरूसित तिनीहरूको जीवन बित्छ।+
१५ तर असहायहरू थिचोमिचोमा पर्दा परमेश्वरले तिनीहरूको उद्धार गर्नुहुन्छर तिनीहरूले उहाँको कुरा सुन्न सकून् भनेर तिनीहरूको कान खोलिदिनुहुन्छ।
१६ उहाँले तपाईँलाई दुःखकष्टदेखि बचाएर+कुनै बन्धन नभएको खुला ठाउँमा ल्याउनुहुन्छ।+तपाईँलाई सान्त्वना दिन उहाँले तपाईँको टेबुलमा भोज लगाउनुहुन्छ।+
१७ तब दुष्टले आफ्नो कामको फल भोग्नेछ र न्याय कायम हुनेछ।अनि त्यो देखेर तपाईँलाई ठूलो चैन मिल्नेछ।+
१८ तर होस गर्नुहोस्! तपाईँको मन क्रोध अनि द्वेषले नभरियोस्;+टन्नै घुस पाउने लोभमा परेर नबरालियोस्।
१९ नत्र त मदतको लागि तपाईँले जति नै गुहारे पनिवा दुःखबाट मुक्त हुन जति नै बल गरे पनि केही फाइदा हुनेछैन।+
२० कहिले रात पर्लार मानिसहरू बिलाउलान् भनी पर्खेर नबस्नुहोस्।
२१ दुःख भोग्नु त बेकार छ भन्ने सोचेरगलत कामतिर लाग्नदेखि होसियार हुनुहोस्।+
२२ परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ।उहाँले जस्तै सिकाउन सक्ने अरू को छ?
२३ उहाँलाई कसले सिकाएको छ?*+वा कसले उहाँलाई यसो भनेको छ, ‘तपाईँको यो काम ठीक छैन’?+
२४ उहाँका कामहरूको प्रशंसा गर्नुहोस्;+मानिसहरूले ती कामहरूबारे गीत गाएका छन्।+
२५ उहाँका कामहरू नदेख्ने मानिस कोही छैन।मानिस ती कुराहरू टुलुटुलु हेरेर बस्छ।
२६ परमेश्वर मानिसले सोचेभन्दा कता हो कता महान् हुनुहुन्छ।+मानिसले उहाँको उमेर गन्ती गर्न सक्दैन।*+
२७ उहाँले समुद्रबाट पानीको बाफ उठाउनुहुन्छ+र त्यसलाई बादल बनाएर लैजानुहुन्छ।
२८ अनि बादलले त्यो पानी बर्साउँछ+र त्यो सबै मानिसमाथि बर्सिन्छ।
२९ आकाशमा बादल कसरी फैलिन्छर उहाँको पालबाट मेघ कसरी गर्जन्छ, कसले बताउन सक्छ?+
३० हेर्नुहोस् त, उहाँले बादलमा कसरी बिजुली चम्काउनुहुन्छ+र समुद्रलाई कसरी पानीले भर्नुहुन्छ!
३१ यी नै कुराले उहाँ मानिसहरूको जीवन धान्नुहुन्छ*र तिनीहरूलाई प्रशस्त खानेकुरा दिनुहुन्छ।+
३२ उहाँले बिजुलीलाई आफ्नो हातमा अँठ्याउनुहुन्छर जता चाहनुहुन्छ, त्यतै प्रहार गर्नुहुन्छ।+
३३ मेघको गर्जनले उहाँको बखान गर्छ।वस्तुभाउले समेत को आउँदै हुनुहुन्छ* भनेर बताउँछ।
फुटनोटहरू
^ वा सम्भवतः “राजाहरूलाई सिंहासनमा बसाल्नुहुन्छ।”
^ वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्।
^ वा सम्भवतः “कसले उहाँको आलोचना गरेको छ?; कसले उहाँको लेखा लिएको छ?”
^ वा “उहाँका वर्षहरू पत्ता लगाउन सक्दैन।”
^ वा सम्भवतः “मानिसहरूको पक्षमा इन्साफ गर्नुहुन्छ।”
^ वा सम्भवतः “के आउँदै छ।”

