अय्युब ३४:१-३७
३४ अनि एलिहुले यसो भनेर आफ्नो कुरा अघि बढाए:
२ “ए बुद्धिमान् मानिस हो, मेरो कुरा सुन्नुहोस्।ए बुज्झकी मानिस हो, मेरो कुरामा कान थाप्नुहोस्।
३ जसरी जिब्रोले खानेकुरा चाख्छत्यसैगरि कानले पनि सुनेको कुरा जाँच्छ।
४ त्यसैले आउनुहोस्, के सही छ, फैसला गरौँ।अनि के उचित छ, सँगै बसेर निर्णय गरौँ।
५ किनकि अय्युबले यसो भन्नुभयो, ‘म निर्दोष छु+तैपनि परमेश्वरले मेरो पक्षमा न्याय गर्नुभएन।+
६ ममाथि अन्याय भयो भनेर के मैले झूट बोलेको हुँ र?
मैले कुनै गल्ती गरेको छैनँ तैपनि म असह्य पीडा भोग्दै छु।’+
७ घोर अपमान हुँदा समेत चुपचाप बस्ने*अय्युबजस्तो त को होला र?
८ उहाँ त गलत काम गर्नेहरूसित उठबस गर्नुहुन्छ।+उहाँ दुष्टहरूसित लाग्नुभएको छ।
९ उहाँले यसो भन्नुभयो, ‘परमेश्वरलाई खुसी पारेरमानिसले के पाउँछ र?’+
१० त्यसैले हे समझदार मानिसहरू हो, यो कुरा याद राख्नुहोस्:
साँचो परमेश्वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्न,+सर्वशक्तिमान् परमेश्वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।+
११ उहाँ मानिसलाई त्यसको कामअनुसार इनाम दिनुहुन्छ+र त्यसले गरेको गलत निर्णयको नतिजा भोग्नदेखि रोक्नुहुन्न।
१२ परमेश्वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्न;+सर्वशक्तिमान् परमेश्वरले कहिल्यै कसैमाथि अन्याय गर्नुहुन्न।+
१३ कसले उहाँलाई पृथ्वीको रेखदेख गर्न खटायो?सारा संसारमाथि शासन गर्न कसले उहाँलाई नियुक्त गऱ्यो?
१४ उहाँले मानिसहरूमाथि आफ्नो नजर लगाएरतिनीहरूको जीवन र सास खोस्नुभयो भने+
१५ सबै मानिस सखाप हुनेछन्र सारा मानिसजाति माटोमा मिल्नेछ।+
१६ त्यसैले तपाईँ समझदार हुनुहुन्छ भनेमेरो कुरा ध्यान दिएर सुन्नुहोस्।
१७ के न्याय मन नपराउने व्यक्ति न्यायआसनमा बस्नु ठीक हो?वा उच्च ओहदामा बस्ने धर्मी व्यक्तिको विरोध गर्नु तपाईँलाई ठीक लाग्छ?
१८ के तपाईँ राजालाई ‘ए नालायक’ भन्नुहुन्छ?
वा सबैको सम्मान पाएको मानिसलाई ‘ए दुष्ट’ भन्नुहुन्छ?+
१९ ठूलाबडाहरूको पक्ष नलिनेबरु धनी-गरिब दुवैलाई समान व्यवहार गर्ने एक जना हुनुहुन्छ।+तिनीहरू सबै उहाँकै हातका कामहरू हुन्।+
२० तिनीहरू त मध्यरातमा अचानक मर्छन्।+तिनीहरू थरथर काँप्छन् र मर्छन्।उच्च ओहदामा भएकाहरूसमेत ओहदाबाट हटाइन्छन् र यसमा मानिसको कुनै हात हुँदैन।+
२१ किनकि परमेश्वरको नजर मानिसमाथि रहन्छ।+त्यसका सबै चाल उहाँ देख्नुहुन्छ।
२२ दुष्ट काम गर्नेहरू घोर अन्धकार वा गहिरो खाडलमा समेतउहाँको नजरबाट लुक्न सक्दैनन्।+
२३ किनकि कुनै पनि मानिसको न्याय गर्नपरमेश्वरले पहिल्यै तारिख दिइरहनुपर्दैन।
२४ अधिकार पाएको व्यक्तिलाई ओहदाबाट हटाएर अर्कोलाई नियुक्त गर्नपरमेश्वरले छानबिन गरिरहनुपर्दैन।+
२५ किनकि तिनीहरूको सबै काम उहाँलाई थाह छ।+रातमा उहाँ तिनीहरूलाई ओहदाबाट हटाउनुहुन्छ र तिनीहरूको पतन हुन्छ।+
२६ तिनीहरूले गरेको दुष्ट कामको दण्डउहाँ सबैले देख्नेगरि दिनुहुन्छ।+
२७ किनकि तिनीहरू उहाँको मार्गबाट तर्केका छन्+र उहाँका आज्ञाहरूलाई हल्कासित लिन्छन्।+
२८ तिनीहरूले गर्दा गरिबहरू उहाँलाई पुकार्न बाध्य हुन्छन्र असहायको रोदन उहाँको कानमा पर्छ।+
२९ परमेश्वरले जवाफ नदिँदा कसले उहाँलाई औँला ठड्याउन सक्छ र?
उहाँले आफ्नो अनुहार लुकाउनुहुँदा कसले उहाँलाई देख्न सक्छ र?
चाहे त्यो मानिस होस् वा सिङ्गो जाति, उहाँ त्यसै गर्नुहुन्छ
३० ताकि भक्तिहीन* मानिसले शासन गर्न नपाओस्+र मानिसहरूलाई पासोमा नपारोस्।
३१ कसैले पनि परमेश्वरलाई यसो भन्न सक्दैन:‘मैले गल्ती नै नगरे पनि तपाईँले मलाई सजाय दिनुभयो।+
३२ मैले के बिराएँ, मलाई देखाइदिनुहोस्र म त्यो दोहोऱ्याउनेछैनँ।’
३३ उहाँको निसाफ तपाईँलाई चित्त बुझेन भन्दैमा तपाईँको मागअनुसारै उहाँले न्याय गर्नुपर्छ र?
यसबारे तपाईँ आफैले निर्णय गर्नुपर्छ, मैले होइन।
तपाईँलाई सबथोक थाह छ भने लौ मलाई पनि बताउनुहोस्।
३४ मेरो कुरा सुन्ने बुद्धिमान् जोसुकैलेअनि समझदार जोसुकैले मलाई यसो भन्नेछ:
३५ ‘अय्युब हावामा बोल्नुहुन्छ,+उहाँको बोलीमा बुद्धिको कमी देखिन्छ।’
३६ अय्युबको पूरा जाँच होस्।*किनकि उहाँ दुष्ट मानिसले जस्तो जवाफ दिनुहुन्छ।
३७ पाप गरिसकेर उहाँ अझै परमेश्वरको विद्रोह पनि गर्दै हुनुहुन्छ।+उहाँ खिल्ली उडाउँदै ताली पिट्नुहुन्छर साँचो परमेश्वरलाई दोष लगाउन छोड्नुहुन्न।”+
फुटनोटहरू
^ शा., “अपमानलाई पानीझैँ पिउने।”
^ वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्।
^ वा सम्भवत: “हे बुबा, अय्युबको जाँच होस्।”