अय्युब ३३:१-३३

  • आफैलाई अति धर्मी ठहऱ्‍याएकोमा अय्युबलाई हप्काउँछन्‌ (१-३३)

    • फिरौती पाइयो (२४)

    • युवावस्थाको बल फर्कियोस्‌ (२५)

३३  “त्यसैले बिन्ती छ अय्युब, मेरो कुरा सुन्‍नुहोस्‌।मेरो एक-एक कुरा ध्यान दिएर सुन्‍नुहोस्‌।  २  अब म नबोली बस्न सक्दिनँ।मैले आफ्नो मुख खोल्नै पर्छ।  ३  मेरो बोलीले म निष्कपट छु भनेर देखाउँछ।+म आफूलाई थाह भएको कुरा इमानदार भएर बताउनेछु।  ४  परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिद्वारा मलाई रच्नुभयो।+सर्वशक्‍तिमान्‌को सासले म जीवित भएँ।+  ५  सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस्‌।आफ्नो पक्षमा बोल्न तयार हुनुहोस्‌ र आफ्ना तर्कहरू पेस गर्नुहोस्‌।  ६  हेर्नुहोस्‌, परमेश्‍वरको नजरमा म पनि तपाईँजस्तै छु।म पनि माटोबाटै बनाइएको हुँ।+  ७  त्यसैले तपाईँ मसित रतीभर डराउनुपर्दैन।मेरो कुराले तपाईँलाई आच्छु-आच्छु नपारोस्‌।  ८  तर तपाईँले घरीघरी यसो भन्‍नुभएको मैले सुनेँ,  ९  ‘म निर्दोष छु, मैले गल्ती गरेको छैनँ।+म चोखो छु, मबाट भूल भएको छैन।+ १०  तर परमेश्‍वर विभिन्‍न बहाना खोजेर मेरो विरोध गर्नुहुन्छ।उहाँ मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ।+ ११  उहाँ मेरो खुट्टा ठिँगुरोमा हालिदिनुहुन्छर मेरो हर कदम नियाल्नुहुन्छ।’+ १२  तर तपाईँको यो कुरा सरासर गलत हो। त्यसैले मेरो कुरा सुन्‍नुहोस्‌: मरिजाने मानिसभन्दा परमेश्‍वर कता हो कता महान्‌ हुनुहुन्छ।+ १३  तपाईँ किन उहाँको गुनासो गर्नुहुन्छ?+ उहाँले तपाईँका प्रश्‍नहरूको जवाफ दिनुभएन भनेर हो?+ १४  वास्तवमा परमेश्‍वर बारम्बार बोल्नुहुन्छतर कसैले वास्ता गर्दैन। १५  जब रातमा मानिसहरू आफ्नो ओछ्यानमा ढल्किरहेका हुन्छन्‌र गहिरो निद्रामा मस्त हुन्छन्‌,तब उहाँ सपना र दर्शनद्वारा* बोल्नुहुन्छ।+ १६  उहाँ तिनीहरूको कान खोलिदिनुहुन्छ+र आफ्नो निर्देशन तिनीहरूको मनमा ठप्प राखिदिनुहुन्छ।* १७  मानिसले गलत काम गर्न छोडोस्‌+र आफ्नो घमन्ड त्यागोस्‌ भनेर उहाँ त्यसो गर्नुहुन्छ।+ १८  परमेश्‍वर त्यसलाई चिहानमा* जानदेखि जोगाउनुहुन्छ,+त्यसलाई तरबारले काटिनदेखि बचाउनुहुन्छ। १९  जब मानिस पीडाले छटपटाउँदै आफ्नो ओछ्यानमा पल्टन्छर पीडाले उसका हड्डीहरू कटकटी खान्छ, तब उसले पाठ सिक्छ। २०  उसलाई खानेकुरादेखि घिन लाग्न थाल्छर मीठो परिकारसमेत उसले खान मन गर्दैन।+ २१  उसको शरीर सुक्दै जान्छ।अनि उसका हड्डीहरूसमेत देखिन थाल्छन्‌। २२  ऊ बिस्तारै चिहानको नजिक-नजिक पुग्छर उसको ज्यान लिन खोज्नेहरूको नजिक पुग्छ। २३  तर यदि उसलाई सही बाटो देखाउनहजारमा एक दूत* उसको पक्षमा खडा भयोर उसको तर्फबाट बोलिदिन राजी भयो भने २४  परमेश्‍वरले त्यस मानिसलाई दया देखाउनुहुनेछ र यसो भन्‍नुहुनेछ,‘उसलाई चिहानमा पुग्न नदेऊ!+ मैले उसको निम्ति फिरौती पाएको छु!+ २५  उसको शरीर युवावस्थाको बेलाभन्दा हृष्टपुष्ट होस्‌+र युवावस्थाको बल उसमा फर्केर आओस्‌।’+ २६  उसले परमेश्‍वरलाई बिन्ती गर्नेछ+ र उहाँले उसलाई स्विकार्नुहुनेछ।परमेश्‍वरको अनुहार हेर्न पाउँदा ऊ खुसीले कराउनेछर ऊ पहिलेझैँ धर्मी ठहरिनेछ। २७  उसले मानिसहरूको अगाडि यसो भन्‍नेछ,‘मैले पाप गरेँ + र सही बाटोलाई लत्याएँ।तर मैले आफ्नो गल्तीको सजाय भोग्नुपरेन।* २८  परमेश्‍वरले फिरौती तिरेर मलाई चिहानमा जानदेखि जोगाउनुभएको छ।+अब मैले ज्योति देख्न पाउनेछु।’ २९  हो, परमेश्‍वर यी सब गर्नुहुन्छ।मानिसको लागि उहाँ बारम्बार यसो गर्नुहुन्छ। ३०  मानिसलाई चिहानको मुखबाट फिर्ता ल्याउनर उसले फेरि जीवनको ज्योति पाओस्‌ भनेर उहाँ त्यसो गर्नुहुन्छ।+ ३१  त्यसैले अय्युब, मेरो कुरा ध्यानसित सुन्‍नुहोस्‌। मैले बोल्दै गर्दा पहिला चुपचाप मेरो कुरा सुन्‍नुहोस्‌। ३२  त्यसपछि तपाईँलाई केही भन्‍न मन लागेको छ भने भन्‍नुहोस्‌। किनकि म तपाईँलाई सही साबित गर्न चाहन्छु। ३३  तर तपाईँसँग भन्‍नलाई केही छैन भने मेरो कुरा सुन्‍नुहोस्‌।चुपचाप बस्नुहोस्‌ र म तपाईँलाई बुद्धिका कुरा सिकाउनेछु।”

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शा., “छाप लगाएर राखिदिनुहुन्छ।”
शब्दावली हेर्नुहोस्‌।
वा “स्वर्गदूत।”
वा सम्भवत: “तर त्यसबाट मलाई केही फाइदा भएन।”