अय्युब ३१:१-४०
३१ “कुनै कन्ये केटीलाई म कसरी अनुचित नजरले हेर्न सक्छु र?+
किनकि मैले आफ्नो आँखासित वाचा बाँधेको छु।+
२ मैले त्यसो गरेँ भने परमेश्वरले मसित कस्तो व्यवहार गर्नुहोला?स्वर्गमा बस्नुहुने सर्वशक्तिमान्ले मलाई के हिस्सा दिनुहोला?
३ के गल्ती गर्नेहरूलाई विनाशलेर खराब काम गर्नेहरूलाई विपत्तिले ढुकिरहेको हुँदैन र?+
४ के परमेश्वरले मेरा सबै चाल देख्नुहुन्न?+अनि मेरो एक-एक पाइला गन्नुहुन्न?
५ के म कहिल्यै झूटको मार्गमा* हिँडेको छु?
के मेरा पाइलाहरूले कहिल्यै छल गर्न आतुरी गरेका छन्?+
६ परमेश्वरले मलाई ठीक-ठीक नाप दिने तराजुमा तौलून्।+अनि उहाँले म सत्यनिष्ठ रहेछु भनेर थाह पाउनुहुनेछ।+
७ यदि मेरा पाइलाहरू सही मार्गबाट तर्केको भए,+मेरो हृदय आँखाले देखेका कुराहरूको पछि लागेको भए+वा गलत काम गरेर मैले आफ्नो हातलाई अशुद्ध पारेको भए
८ मैले रोपेको अन्न अरू कसैले खाइदेओस्+र मैले रोपेको बिउलाई जरैसमेत उखेलिदेओस्।*
९ यदि कुनै परस्त्रीलाई देखेर मेरो हृदय लोभिएको भए+र म आफ्नो छिमेकीको ढोकामा ढुकिबसेको भए+
१० मेरी पत्नीले परपुरुषको लागि जाँतो पिँध्नुपरोस्र परपुरुषहरू ऊसित सुतून्।+
११ किनकि मैले त्यस्तो कुकर्म गरेको भए त्यो साह्रै लाजमर्दो कुरा हुने थियो।अनि म न्यायाधीशहरूबाट दण्ड पाउन योग्य हुने थिएँ।+
१२ त्यो त सबै कुरा विनाश गर्ने आगोजस्तै हुने थियो+र त्यसले मसँग भएको सबथोक भस्म पारिदिने थियो।
१३ मेरो दास वा दासीले मेरो गुनासो गर्दा*मैले उनीहरूको पक्षमा न्याय गरिदिन इन्कार गरेको भए
१४ म कसरी परमेश्वरसामु आफ्नो मुख देखाउन सक्छु र?
उहाँले मेरो लेखा लिनुहुँदा मैले के जवाफ दिने?+
१५ मलाई आमाको गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र?+
आमाको गर्भमा हामीलाई बनाउने उहाँ नै हुनुहुन्छ, होइन र?+
१६ यदि मैले गरिबहरूको खाँचो नटारिदिएको भए+वा मैले गर्दा विधवाहरू उदास हुनुपरेको भए,+
१७ मैले आफूसित भएको खानेकुराअनाथहरूसित नबाँडी एक्लै खाएको भए,+
१८ (किनकि मैले कलिलै उमेरदेखि अनाथहरूलाई आफूसँगै हुर्काएँ। तिनीहरू मलाई आफ्नो बुबा मान्थे;सानैदेखि म विधवाहरूको लागि पनि सहारा भएको छु।)
१९ यदि मैले कसैलाई आङ ढाक्ने लुगा नपाएर जाडोले मर्नै लागेको देख्दाअथवा गरिबसित ओढ्ने नै नभएको देख्दा पनि+
२० उसलाई न्यानो ऊनी लुगा नदिएको भएर उसले मलाई त्यसको साटो आशिष् नदिएको भए,+
२१ यदि सहरको मूलढोकामा कुनै अनाथलाई मेरो मदत चाहिएको बेला*+मैले उल्टै मुक्का ताक्दै उसलाई धम्काएको भए,+
२२ मेरो पाखुरा मेरो काँधबाट फुस्कोस्र मेरो कुहिनो ठनक्कै भाँचियोस्।
२३ किनकि म परमेश्वरले ल्याउनुहुने विपत्तिदेखि डराउँछु।म उहाँको गौरवसामु टिक्न सक्दिनँ।
२४ यदि मैले सुनमाथि भरोसा गरेको भएअथवा निखुर सुनलाई ‘तिमी नै मेरो सहारा हौ’ भनेको भए,+
२५ आफूले प्रशस्तै धनसम्पत्ति जोड्न सकेकोमा+मैले घमन्ड गरेको भए,+
२६ यदि चम्किरहेको सूर्य देखेरअथवा चन्द्रमाको सौन्दर्य देखेर+
२७ म मनमनै तीप्रति मोहित भएको भएर मैले आफ्नो हात चुमेर तिनको पूजा गरेको भए+
२८ मैले माथि स्वर्गमा बस्नुहुने साँचो परमेश्वरलाई इन्कार गरिरहेको हुने थिएँर म न्यायाधीशहरूबाट दण्ड पाउन लायक हुने थिएँ।
२९ के म कहिल्यै आफ्नो शत्रुको विनाश हुँदा रमाएको छु?+अथवा त्यसमाथि कष्ट आइपर्दा खुसी भएको छु?
३० मैले ‘त्यो मरिजाओस्’ भनी कहिल्यै सरापेको छैनँ।+मेरो मुखले कहिल्यै यस्तो पाप गरेको छैन।
३१ के मेरो पालमा बस्नेहरूले यसो भनेका छैनन्,‘अय्युबको पालमा पेटभरि खान नपाउने को छ?’+
३२ कुनै परदेशीले बाहिर रात काट्नुपरेको छैन।+यात्रीहरूको निम्ति मैले सधैँ आफ्नो ढोका खुला राखेको छु।
३३ के मैले कहिल्यै आफ्नो अपराध ढाकछोप गर्न खोजेको छु र?+अरूले जस्तो आफ्नो पापलाई खल्तीमा लुकाएको छु र?
३४ मेरो गल्तीबारे मानिसहरूले थाह पाए भने के भन्लान्अथवा समाजले गिल्ला पो गर्ला कि भनी डराउँदैम चुपचाप घरमै लुकेर बसेको छु र?
३५ हाय! मेरो कुरा कसैले सुनिदिए हुन्थ्यो।+
तब मेरो कुरा सत्य छ भनेर म लेखेरै दिने थिएँ।*
सर्वशक्तिमान् परमेश्वरले मलाई जवाफ देऊन्!+
मलाई दोष लगाउनेले मेरा आरोपहरू दोषपत्रमा लेखिदिए हुन्थ्यो।
३६ म त्यो आफ्नो काँधमा बोकेर हिँड्ने थिएँर त्यसलाई मुकुटझैँ पहिरिने थिएँ।
३७ म परमेश्वरलाई आफूले चालेको हरेक कदमको लेखा दिने थिएँ।म उहाँसामु एक राजकुमारजस्तै शिर ठाडो पारेर जाने थिएँ।
३८ यदि मेरो आफ्नै खेत मविरुद्ध ठूलो स्वरले करायो भनेर यसका सीताले* एकसाथ आँसु बगाए भने
३९ मैले खेतालाहरूलाई ज्याला नदिई त्यसको फसल खाएको छु भने+वा त्यो खेत जसको थियो, उसले मेरो कारणले सुस्केरा हाल्नुपरेको छ भने+
४० जमिनले मेरो लागि गहुँको सट्टा काँडैकाँडार जौको सट्टा गन्हाउने झारहरू उमारोस्।”यति भनेपछि अय्युब चुप लागे।
फुटनोटहरू
^ वा सम्भवतः “झूट बोल्ने मानिसहरूसित।”
^ वा “मेरा सन्तानलाई जरैसमेत उखेलिदेओस्।”
^ वा “मविरुद्ध मुद्दा हाल्दा।”
^ वा सम्भवतः “सहरको मूलढोकामा मेरो पक्षमा थुप्रै मानिस हुँदा।”
^ वा “म हस्ताक्षर गरिदिने थिएँ।”
^ अर्थात्, खेत जोत्दा जमिनमा परेको हलोको डोब।