अय्युब ३०:१-३१
३० “तर अब त उमेरमा मभन्दा निकै कान्छाहरूले समेत मेरो खिल्ली उडाउँछन्।+तिनीहरूका बुबालाई त म आफ्नो बगाल रुँग्ने कुकुरहरूसित समेत राख्न अयोग्य ठान्थेँ।
२ तिनीहरूका पाखुराको तागत मेरो लागि के कामको भयो र?तिनीहरूको बल सिद्धिसकेको छ।
३ भोक र अभावले तिनीहरू शिथिल भइसके।तहसनहस पारिएका र चिरा परेका उजाड ठाउँहरूको जमिनलाईतिनीहरू दाँतले खोस्रन्छन्।
४ आफ्नो पेट भर्न तिनीहरू नुनिलो झारपातर बुट्यानका जरा बटुल्दै हिँड्छन्।
५ तिनीहरू समाजबाट निकालिएका छन्।+मानिसहरू होहल्ला गर्दै तिनीहरूलाई चोरलाई झैँ लखेट्छन्।
६ तिनीहरू खोँचमा बस्छन्।जमिनका प्वालहरू र चट्टानका चिराहरूमा तिनीहरूको बास हुन्छ।
७ झाडीमा तिनीहरू ठूलठूलो स्वरले कराउँछन्र सिस्नुको झ्याङमुनि गुजमुज्ज परेर बस्छन्।
८ मूर्ख र नीच घरानाका यी मानिसहरूदेशबाट लखेटिन्छन्।*
९ तर अहिले तिनीहरू आफ्नो गीतमा समेत मेरो खिसी गर्छन्।+म तिनीहरूको लागि गिल्लाको पात्र* भएको छु।+
१० तिनीहरू मसित घिन मान्छन् र मबाट टाढै रहन्छन्।+मेरो अनुहारमा थुक्न तिनीहरू पटक्कै अप्ठेरो मान्दैनन्।+
११ किनकि परमेश्वरले मेरो हतियार खोस्नुभएको छ* र मलाई कमजोर तुल्याउनुभएको छ।त्यसैले तिनीहरू आफ्नो सीमा नाघेर मसित मनपरी व्यवहार गर्छन्।
१२ मेरो दाहिनेतिरबाट तिनीहरू हुल बाँधेर आउँछन्।तिनीहरू मलाई खेद्छन्र मेरो विनाश होस् भनेर मेरो बाटोमा अवरोध खडा गर्छन्।
१३ तिनीहरू म उम्कने सबै बाटो भत्काइदिन्छन्र मेरो समस्यामाथि समस्या थपिदिन्छन्।+तिनीहरूलाई रोक्ने कोही छैन।*
१४ पर्खाल भत्केर ठूलो चिरा परेको ठाउँबाट छिरेका मानिसहरूझैँतिनीहरू मलाई नाश गर्न ममाथि खनिन्छन्।
१५ त्रासले मलाई चारैतिरबाट छोप्छ।मेरो मानसम्मान सबै हावाझैँ उडेर जान्छ।अनि मेरो बच्ने आशा बादलझैँ बिलाएर जान्छ।
१६ मेरो जीवन छोटिँदै गइरहेको छ।+कष्टका दिनहरूले+ मलाई छोड्दैनन्।
१७ रातमा पीडाले मेरो हड्डीभित्रसम्म दुख्छ।+मेरो हड्डी कटकटी दुख्न कहिल्यै बन्द हुँदैन।+
१८ मेरो लुगा* जोडले तानिएको छ।*सास फेर्नै गाह्रो हुनेगरि त्यसले मेरो घाँटी अँठ्याएको छ।
१९ परमेश्वरले मलाई हिलोमा पछारिदिनुभएको छ।म धुलो र खरानीसरह भएको छु।
२० हे परमेश्वर, म तपाईँलाई पुकार्छु तर तपाईँ मलाई मदत गर्नुहुन्न।+म खडा हुन्छु तर तपाईँ मलाई हेरेर मात्र बस्नुहुन्छ।
२१ तपाईँ निष्ठुर हुँदै ममाथि आइलाग्नुहुन्छ+र भएभरको बल लगाएर मलाई हिर्काउनुहुन्छ।
२२ तपाईँ मलाई हावाले उडाएर लैजानुहुन्छअनि आँधीले मलाई यताउता हुर्ऱ्याउनुहुन्छ।*
२३ किनकि मलाई थाह छ, तपाईँले मलाई मृत्युमा पुऱ्याएरै छोड्नुहुन्छ;त्यस घरमा, जहाँ सबै जना एक दिन जानै पर्छ।
२४ तर पीडाले छियाछिया भएको मानिसलेविपद्मा परेर हारगुहार गर्दा कसले ऊमाथि हात उठाउँछ र?+
२५ के म दुःखमा परेकाहरूको निम्ति रोएको छैनँ र?
के मैले गरिबहरूको निम्ति आँसु बगाएको छैनँ र?+
२६ मैले त सबै राम्रै होला भन्ठानेको थिएँ तर ममाथि विपत्ति आइपऱ्यो।मैले उज्यालोको आशा गरेको थिएँ तर अन्धकार पो छायो।
२७ मेरो पेट बटारिन छोडेन।दुःखका दिनहरूले मलाई घेरेका छन्।
२८ म निन्याउरो मुख लगाएर हिँडिरहेको छु,+ घामको किरण कतै देख्दिनँ।
समुदायमा म खडा हुन्छु र सहायताको लागि रोइकराइ गर्छु।
२९ म स्यालहरूको लागि दाजुभाइसरह भएको छु,सुतुरमुर्गहरूको* लागि साथी।+
३० मेरो छाला डढेको छ र पत्रपत्र भएर झरिरहेको छ।+गर्मीले* मेरो हड्डी भतभती पोलिरहेको छ।
३१ मेरो वीणाबाट शोकको धुन मात्र निस्कन्छर मेरो बाँसुरीबाट रोएको आवाज मात्र निस्कन्छ।
फुटनोटहरू
^ शा., “कुटपिट गरेर लखेटिन्छन्।”
^ शा., “उखानको पात्र।”
^ शा., “मेरो धनुको ताँदो खुकुलो पारिदिनुभएको छ।”
^ वा सम्भवतः “तिनीहरू कसैको मदतविना त्यसो गर्छन्।”
^ यहाँ लुगाले अय्युबको छालालाई जनाएको हुन सक्छ।
^ वा सम्भवतः “असह्य पीडाले मलाई कुरूप बनाइदिएको छ।”
^ वा सम्भवतः “मलाई माथिबाट जोडले खसाल्नुहुन्छ।”
^ वा “अस्ट्रिजहरूको।”
^ वा सम्भवतः “ज्वरोले।”

