अय्युब ३:१-२६

  • अय्युब आफू जन्मेको दिनलाई धिक्कार्छन्‌ (१-२६)

    • आफूले दुःख भोग्नुपरेको कारण सोध्छन्‌ (२०, २१)

 त्यसपछि अय्युबले मुख खोले र आफू जन्मेको दिनलाई धिक्कार्न थाले।+ २  तिनले भने:  ३  “धिक्कार! म जन्मेको त्यस दिनलाई।+‘छोरो जन्मियो’ भनिएको त्यस रातलाई।  ४  त्यो दिन अन्धकारले भरियोस्‌। परमेश्‍वरले त्यस दिनको वास्तै नगरून्‌।त्यसले ज्योति देख्नै नपाओस्‌।  ५  त्यस दिनलाई निस्पट्ट अन्धकारले निलोस्‌, कालो बादलले छोपोस्‌। घोर अन्धकारले त्यसलाई भयभीत पारोस्‌।  ६  त्योजस्तो अन्धकार अरू कुनै रात नहोस्‌।+वर्षमा त्यसको गन्ती नै नहोस्‌।महिनाहरूमा त्यसको हिसाबै नरहोस्‌।  ७  त्यो रात कोही नजन्मेको भए हुन्थ्यो।खुसीको स्वर त्यसले सुन्‍न नपाएको भए हुन्थ्यो।  ८  ए लेवियातानलाई*+ जगाउन सक्नेहरू हो!दिनलाई सराप्नेहरू हो! त्यस दिनलाई सराप।  ९  त्यसले ताराहरूको चमक देख्न नपाओस्‌।ज्योति देख्ने त्यसको पर्खाइ व्यर्थ होस्‌।त्यसले बिहानीको उषा देख्न नपाओस्‌। १०  किन त्यसले मेरी आमाको कोख थुनेन?+किन त्यसले मलाई संसारको दुःख देखायो? ११  म किन जन्मँदै मरिनँ? आमाको कोखबाट निस्कँदै किन नाश भइनँ?+ १२  किन मैले आमाको न्यानो काख पाएँ?किन मलाई मेरी आमाको दूध चुसाइयो? १३  नत्र त म अहिले चैनसित बसिरहेको हुन्थेँ,+गहिरो निद्रामा मस्त निदाइरहेको हुन्थेँ।+ १४  पृथ्वीका शासक र तिनका सल्लाहकारहरूसँगै,जसले बनाएका भवनहरू अहिले भत्किसकेका छन्‌।* १५  ती भारदारहरूसँगै, जससित प्रशस्त सुन थियो,जसका घरहरू चाँदीले भरिभराउ थिए। १६  म किन गर्भमै खेर गइनँ?ज्योति देख्न नपाउँदै बितेका शिशुहरूझैँ म किन मरिनँ? १७  त्यहाँ* दुष्टहरू पनि छटपटाउन छोड्‌छन्‌।थकितहरूले विश्राम पाउँछन्‌।+ १८  कैदीहरू पनि मुक्‍त हुन्छन्‌।तिनीहरूले काममा जोताउनेहरूको स्वर सुन्दैनन्‌। १९  त्यहाँ साना र ठूला बराबर हुन्छन्‌।+त्यहाँ दास आफ्नो मालिकबाट स्वतन्त्र हुन्छ। २०  दुःख भोगिरहेकाहरूलाई परमेश्‍वर किन ज्योति* दिनुहुन्छ?जीवनदेखि विरक्‍त भएकाहरूलाई उहाँ किन जीवित राख्नुहुन्छ?+ २१  तिनीहरू मृत्युको तिर्सना गर्छन्‌ तर मृत्यु आउँदैन।+ गाडेको धन खोजेभन्दा पनि बेसी तिनीहरू त्यसको खोजी गर्छन्‌। २२  मृत्युले निल्ने भयो भनेर थाह पाउँदा तिनीहरू खुसीले उफ्रन्छन्‌।मृत्युले निल्दा तिनीहरू गद्‌गद हुन्छन्‌। २३  जसले बाटो बिराएको छ र जसलाई परमेश्‍वर आफैले छेक्नुभएको छ,+त्यसलाई उहाँ किन ज्योति दिनुहुन्छ? २४  मेरो सुस्केरा नै मेरो भोजन भएको छ।+मेरो रोदन+ पानीको भेलजस्तै छ। २५  जुन कुराको मलाई डर थियो,जुन कुराले मेरो आङ जिरिङ्‌ग पार्थ्यो, त्यही नै ममाथि आइपरेको छ। २६  सुख, चैन, शान्ति के हो; मैले भुलिसकेँ।विपत्तिले मलाई छोड्‌दै छोड्‌दैन।”

फुटनोटहरू

यसले गोही वा अरू कुनै विशाल जलजन्तुलाई जनाएको हुन सक्छ। शब्दावलीमा “लेवियातान” हेर्नुहोस्‌।
वा सम्भवत: “जसले आफ्नो निम्ति उजाड ठाउँहरू बनाए।”
अर्थात्‌, मृत्युमा।
अर्थात्‌, जीवनको ज्योति।