अय्युब २९:१-२५

  • अय्युब आफ्ना सुखका दिनहरू सम्झन्छन्‌ (१-२५)

    • सहरको मूलढोकामा सबैको आदर पाएका थिए (७-१०)

    • तिनले गरेको इन्साफ (११-१७)

    • सबैले तिनको सरसल्लाह सुन्थे (२१-२३)

२९  अय्युबले यसो भन्दै आफ्नो कुरा अघि बढाए:  २  “परमेश्‍वरले मलाई रक्षा गर्नुभएका ती दिनहरूमाफर्केर जान पाए हुन्थ्यो!  ३  त्यसबेला उहाँको ज्योति मेरो शिरमाथि थियो।उहाँको ज्योतिले गर्दा म अँध्यारोमा पनि हिँड्‌न सक्थेँ।+  ४  जवानीको जोसले म भरिपूर्ण थिएँ।परमेश्‍वर मेरो घनिष्ठ मित्र हुनुहुन्थ्यो र उहाँ मेरो पालमा रहनुहुन्थ्यो।+  ५  सर्वशक्‍तिमान्‌ परमेश्‍वर मसित हुनुहुन्थ्योर मेरा छोराछोरी* मेरो वरिपरि हुन्थे।  ६  म आफ्नो पैताला नौनीमा डुबाउँथेँर चट्टानबाट मेरो निम्ति तेलको खोलो बग्थ्यो।+  ७  जब म सहरको मूलढोकामा जान्थेँ +र चोकमा आफ्नो आसन ग्रहण गर्थेँ,+  ८  तब युवकहरू मलाई देखेर बाटो छोड्‌थेअनि बुढापाकासमेत उठ्‌थे र खडै रहन्थे।+  ९  राजकुमारहरू मेरो अगाडि चुप लाग्थे।तिनीहरू हातले आफ्नो मुख छोप्थे। १०  ठूलाबडाको बोली नै बन्द हुन्थ्यो।तिनीहरूको जिब्रो तालुमा टाँसिन्थ्यो। ११  मेरो कुरा सुन्‍नेजति सबैले मेरो तारिफ गर्थेर मलाई देख्नेजति सबैले मेरै पक्ष लिएर कुरा गर्थे। १२  किनकि गरिबले मदत माग्दा म उसको हात थाम्थेँ।+अनाथ* अनि असहायहरूलाई म सहायता दिन्थेँ।+ १३  ज-जसलाई मैले विनाशको मुखमा पर्नदेखि जोगाएँ,तिनीहरू मलाई आशिष्‌ दिन्थे।+विधवाहरूको मनको बोझ म हलुको पारिदिन्थेँ।+ १४  सुकर्मलाई* मैले वस्त्रझैँ पहिरेँ।अनि न्यायलाई मैले अलखाझैँ* बेरेँ र फेटाझैँ बाँधेँ। १५  अन्धाहरूको लागि म आँखा भएँअनि लङ्‌गडाहरूको लागि खुट्टा। १६  गरिबगुरुवा मलाई आफ्नो बुबा मान्थे।+मैले चिन्दै नचिनेकाहरूको मुद्दा म छिनोफानो गरिदिन्थेँ।+ १७  म गलत काम गर्नेको बङ्‌गारा भाँचिदिन्थेँ +अनि त्यसको सिकार त्यसको मुखबाट खोस्थेँ। १८  म यस्तो सोच्थेँ: ‘म आफ्नै घरमा आरामले मर्नेछु।+मेरा दिनहरू बालुवाका कणजत्तिकै अनगिन्ती हुनेछन्‌। १९  प्रशस्त पानी भएको ठाउँमा मेरा जराहरू फैलिनेछन्‌।अनि रातभरि मेरा हाँगाहरूलाई शीतले भिजाउनेछ। २०  मानिसहरूले सधैँ मेरो आदर गर्नेछन्‌।जति काँड हाने पनि मेरा पाखुरा थाक्नेछैनन्‌।’ २१  मानिसहरू मेरो कुरा सुन्‍न कान ठाडो पार्थेर मैले दिने सल्लाह सुन्‍न चुपचाप पर्खिरहन्थे।+ २२  मैले आफ्नो कुरा राखिसकेपछि तिनीहरूसित भन्‍नलाई केही रहँदैनथ्यो।मेरो कुरा सुन्‍न पाउँदा तिनीहरू रमाउँथे। २३  किसानले वर्षालाई कुरेझैँ तिनीहरू मलाई कुर्थे।जमिनले वर्षाको पानी पिउन आतुरी गरेझैँ तिनीहरू मेरो कुरा सुन्‍न आतुर हुन्थे।+ २४  तिनीहरूतिर हेरेर म मुस्कुराउँदा तिनीहरूलाई पत्याउनै गाह्रो लाग्थ्यो।मेरो उज्यालो अनुहार देखेर तिनीहरूले हौसला पाउँथे।* २५  तिनीहरूको नाइके भएकोले म तिनीहरूलाई सही बाटो देखाउँथेँ।आफ्ना सिपाहीहरूबीच बस्ने राजाजस्तै म थिएँ।+ शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसजस्तै थिएँ।+

फुटनोटहरू

वा “नोकरचाकर।”
वा “बुबा गुमाएको बच्चा।”
वा “धार्मिकतालाई।” शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।
गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।
वा सम्भवत: “तिनीहरू मेरो अनुहारको उज्यालो खोस्दैन थिए।”