अय्युब २८:१-२८
२८ “चाँदीका खानीहरू हुन्छन्र सुन खार्ने ठाउँहरू हुन्छन्।+
२ जमिनमुनिबाट फलाम* निकालिन्छर ढुङ्गाबाट तामा पगालिन्छ।+
३ खनिज पदार्थको खोजीमामानिस खानीको पीँधसम्मै पुग्छर अन्धकारलाई छिचोल्दै धुम्म परेका ठाउँहरूमा समेत जान्छ।
४ अनकन्टार ठाउँमा गएर मानिसहरू सुरुङ खन्छन्।कोही पनि नजाने ठाउँमा तिनीहरू ओर्लन्छन्र डोरीमा झुन्डिएर काम गर्छन्।
५ जमिनमाथि अन्न फलिरहेको हुन्छतर जमिनमुनि भने आगलागी भएको बेलामा झैँहलचल मच्चिरहेको हुन्छ।*
६ त्यहाँ चट्टानहरूमा नीलम पाइन्छर धुलोमा सुनका कणहरू हुन्छन्।
७ सिकारी चरालाई त्यहाँ जाने बाटो थाह छैन,कालो चीलले त्यो ठाउँ कहिल्यै देखेको छैन।
८ कुनै पनि हिंस्रक जन्तु त्यहाँ पुगेको छैन,जवान सिंहले त्यहाँ सिकार गरेको छैन।
९ मानिसले आफ्नो हातले चट्टान फुटाउँछर पहाडलाई फेदैबाट पल्टाइदिन्छ।
१० मानिसले चट्टानलाई चिरेर+ नहर बनाउँछ।त्यसले हरेक बहुमूल्य कुरा देख्छ।
११ त्यसले पानीको मूललाई थुन्छर जमिनमा लुकेको कुरालाई बाहिर निकाल्छ।
१२ तर मानिसले बुद्धि कहाँ फेला पार्न सक्छ?+अनि समझको खानी कहाँ छ?+
१३ कसैलाई पनि त्यसको मोल थाह छैन।+जीवितहरूको देशमा त्यो फेला पार्न सकिँदैन।
१४ गहिरो समुद्रले भन्छ, ‘त्यो मसित छैन।’अनि सागरले भन्छ, ‘त्यो मसँग छैन।’+
१५ निखुर सुनले त्यो किन्न सकिँदैन।त्यसको सट्टा चाँदी जोखेर दिन सकिँदैन।+
१६ ओपिरको सुन दिए पनि त्यो पाइँदैन।+ओनिक्स* र नीलमजस्ता दुर्लभ रत्नले समेत त्यो किन्न सकिँदैन।
१७ सुन र काँच त्यसको बराबरीमा आउन सक्दैन।निखुर सुनले बनेको भाँडो नै दिए पनि त्यो प्राप्त गर्न सकिँदैन।+
१८ मुगा र मणिभ त्यसको अघि राख्न समेत सुहाउँदैन+किनकि मोतीले भरिएको थैलीभन्दा बुद्धि धेरै बहुमूल्य हुन्छ।
१९ कुसको* पुष्पराज+ त्यसको दाँजोमा आउन सक्दैन।शुद्ध सुनले पनि त्यो किन्न सकिँदैन।
२० त्यसोभए बुद्धि कहाँबाट आउँछ?अनि समझको खानी कहाँ छ?+
२१ मानिस र जीवजन्तुको नजरबाट त्यो लुकेको छ+आकाशका चराचुरुङ्गीबाट पनि त्यो छिपेको छ।
२२ विनाश र मृत्यु यसो भन्छन्:‘हामीले त त्यसबारे सुनेका मात्र छौँ।’
२३ तर बुद्धि कहाँ पाइन्छ, परमेश्वरलाई थाह छ।त्यो कहाँ छ, उहाँ मात्रै जान्नुहुन्छ।+
२४ किनकि उहाँ पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म देख्न सक्नुहुन्छर स्वर्गमुनि भएका सबै कुरामा नजर राख्नुहुन्छ।+
२५ उहाँले बतासलाई शक्ति दिनुहुँदा+र समुद्रको सिमाना तोक्नुहुँदा;+
२६ वर्षाको नियम बनाउनुहुँदा+अनि मेघ गर्जने बाटो तयार पार्नुहुँदा+
२७ बुद्धि प्रकट गर्नुभयो र त्यसबारे बताउनुभयो।उहाँले त्यो तयार पार्नुभयो र त्यसलाई जाँच्नुभयो।
२८ अनि उहाँले मानिसलाई यसो भन्नुभयो:
‘हेर, यहोवाको भय मान्नु नै बुद्धि हो+र खराब कामबाट अलग रहनु नै समझ हो।’”+

