अय्युब २७:१-२३

  • सत्यनिष्ठामा अडिग रहने अय्युबको सङ्‌कल्प (१-२३)

    • “म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ” ()

    • भक्‍तिहीन मानिस आशाविहीन हुन्छ ()

    • ‘तपाईँहरूको कुरा किन यति खोक्रो?’ (१२)

    • दुष्ट आखिरमा कङ्‌गाल हुन्छ (१३-२३)

२७  अय्युबले यसो भन्दै आफ्नो कुरा अघि बढाए:  २  “मेरो इन्साफ नगर्नुहुने परमेश्‍वरको नाममा म कसम खाएर भन्छु,+मेरो जीवन तीतो बनाइदिनुहुने सर्वशक्‍तिमान्‌को नाममा म कसम खाएर भन्छु,+  ३  जबसम्म ममा सास बाँकी रहन्छर परमेश्‍वरले दिनुभएको सास मेरो नाकमा रहिरहन्छ,+  ४  तबसम्म मेरो ओठले गलत कुरा बोल्नेछैनर मेरो जिब्रोले कपटी कुरा गर्नेछैन।  ५  म तपाईँहरूलाई कुनै पनि हालतमा धर्मी ठहराउन सक्दिनँ। म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।+  ६  म सही बाटोमा चल्नेछु र यसबाट कहिल्यै तर्कनेछैनँ।+बाँचुन्जेल मेरो हृदयले मलाई दोषी ठहराउनेछैन।  ७  मेरो शत्रुको हालत दुष्टहरूको जस्तो होस्‌।मलाई दुर्व्यवहार गर्नेले भ्रष्टहरूले पाउने सजाय पाओस्‌।  ८  किनकि भक्‍तिहीन* मानिसको विनाश हुँदा+ र परमेश्‍वरले त्यसको जीवन खोसेर लैजानुहुँदात्यसको निम्ति के नै आशा हुन्छ र?  ९  त्यसमाथि दुःखकष्ट आइपर्दा+के परमेश्‍वरले त्यसको पुकारा सुन्‍नुहुन्छ? १०  अथवा सर्वशक्‍तिमान्‌लाई सम्झेर त्यो खुसी हुन्छ र? त्यसले हर समय परमेश्‍वरलाई पुकार्छ र? ११  म तपाईँहरूलाई परमेश्‍वरको शक्‍तिबारे बताउँछु।*सर्वशक्‍तिमान्‌को विषयमा म तपाईँहरूसित कुनै कुरा लुकाउनेछैनँ। १२  तपाईँहरूले साँच्चै दर्शन* देख्नुभएको हो भनेतपाईँहरूको कुरा किन यत्तिबिघ्न खोक्रो छ? १३  दुष्टले परमेश्‍वरबाट पाउने इनामर अत्याचारीहरूले सर्वशक्‍तिमान्‌बाट पाउने अंश यही हो:+ १४  त्यसका धेरै छोरा भए पनि तिनीहरू तरबारले काटिनेछन्‌+र त्यसका सन्तान भोकभोकै हुनेछन्‌। १५  बचेकाहरूचाहिँ महामारीको सिकार हुनेछन्‌र तिनीहरूका विधवाहरूले तिनीहरूको निम्ति आँसु बगाउनेछैनन्‌। १६  चाहे त्यसले जम्मा गरेको चाँदी धुलोको कणजति नै होस्‌र त्यसले थाक लगाएका राम्रा-राम्रा लुगा माटोको थुप्रोजत्तिकै होस्‌, १७  चाहे ती सबै त्यसले आफ्नै हातले बटुलेको होस्‌,ती सबै धर्मी मानिसले लगाउनेछ।+अनि निर्दोषहरूले त्यसको चाँदी आपसमा भागबन्डा गर्नेछन्‌। १८  त्यसले बनाएको घर पुतलीको कोयोजस्तै कमजोर हुनेछ,पहरेदारले बनाएको टहरोजस्तै+ कमजोर। १९  ओछ्यानमा जाउन्जेल त्यो धनी हुन्छतर बिहान आँखा खोल्दा त्यो कङ्‌गाल भइसकेको हुनेछ। २०  त्रासले त्यसलाई अचानक उर्लेको भेलले झैँ छोप्नेछ।अनि रातमा भयानक आँधीले त्यसलाई उडाएर अन्तै पुऱ्‍याउनेछ।+ २१  पूर्वीय बतासले त्यसलाई उडाएर लग्नेछ,त्यसलाई त्यसको ठाउँबाट हुर्ऱ्याएर लैजानेछर त्यसको नामोनिसान रहनेछैन।+ २२  त्यसले आफूलाई बचाउन लाख कोसिस गरे पनि+पूर्वीय बतासले रतीभर दया नदेखाई त्यसलाई लछारपछार गर्नेछ।+ २३  त्यसको हालत देखेर बतासले थपडी मार्नेछर सिटी बजाउँदै+ त्यसको खिसी गर्नेछ।*

फुटनोटहरू

वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।
वा सम्भवत: “परमेश्‍वरको हातको मदतले सिकाउँछु।”
शब्दावली हेर्नुहोस्‌।
वा सम्भवत: “त्यसको हालत देखेर तिनीहरूले थपडी मार्नेछन्‌ र सिटी बजाउँदै त्यसको खिसी गर्नेछन्‌।”