अय्युब २६:१-१४

  • अय्युबको जवाफ (१-१४)

    • “कमजोरहरूलाई तपाईँले खुब मदत गर्नुभयो!” (१-४)

    • ‘पृथ्वी कुनै आडविना झुन्डिरहेको छ’ ()

    • ‘परमेश्‍वरका कामहरूको एक छेउ मात्र हो’ (१४)

२६  त्यसपछि अय्युबले यस्तो जवाफ दिए:  २  “कमजोरहरूलाई तपाईँले खुब मदत गर्नुभयो! निर्बल हातहरूलाई तपाईँले खुब सहायता गर्नुभयो!+  ३  बुद्धि नभएकाहरूलाई तपाईँले खुब सल्लाह दिनुभयो!+ तपाईँले खुलेआम आफ्नो बुद्धि प्रकट गर्नुभयो, मानेँ तपाईँलाई!  ४  तपाईँ कसलाई आफ्नो कुरा सुनाउन खोज्दै हुनुहुन्छ?यस्ता कुराहरू बोल्न तपाईँलाई कसले प्रेरणा दियो?  ५  मृत्युलाई हराउन नसक्नेहरू समुद्र र समुद्रका जीवहरूभन्दा पनि गहिराइमा छन्‌।त्यहाँ पनि तिनीहरू थरथर काँप्छन्‌।  ६  परमेश्‍वरको नजरबाट चिहानसमेत* लुकेको छैन।+विनाशको ठाउँ* उहाँसामु उदाङ्‌ग छ।  ७  उहाँको सामर्थ्यले गर्दा उत्तरको आकाश अन्तरिक्षमा फैलिएको छ+र पृथ्वी कुनै आडविना झुन्डिरहेको छ।  ८  पानीको भारले बादल नफाटोस्‌+ भनेरउहाँले पानीलाई बादलमा बेरेर राख्नुभएको छ।  ९  आफ्नो सिंहासन कसैले देख्न नसकोस्‌ भनेरउहाँले बादलले आफ्नो सिंहासन ढाक्नुभएको छ।+ १०  उहाँले पानीको सतहमा सीमारेखा* कोर्नुभएको छ+र उज्यालो अनि अँध्यारोबीच सीमा तोक्नुभएको छ। ११  उहाँले हप्काउनुहुँदा स्वर्गका खम्बाहरूसमेत हल्लिन्छन्‌र डरले चित खान्छन्‌। १२  उहाँ आफ्नो शक्‍तिले समुद्रलाई हल्लाउनुहुन्छ+र आफ्नो समझले विशाल जलजन्तुलाई* टुक्राटुक्रा पार्नुहुन्छ।+ १३  उहाँ आफ्नो सासले आकाशलाई सफा पार्नुहुन्छर वेगसित भागिरहेको सर्पलाई आफ्नो हातले छेँड्‌नुहुन्छ। १४  हेर्नुहोस्‌! यी सब त उहाँका कामहरूको एक छेउ मात्र हो।+हामीले त उहाँको मधुरो स्वर मात्र सुन्‍न पाएका छौँ। त्यसोभए उहाँको भयानक गर्जन झन्‌ कस्तो होला?”+

फुटनोटहरू

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
हिब्रू भाषामा एबाड्डोन। शब्दावलीमा “एबाड्डोन” हेर्नुहोस्‌।
वा “क्षितिज।”
शा., “राहाबलाई।”