अय्युब २५:१-६

  • बिल्दद तेस्रो पटक बोल्छन्‌ (१-६)

    • ‘मानिस कसरी परमेश्‍वरसामु सही ठहरिन सक्छ?’ ()

    • मानिसको सत्यनिष्ठा बेकार छ भनी दाबी गर्छन्‌ (५, ६)

२५  बिल्दद+ सुहीले यस्तो जवाफ दिए:  २  “उहाँसित शासन गर्ने अधिकार र अथाह शक्‍ति छ।उहाँले स्वर्गमा शान्ति कायम गर्नुहुन्छ।  ३  कसले पो उहाँको फौज गन्‍न सक्छ र? कोमाथि पो उहाँको ज्योति चम्कँदैन र?  ४  त्यसोभए मरणशील मानिस कसरी परमेश्‍वरको नजरमा धर्मी ठहरिन सक्छ?+अथवा स्त्रीबाट जन्मेको मानिस कसरी निर्दोष ठहरिन सक्छ?+  ५  उहाँको नजरमा जूनसमेत चहकिलो छैनर ताराहरू पनि बेदाग छैनन्‌।  ६  झन्‌ मानिसको त के कुरा?मानिस त केवल एउटा औँसाबराबर अनि मानिसको छोरा किराबराबर छ।”

फुटनोटहरू