अय्युब २३:१-१७

  • अय्युबको जवाफ (१-१७)

    • परमेश्‍वरसामु आफ्नो मुद्दा पेस गर्न चाहन्छन्‌ (१-७)

    • परमेश्‍वरलाई भेट्टाउन नसकेको कुरा बताउँछन्‌ (८, ९)

    • ‘दायाँबायाँ कतै नलागी उहाँको मार्गमा हिँडेको छु’ (११)

२३  अय्युबले यस्तो जवाफ दिए:  २  “म गुनासो गर्न छोड्‌दै छोड्‌दिनँ।+किनकि सुस्केरा हाल्दा-हाल्दा म शिथिल भइसकेँ।  ३  परमेश्‍वर कहाँ हुनुहुन्छ भनेर थाह भएको भए+ म सरासर उहाँको निवासमा जाने थिएँ।+  ४  म आफ्नो मामिला उहाँसामु पेस गर्ने थिएँर तर्क गर्दै आफ्नो सफाइ दिने थिएँ।  ५  अनि उहाँले कस्तो जवाफ दिनुहुँदो रहेछ, हेर्ने थिएँर के भन्‍नुहुँदो रहेछ, सुन्‍ने थिएँ।  ६  के उहाँले आफ्नो सारा शक्‍ति लगाएर मसित प्रतिवाद गर्नुहुनेछ? अहँ, बरु उहाँले पक्कै मेरो सफाइ सुन्‍नुहुनेछ।+  ७  उहाँसामु निर्दोष मानिसको मुद्दाको छिनोफानो हुने थियोर मेरा न्यायाधीशले मलाई पूरै दोषमुक्‍त गरिदिनुहुने थियो।  ८  तर म पूर्वतिर लागे पनि उहाँलाई भेट्टाउन सक्दिनँर पश्‍चिमतिर गए पनि उहाँलाई फेला पार्न सक्दिनँ।  ९  उहाँले उत्तरतिर काम गरिरहँदा पनि म उहाँलाई देख्न सक्दिनँअनि उहाँ दक्षिणतिर फर्कँदा पनि म उहाँलाई भेट्‌दिनँ। १०  तैपनि मैले रोजेको मार्ग उहाँलाई थाह छ।+ उहाँले मेरो जाँच गरिसकेपछि म खारिएको सुनजस्तै हुनेछु।+ ११  मैले उहाँको पाइला-पाइला पछ्याएको छु।दायाँबायाँ कतै नलागी उहाँको मार्गमा हिँडेको छु।+ १२  उहाँका आज्ञाहरूलाई मैले हल्कासित लिएको छैनँ। उहाँले मबाट मागेभन्दा पनि धेरै मैले उहाँको वचनको मोल गरेको छु।+ १३  उहाँले केही गर्ने अठोट गर्नुभयो भने कसले उहाँलाई रोक्न सक्छ?+ जब उहाँ केही गर्न चाहनुहुन्छ, त्यो गरेरै छोड्‌नुहुन्छ।+ १४  मेरो विषयमा उहाँले जे-जे गर्ने निधो गर्नुभएको छ, ती सब पूरा गरेरै छोड्‌नुहुन्छ।अनि उहाँले गर्न बाँकी रहेका कुरा अझ धेरै छन्‌। १५  उहाँको कारण म बेचैन भएको छु।उहाँबारे सोच्दा उहाँप्रतिको मेरो श्रद्धा बढ्‌छ। १६  परमेश्‍वरले मेरो हृदयलाई कमजोर तुल्याइदिनुभएको छ,सर्वशक्‍तिमान्‌ले मलाई त्रसित पार्नुभएको छ। १७  तर मेरो वरिपरि अन्धकार छाए पनिर मेरो अनुहार अँध्यारो भए पनि म अहिलेसम्म चुप लागेर बसेको छैनँ।

फुटनोटहरू