अय्युब २१:१-३४
२१ अय्युबले यस्तो जवाफ दिए:
२ “मेरो कुरा ध्यान दिएर सुन्नुहोस्;त्यो नै मेरो लागि सान्त्वना हुनेछ।
३ म बोलुन्जेल धैर्य गर्नुहोस्।त्यसपछि मलाई जति गिज्याए पनि हुन्छ।+
४ म मानिससित गुनासो गर्दै छु र?
मेरो गुनासो मानिससित भएको भए
मैले उहिल्यै धैर्य गुमाइसक्ने थिएँ।
५ छक्क परेर मलाई क्वारक्वार्ती हेर्नुहोस्।अचम्म मान्दै आफ्नो मुख छोप्नुहोस्।
६ ममाथि जे आइपऱ्यो, त्यसबारे सोच्दा मात्रै पनि मलाई छटपटी हुन्छर मेरो पूरै शरीर थरथर काँप्छ।
७ दुष्टहरू किन बुढेसकालसम्मै बाँचिरहन्छन्?+किन तिनीहरूको फलिफाप हुन्छ?*+
८ तिनीहरूका छोराछोरी सधैँ तिनीहरूकै आँखाअगाडि हुन्छन्।तिनीहरूले आफ्ना छोरानाति खेलाउन पाउँछन्।
९ तिनीहरूको घर सुरक्षित रहन्छ र तिनीहरू ढुक्कले बस्छन्।+परमेश्वर तिनीहरूलाई छडी लाउनुहुन्न।
१० तिनीहरूका बहरहरू बाली लाग्छन्* र त्यो खेर जाँदैन।तिनीहरूका गाईका गर्भ कहिल्यै तुहिँदैनन्।
११ तिनीहरूका छोराहरू भेडाबाख्राको बथानजस्तै कुद्छन्र तिनीहरूका छोराछोरी बुर्लुक-बुर्लुक उफ्रन्छन्।
१२ तिनीहरू खैँजडी र वीणा बजाउँदै गीत गाउँछन्अनि बाँसुरीको धुनमा रमाउँछन्।+
१३ तिनीहरूको पूरै जीवन आरामसित बित्छ।मर्ने बेला* पनि तिनीहरूलाई कुनै सास्ती हुँदैन।
१४ तिनीहरू साँचो परमेश्वरलाई यसो भन्छन्, ‘हाम्रो पछि नलाग्नुहोस्!
हामीलाई तपाईँको मार्ग सिक्नु छैन।+
१५ सर्वशक्तिमान् परमेश्वर को हो र, जसको हामीले सेवा गर्नुपऱ्यो?+
उहाँलाई चिनेर हामीलाई के फाइदा?’+
१६ तर म जान्दछु, तिनीहरू आफैले गर्दा तिनीहरूको फलिफाप भएको होइन।+
मेरो सोचाइ* दुष्टको जस्तो छँदै छैन।+
१७ तर दुष्टको दियो कहिले पो निभेको छ र?+
तिनीहरूमाथि कति पटक पो विपत्ति आइपरेको छ र?
परमेश्वरले कति पटक पो रिसाएर तिनीहरूलाई प्रहार गर्नुभएको छ र?
१८ तिनीहरू हावाले उडाउने परालर बतासले उडाउने भुसजस्तै कहिले पो भएका छन् र?
१९ परमेश्वरले दुष्टलाई दिने सजाय त्यसका छोराछोरीको लागि साँचेर राख्नुहुन्छ।
तर उहाँले त्यसैलाई सजाय भोग्न दिनुभए हुन्थ्यो
र परमेश्वरले दण्ड दिँदै हुनुहुन्छ भनेर त्यसले थाह पाउने थियो।+
२० त्यसले आफ्नै आँखाले आफ्नो विनाश देख्नुपरोस्र सर्वशक्तिमान्को रिसको कचौराबाट पिउनुपरोस्।+
२१ त्यसको आयु घटाइयो भनेत्यसले आफ्नो शेषपछि छोराछोरीलाई के होला भनेर चिन्ता गर्छ र?+
२२ परमेश्वर ठूलाबडाहरूको समेत इन्साफ गर्नुहुन्छ भने+उहाँलाई अर्तीबुद्धि दिने कसको आँट?+
२३ कोही मानिस मर्ने बेलासम्म पनि हट्टाकट्टा हुन्छ+किनकि ऊ तनावमुक्त भएर चैनसित बस्छ;+
२४ उसका तिघ्राहरू बोसोले डम्म परेका हुन्छन्र हड्डीहरू पनि बलिया हुन्छन्।
२५ तर कोही भने सुख देख्नै नपाईअत्यन्तै व्याकुल भएर मर्छ।
२६ तैपनि अन्तमा तिनीहरू दुवै माटैमा मिल्छन्+र तिनीहरू दुवैको लासमा स्याउँस्याउँती किरा पर्छ।+
२७ तपाईँहरूको एक-एक कुविचार मलाई थाह छ।मलाई हानि पुऱ्याउन तपाईँहरूले रचेको षड्यन्त्र मलाई थाह छ।+
२८ तपाईँहरू भन्नुहुन्छ, ‘त्यसोभए दुष्ट मानिसको पाल खोइ त?ठूलाबडा भनाउँदाहरूको घर कहाँ गयो?’+
२९ के तपाईँहरूले बटुवाहरूलाई कहिल्यै सोध्नुभएको छैन?
तिनीहरूको कुरा ध्यान दिएर सुन्नुभएको छैन?
३० विपत्तिको बेला दुष्टहरूलाई जोगाइन्छ।विनाशको दिनमा तिनीहरूको उद्धार हुन्छ।
३१ दुष्टको चाल देखेर त्यसलाई कसले चेतावनी दिन्छ र?त्यसको कुकर्मको सजाय त्यसलाई कसले दिन्छ र?
३२ त्यसलाई चिहानमा पुऱ्याउँदात्यसको लासलाई पहरा दिनेहरू हुन्छन्।
३३ बेँसीको* माटोको ढिस्को त्यसको लागि मीठो हुन्छ।+त्यसको अघिल्लो पुस्ताका अनगिन्ती मानिसहरूजस्तैत्यसपछिका सबै मानिस पनि त्यसैको पछिपछि चिहानमा जानेछन्।+
३४ त्यसैले तपाईँहरूको फोस्रो सान्त्वना मलाई चाहिँदैन।+
तपाईँहरूको कुरामा कपटबाहेक केही छैन।”
फुटनोटहरू
^ वा “किन तिनीहरू शक्तिशाली हुन्छन्?”
^ अर्थात्, गाईसित मिसिन्छन्।
^ वा “सल्लाह, षड्यन्त्र।”
^ वा “वादीको।” शब्दावलीमा “वादी” हेर्नुहोस्।

