अय्युब १९:१-२९

  • अय्युबको जवाफ (१-२९)

    • साथी भनौँदाहरूले लगाएको आरोपको खण्डन गर्छन्‌ (१-६)

    • आफू त्यागिएको कुरा बताउँछन्‌ (१३-१९)

    • “मेरा उद्धारक जीवितै हुनुहुन्छ” (२५)

१९  अय्युबले जवाफमा यसो भने:  २  “तपाईँहरू कहिलेसम्म मलाई सताइरहनुहुन्छ?+कहिलेसम्म घोचपेच गरिरहनुहुन्छ?+  ३  तपाईँहरू बारम्बार* मेरो अपमान गर्नुहुन्छ।मसित यस्तो क्रूर व्यवहार गर्न तपाईँहरूलाई लाज लागेन?+  ४  मैले गल्ती गरेकै भए पनित्यसको सजाय भोग्न म तयार छु।  ५  तर मलाई खसालेर तपाईँहरू आफैलाई उचाल्नुहुन्छर ममाथि आइपरेको विपत्ति जायजै हो भनेर दाबी गर्नुहुन्छ भने  ६  यो कुरा याद राख्नुहोस्‌, मलाई यो अवस्थामा पुऱ्‍याउनेर आफ्नो जालमा फसाउने व्यक्‍ति परमेश्‍वर नै हुनुहुन्छ।  ७  ‘ममाथि अन्याय भयो’ भन्दै जति नै कराए पनि म न्याय पाउँदिनँ।+मैले जति गुहारे पनि कसैले मेरो वास्ता गर्दैन।+  ८  म हिँड्‌न नसकूँ भनेर परमेश्‍वरले ढुङ्‌गाको पर्खाल लगाएर मेरो बाटो थुनिदिनुभएको छ।उहाँले मेरो बाटो अँध्यारो तुल्याइदिनुभएको छ।+  ९  उहाँले मेरो मानसम्मान माटोमा मिलाइदिनुभएको छ।मेरो शिरको मुकुट भुईँमा खसालिदिनुभएको छ। १०  म नाश नहोउन्जेल उहाँ मलाई चारैतिरबाट आक्रमण गर्नुहुन्छ।रूखलाई उखेलेझैँ उहाँ मेरो आशालाई उखेलेर मिल्काइदिनुहुन्छ। ११  आगोभन्दा चर्को रिस उहाँ ममाथि पोखाउनुहुन्छर मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ।+ १२  उहाँको सेनाले एकजुट भएर मलाई घेर्छर मेरो पालको वरिपरि छाउनी हाल्छ। १३  मेरा आफ्नै दाजुभाइलाई उहाँले मदेखि टाढा पठाइदिनुभएको छ।अनि मलाई चिन्‍नेहरूजति सबैले मलाई छोडेर गएका छन्‌।+ १४  मेरा आफन्तहरू सबैले मलाई एक्लै पारे।मसितै उठबस गर्नेहरूले समेत मलाई बिर्सिए।+ १५  मेरो घरमा आएका पाहुनाहरू+ र मेरा दासीहरू मलाई नचिनेझैँ गर्छन्‌।तिनीहरूको लागि त म अनजान मानिसजस्तै भएको छु। १६  म मेरो नोकरलाई बोलाउँछु तर त्यसले नसुनेझैँ गर्छ।‘मलाई दया गर’ भनेर मैले त्यसलाई बिन्ती गर्नुपरेको छ। १७  मेरी पत्नीलाई समेत मेरो सास गन्हाउँछ।+मेरा आफ्नै दाजुभाइहरूलाई म डुङडुङती गन्हाउने भएको छु। १८  केटाकेटीहरू मलाई देखी सहँदैनन्‌।तिनीहरू जहिले पनि* मलाई जिस्क्याउँछन्‌। १९  मेरा घनिष्ठ मित्रहरू मदेखि घिनाउँछन्‌।+ज-जसलाई म माया गर्थेँ, तिनीहरू सबै ममाथि खनिएका छन्‌।+ २०  म हड्डी र छाला मात्र भएको छु।+म जसोतसो बाँचिरहेको छु।* २१  ए मेरा मित्रहरू हो! दया गर्नुहोस्‌, मलाई दया गर्नुहोस्‌।किनकि परमेश्‍वर स्वयम्‌ले मलाई हिर्काउनुभएको छ।+ २२  तपाईँहरू पनि किन मलाई परमेश्‍वरले जस्तै दुःख दिनुहुन्छ?+किन मलाई निरन्तर सताउनुहुन्छ?+ २३  मेरा यी शब्दहरू लेखेर राखिएको भए हुन्थ्यो।एउटा पुस्तकमा साँचेर राखिएको भए हुन्थ्यो। २४  ती शब्दहरू फलामको कलम* र सिसालेकहिल्यै नमेटिनेगरि ढुङ्‌गामा कुँदिएको भए हुन्थ्यो। २५  किनकि मेरा उद्धारक+ जीवितै हुनुहुन्छ भनेर मलाई थाह छ।उहाँ आउनुहुनेछ र पृथ्वीमा खडा हुनुहुनेछ। २६  मेरो शरीर कुहिएको भए पनिमर्नुअघि नै म परमेश्‍वरलाई देख्नेछु। २७  म आफैले उहाँलाई देख्नेछु;अरूको होइन, आफ्नै आँखाले उहाँलाई देख्नेछु।+ तर अहिले मलाई भित्रभित्रै छटपटी भइरहेको छ। २८  किनकि तपाईँहरूको नजरमा त दोषी म नै हुँ। त्यसैले तपाईँहरू भन्‍नुहुन्छ, ‘हामीले तपाईँलाई कहाँ दुःख दियौँ र?’+ २९  तर होसियार! तपाईँहरूमाथि तरबार आइनलागोस्‌।+किनकि अपराधीलाई दण्ड दिन तरबार चलाइन्छ।सबैको न्याय गर्ने एक न्यायाधीश हुनुहुन्छ भनेर जानिराख्नुहोस्‌।”+

फुटनोटहरू

शा., “१०-१० पटक।”
शा., “म उठ्‌नेबित्तिकै।”
शा., “मेरो दाँतको छालाले मात्र बाँचिरहेको छु।”
वा “छिनु।”