अय्युब १८:१-२१

  • बिल्दद दोस्रो पटक बोल्छन्‌ (१-२१)

    • पापीहरूले भोग्ने नतिजाबारे बताउँछन्‌ (५-२०)

    • अय्युबले परमेश्‍वरलाई चिनेका छैनन्‌ भन्‍ने छनक दिन्छन्‌ (२१)

१८  बिल्दद+ सुहीले जवाफमा यसो भने:  २  “तपाईँ कहिलेसम्म यसरी व्यर्थै बरबराइरहनुहुन्छ? बुज्झकी भएर एकछिन चुप लाग्नुहोस्‌ अनि हामी पनि केही बोल्न पाऔँ।  ३  तपाईँ किन हामीलाई पशुबराबर ठान्‍नुहुन्छ?+किन हामीलाई मूर्ख* ठान्‍नुहुन्छ?  ४  तपाईँले रिसको झोँकमा आफैलाई टुक्राटुक्रा पारे पनि,पृथ्वी तपाईँविना सुनसान हुन्छ र?अथवा चट्टान आफ्नो ठाउँबाट उप्केर अन्तै जान्छ र?  ५  दुष्टको ज्योति अन्धकारमा बदलिन्छ,त्यसको आगो निभ्छ।+  ६  त्यसको पालको उज्यालो अँध्यारोमा बदलिन्छ।अनि त्यसको दियो पनि बल्न छोड्‌छ।  ७  लम्किरहेका त्यसका पाइला धरमराउन थाल्छन्‌र आफैले दिएको सल्लाहले त्यसको पतन हुन्छ।+  ८  त्यसका पाइला जाल थापेको ठाउँतिर लम्कन्छन्‌र त्यो त्यसमा जाकिन्छ।  ९  त्यसको खुट्टा फन्दामा पर्छर त्यो पासोमा जाकिन्छ।+ १०  त्यो हिँड्‌ने बाटोमा पासो थापिएकोर जमिनमा डोरी बिछ्याइएको त्यसलाई पत्तै हुँदैन। ११  त्रासले त्यसलाई चारैतिरबाट घेर्छ+र त्यसको पाइला पछ्याउँछ। १२  दुष्ट मानिस शिथिल हुँदै जान्छर विपत्ति+ देखेर त्यसका हातगोडा काँप्छन्‌। १३  त्यसको शरीर कुहिन्छ।घातक रोगले त्यसका हातगोडा कुहिएर झर्छन्‌। १४  पालमा ढुक्कले बसिरहेको बेलात्यसलाई घिस्याई-घिस्याई लगेर त्रासका राजाकहाँ* सुम्पिइन्छ।+ १५  त्यसको पालमा विदेशीले अड्डा जमाउँछ,त्यसको घरमा गन्धक बर्सिन्छ।+ १६  रूख सुकेझैँ त्यसका जराहरू सुक्छन्‌।र त्यसका हाँगाबिँगा ओइलाउँछन्‌। १७  त्यसको सम्झना मेटिएर जान्छ,कसैले पनि त्यसको नाम सम्झनेछैन। १८  त्यो उज्यालोबाट अन्धकारमा धकेलिन्छर त्यसलाई धर्तीबाट खेदेर धपाइन्छ। १९  त्यसको कुल थाम्ने कोही हुनेछैन।त्यसको घरमा त्यसको एउटै सन्तान बाँकी रहनेछैन। २०  त्यसको विनाश हुँदा पश्‍चिमका मानिसहरू स्तब्ध हुन्छन्‌र पूर्वका मानिसहरूलाई त्रासले छोप्छ। २१  दुष्ट मानिसको पालको गति यस्तै हुन्छ।परमेश्‍वरलाई नचिन्‍ने मानिसको घरको हालत यस्तै हुन्छ।”

फुटनोटहरू

वा सम्भवत: “अशुद्ध।”
वा “मृत्युको मुखमा।”