अय्युब १७:१-१६

  • अय्युब अझै जवाफ दिन्छन्‌ (१-१६)

    • ‘खिसी गर्नेहरूले मलाई चारैतिरबाट घेरेका छन्‌’ ()

    • ‘उहाँले मलाई गिल्लाको पात्र बनाउनुभएको छ’ ()

    • “चिहान नै मेरो घर हुनेछ” (१३)

१७  “मेरो मन छियाछिया भएको छ, मेरा दिनहरू सकिएका छन्‌।चिहान मलाई पर्खेर बसिरहेको छ।+  २  खिसी गर्ने मानिसहरूले मलाई चारैतिरबाट घेरेका छन्‌+अनि उनीहरूले मेरो विद्रोह गर्दा मैले टुलुटुलु हेरेर बस्नुपरेको छ।  ३  मेरो धरौटी स्विकार्नुहोस्‌ र तपाईँसितै राख्नुहोस्‌। मसित हात मिलाएर मेरो तर्फबाट बिन्ती गरिदिने अरू को छ र?+  ४  किनकि तपाईँले उनीहरूको हृदयलाई समझहीन तुल्याउनुभएको छ।+त्यसैले तपाईँ उनीहरूलाई उचाल्नुहुन्‍न।  ५  त्यस्तो मान्छे आफ्ना साथीभाइसित बाँडचुँड गर्दै हिँड्‌छतर उसकै छोराछोरीका आँखा भने भोकले गलेका छन्‌।  ६  परमेश्‍वरले मलाई मानिसहरूमाझ गिल्लाको पात्र* बनाउनुभएको छ।+त्यसैले मानिसहरू मेरो अनुहारमा थुक्छन्‌।+  ७  पीरैपीरले मेरा आँखा धमिला भएका छन्‌।+म हाड र छाला मात्र भएको छु।  ८  मेरो यस्तो हालत देखेर सोझाहरू तीनछक पर्छन्‌।अनि भक्‍तिहीन* मानिसहरू देखेर निर्दोष मानिसहरू स्तब्ध हुन्छन्‌।  ९  धर्मी मानिस आफ्नो बाटोबाट कहिल्यै तर्कँदैन।+अनि जसका हात चोखा छन्‌, तिनीहरू झन्‌झन्‌ बलिया हुँदै जान्छन्‌।+ १०  तर अब तपाईँहरू सबै आउनुहोस्‌ र मसित फेरि बहस गर्नुहोस्‌।किनकि मैले तपाईँहरूमध्ये कसैलाई बुद्धिमान्‌ पाइनँ।+ ११  मेरा दिनहरू सकिए,+मेरा योजनाहरू भताभुङ्‌ग भए, मेरा मनका इच्छाहरू चकनाचुर भए।+ १२  मेरा यी साथीहरू रातलाई दिन भन्छन्‌।तिनीहरू यसो भन्छन्‌: ‘उज्यालो हुनै लाग्यो।’ तर म आफूवरपर अँध्यारोबाहेक अरू केही देख्दिनँ। १३  मैले अझै पर्खेँ भने चिहान* नै मेरो घर हुनेछ।+मैले अन्धकारमै ओछ्यान लगाउनुपर्नेछ।+ १४  म खाडललाई* ‘मेरो बुबा’ भन्‍नेछु।+ अनि स्याउँस्याउँती पर्ने किरालाई चाहिँ ‘मेरी आमा र मेरा दिदीबहिनी’ भन्‍नेछु। १५  त्यसोभए मेरो आशा खै त?+ मेरो निम्ति अझै पनि आशा छ भनेर कसले भन्‍न सक्छ? १६  मेरो आशा चिहानको* ढोकाभित्र बन्द हुनेछ।अनि मसँगसँगै मेरो आशा पनि माटोमा मिल्नेछ।”+

फुटनोटहरू

शा., “उखानको पात्र।”
वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
वा “चिहानलाई।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।