अय्युब १४:१-२२

  • अय्युब अझै जवाफ दिन्छन्‌  (१-२२)

    • छोटो र दुःखैदुःखले भरिएको मानिसको जीवन ()

    • “रूखको समेत आशा हुन्छ” ()

    • ‘तपाईँले मलाई चिहानमा लुकाउनुभए हुन्थ्यो’ (१३)

    • “मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?” (१४)

    • परमेश्‍वर आफ्नो सृष्टि हेर्न तीव्र इच्छा गर्नुहुन्छ (१५)

१४  “स्त्रीको कोखबाट जन्मेको मानिसको जीवनछोटो+ र दुःखैदुःखले भरिएको हुन्छ।+  २  ऊ फूलजस्तै फक्रन्छ तर पछि ओइलाइहाल्छ,*+ऊ छायाजस्तै तुरुन्तै बिलाइहाल्छ।+  ३  तपाईँ सधैँ ऊमाथि नजर राख्नुहुन्छअनि उसको न्याय गर्न* उसलाई अदालत लग्नुहुन्छ।+  ४  के पापी मानिसले पापरहित मानिस जन्माउन सक्छ?+ कदापि सक्दैन!  ५  तपाईँले उसको दिन तोक्नुभएको छ भनेउसको जीवन तपाईँकै हातमा छ।ऊ त्यो सीमा नाघेर जान सक्दैन।+  ६  मजदुरले जस्तै दिनभरिको काम सिध्याएर आराम नगरेसम्मउसको एक-एक कदम नजाँच्नुहोस्‌।+  ७  किनकि एउटा रूखको समेत आशा हुन्छ। त्यसलाई काटेर ढाले पनि त्यो फेरि पलाउँछअनि त्यसमा पालुवा लाग्छ।  ८  त्यसको जरा छिप्पिए पनिर त्यसको ठुटो माटोमै सुके पनि  ९  पानीको गन्ध पाउनेबित्तिकै त्यो फेरि पलाउन थाल्छर नयाँ बोटमा जस्तै हाँगाबिँगा लाग्छ। १०  तर मानिस मरेपछि उसमा केही शक्‍ति रहँदैन।सास निस्केपछि उसको कुनै अस्तित्व रहँदैन।+ ११  जसरी समुद्रको पानी बिलाउँछअनि नदीको पानी घट्‌दै जान्छ र सुक्छ, १२  त्यसरी नै मानिस पनि मर्छ र उठ्‌न सक्दैन।+ जबसम्म आकाश रहन्छ, तबसम्म ऊ ब्युँझन सक्दैन।ऊ आफ्नो निद्राबाट उठ्‌न सक्दैन।+ १३  हे परमेश्‍वर, मलाई चिहानमा* लुकाउनुहोस्‌।+तपाईँको रिस नमरेसम्म मलाई लुकाएर राख्नुहोस्‌।तपाईँले तोक्नुभएको समय सिद्धिएपछि मलाई फेरि सम्झनुहोस्‌।+ १४  मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?+ मेरो उद्धार नहोउन्जेल,मेरो दासत्वका* दिनहरू नसिद्धिउन्जेल म पर्खेर बस्नेछु।+ १५  तपाईँले मलाई बोलाउनुहुनेछ र म जवाफ दिनेछु।+ आफ्नो हातको सृजना हेर्न तपाईँले तीव्र इच्छा गर्नुहुनेछ। १६  तर अहिले त तपाईँ मेरो एक-एक कदममा नजर राख्नुहुन्छ,तपाईँ मेरा पापहरू मात्र खोज्नुहुन्छ। १७  तपाईँले मेरा अपराधहरू झोलामा साँचेर राख्नुभएको छअनि मेरा गल्तीहरूलाई त्यसभित्र राखेर लाहाछाप लगाइदिनुभएको छ। १८  जसरी पहाड गर्ल्यामगुर्लुम खस्छअनि चट्टान त्यसको ठाउँबाट उप्किन्छ, १९  जसरी पानीको धारले गर्दा ढुङ्‌गाहरू खिइन्छर भेलले माटो बगाएर लग्छ,त्यसरी नै तपाईँले मानिसको आशालाई चकनाचुर पारिदिनुभएको छ। २०  उसको सास नगएसम्म तपाईँ उसलाई आफ्नो वशमा राख्नुहुन्छ।+तपाईँ उसलाई कुरूप बनाउनुहुन्छ, उसलाई जीवितहरूको देशबाट हटाइदिनुहुन्छ; २१  त्यसपछि त उसका छोराहरूले सम्मान पाए पनि उसलाई थाह हुँदैन।अथवा कसैले तिनीहरूको वास्ता नगरे पनि उसले अत्तोपत्तो पाउँदैन।+ २२  जीवित छउन्जेल मात्र उसले पीडा महसुस गर्छ।बाँचुन्जेल मात्र उसले विलाप गर्छ।”

फुटनोटहरू

वा सम्भवत: “तर पछि काटेर ढालिन्छ।”
वा “उसित मुद्दा लड्‌न।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
यसले मृत्युको दासत्वलाई सङ्‌केत गर्छ।