अय्युब १०:१-२२

  • अय्युब अझै जवाफ दिन्छन्‌ (१-२२)

    • ‘परमेश्‍वर किन मलाई देखी सहनुहुन्‍न?’ ()

    • परमेश्‍वर र अय्युबबीचको भिन्‍नता (४-१२)

    • “केही बेर चैनको सास फेर्न सकूँ” (२०)

१०  “म यो जीवनदेखि वाक्क भइसकेँ।+ म धीत नमरुन्जेल गुनासो गर्नेछु। म आफ्नो मनको तीतोपन व्यक्‍त गर्नेछु।  २  म परमेश्‍वरलाई भन्‍नेछु: ‘मलाई दोषी नठहराउनुहोस्‌। तपाईँ किन मलाई देखी सहनुहुन्‍न?  ३  मलाई दुःख दिएर, आफ्नै हातको कामलाई घृणा गरेरतपाईँलाई के फाइदा हुन्छ?+दुष्टको कुरा सुनेर तपाईँलाई के लाभ हुन्छ?  ४  के तपाईँका आँखा मानिसका जस्ता छन्‌?के तपाईँको हेराइ मानिसको जस्तै छ?  ५  के तपाईँको आयु मानिसको जस्तै छोटो छ?के तपाईँ पनि मानिसजस्तै बितेर जानुहुन्छ?+  ६  त्यसोभए तपाईँ किन मेरो गल्ती खोज्नुहुन्छर ममा खोट निकाल्न चाहनुहुन्छ?+  ७  म निर्दोष छु भनेर तपाईँलाई थाह छ।+तर तपाईँको हातबाट मलाई कसैले बचाउन सक्दैन।+  ८  तपाईँ आफैले मलाई रच्नुभयो र आकार दिनुभयो।+तर अब तपाईँ आफै मलाई नाश गर्दै हुनुहुन्छ।  ९  तपाईँले नै मलाई माटोबाट बनाउनुभएको होइन र?+तर अब तपाईँ आफै मलाई माटोमा फिर्ता पठाउँदै हुनुहुन्छ।+ १०  मलाई दूधजस्तै खन्याउनेर दहीजस्तै* जमाउने तपाईँ नै होइन र? ११  तपाईँले मलाई मासु र छाला पहिराइदिनुभयोअनि हड्डी र मांसपेशीले गाँस्नुभयो।+ १२  तपाईँले मलाई जीवन दिनुभयोर मलाई अटल प्रेम देखाउनुभयो। तपाईँ आफैले मेरो हेरचाह गर्नुभयो।+ १३  तर मनमनै तपाईँले मेरो हानि गर्ने विचार गर्नुभएको रहेछ। तपाईँकै कारण म यी सब भोग्दै छु भनेर मलाई थाह छ। १४  मैले पाप गर्दा तपाईँ हेरिरहनुहुन्छ+अनि मेरो गल्तीको क्षमा दिनुहुन्‍न। १५  दोष मेरै हो भने मलाई धिक्कार छ! तर म निर्दोष छु भने पनि शिर ठाडो गर्न सक्दिनँ+किनकि मैले चोटैचोट र बदनामी सहनुपरेको छ।+ १६  मैले शिर उठाउने कोसिस गरेँ भने पनितपाईँ मलाई सिंहले झैँ खेद्‌नुहुन्छ+ र मलाई आफ्नो शक्‍ति देखाउनुहुन्छ। १७  तपाईँ मविरुद्ध नयाँ-नयाँ साक्षीहरू भेला गर्नुहुन्छर आफ्नो रिसको आगो दन्काउनुहुन्छ।त्यसैले ममाथि एकपछि अर्को कष्ट आइपरेको छ। १८  मलाई त्यसै गर्ने तपाईँको मनसाय थियो भने किन मलाई मेरी आमाको गर्भबाट निस्कन दिनुभयो?+ कसैले मलाई देख्नुअघि नै म मरेको भए बेस हुने थियो। १९  त्यसो भएको भए म अस्तित्वमै हुने थिइनँ।म आमाको गर्भबाट सीधै चिहानमा जाने थिएँ।’ २०  मेरो दिन अब कति नै बाँकी छ र?+ परमेश्‍वरले मलाई एक्लै छोडिदेऊन्‌।उहाँले आफ्नो अनुहार मदेखि अन्तै फर्काऊन्‌ र मैले केही बेर चैनको सास फेर्न सकूँ।*+ २१  किनकि घोर अन्धकारले+ छोपेको त्यो देशमाकहिल्यै नफर्किनेगरि म जाँदै छु,+ २२  जहाँ निस्पट्ट अन्धकारबाहेक अरू केही छैन,जहाँ कुनै कुरा व्यवस्थित छैनअनि जहाँ उज्यालोले समेत अन्धकारलाई चिर्न सकेको छैन।”

फुटनोटहरू

शा., “चिज।”
वा “केही बेर खुसी हुन सकूँ।”