अतिरिक्‍त लेख ख

तपाईँले कति बेला कुराकानी टुङ्‌ग्याउनुपर्छ?

तपाईँले कति बेला कुराकानी टुङ्‌ग्याउनुपर्छ?

कसैले निष्कपट मनले कुनै प्रश्‍न सोध्दा वा हाम्रो कुरामा असहमति जनाउँदा हामी तिनीसित कुराकानी अघि बढाउँछौँ। हामी “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरूसित कुरा गर्न चाहन्छौँ।—प्रेषि. १३:४८.

तर कोही हामीसित रिसाउँछन्‌, वादविवाद गर्न खोज्छन्‌ वा अरू नै कुनै समयमा कुरा गर्न चाहन्छन्‌ भने नि? त्यस्तो अवस्थामा शान्तपूर्वक कुराकानी टुङ्‌ग्याउनुहोस्‌। (हितो. १७:१४) तिनीसित दयालु र आदरपूर्ण व्यवहार गर्नुहोस्‌। यसो गर्नुभयो भने भविष्यमा तिनी हाम्रो कुरा सुन्‍न इच्छुक हुन सक्छन्‌।—१ पत्रु. २:१२.