परमेश्‍वरबाट आएको सुसमाचार!

परमेश्‍वरबाट आएको सुसमाचार के हो? हामी किन यसमा विश्‍वास गर्न सक्छौँ? यस पुस्तिकाले मानिसहरूले अक्सर सोध्ने प्रश्‍नहरूको बाइबलआधारित जवाफ दिन्छ।

यस पुस्तिकाबाट कसरी लाभ उठाउन सकिन्छ?

यस पुस्तिकाले तपाईँलाई परमेश्‍वरको वचन बाइबलबाट सिक्न मदत गर्नेछ। गाढा अक्षरमा सोधिएको प्रश्‍नको जवाफ हरेक अनुच्छेदको अन्तमा दिइएको बाइबल पदमा पाइन्छ।

पाठ १

सुसमाचार के हो?

परमेश्‍वरबाट आएको समाचार के हो, यो किन अत्यन्तै जरुरी छ अनि हामीले के गर्नुपर्छ, सिक्नुहोस्‌।

पाठ २

साँचो परमेश्‍वर को हुनुहुन्छ?

के परमेश्‍वरको नाम छ अनि के उहाँ हाम्रो ख्याल राख्नुहुन्छ?

पाठ ३

सुसमाचार साँच्चै परमेश्‍वरबाट आएको हो?

बाइबल परमेश्‍वरले दिनुभएको हो भनेर हामी कसरी पक्का हुन सक्छौँ?

पाठ ४

येसु ख्रिष्ट को हुनुहुन्छ?

येसु किन मर्नुभयो, फिरौती के हो अनि येसु अहिले के गर्दै हुनुहुन्छ, थाह पाउनुहोस्‌।

पाठ ५

परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो?

परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो, दुःखकष्टको अन्त कहिले हुन्छ, पृथ्वीको भविष्य कस्तो छ अनि त्यहाँ को-को बस्न पाउनेछन्‌? बाइबलले यी प्रश्‍नहरूको जवाफ दिन्छ।

पाठ ६

मरिसकेकाहरूको लागि कस्तो आशा छ?

मृत्युपछि हाम्रो अवस्था कस्तो हुन्छ? मरिसकेका हाम्रा प्रियजनहरूलाई के हामी फेरि कहिल्यै भेट्‌न पाउनेछौँ?

पाठ ७

परमेश्‍वरको राज्य के हो?

परमेश्‍वरको राज्यको राजा को हुनुहुन्छ अनि त्यस राज्यले अहिले के गर्दै छ र भविष्यमा के गर्नेछ?

पाठ ८

परमेश्‍वरले दुष्टता र दुःखकष्ट किन रहिरहन दिनुभएको छ?

दुष्टता कसरी सुरु भयो अनि परमेश्‍वरले किन अहिलेसम्म दुःखकष्ट रहिरहन दिनुभएको छ? के कहिल्यै दुःखकष्टको अन्त होला?

पाठ ९

तपाईँको परिवार कसरी आनन्दित हुन सक्छ?

आनन्दित परमेश्‍वर यहोवा परिवारहरू आनन्दित भएको चाहनुहुन्छ। पति, पत्नी, बुबाआमा र छोराछोरीको लागि बाइबलले कस्तो व्यावहारिक सल्लाह दिएको छ, थाह पाउनुहोस्‌।

पाठ १०

तपाईँ साँचो उपासना कसरी चिन्‍न सक्नुहुन्छ?

के साँचो धर्म एउटै मात्र छ? साँचो उपासकहरूलाई चिनाउने पाँच वटा कुरा याद गर्नुहोस्‌।

पाठ ११

परमेश्‍वरका नियमहरूले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ?

हामीलाई किन डोऱ्‍याइ चाहिन्छ र कुन दुई वटा आज्ञा सबैभन्दा महत्त्वपूर्ण हुन्‌, येसुले बताउनुभयो।

पाठ १२

तपाईँ कसरी परमेश्‍वरको नजिक हुन सक्नुहुन्छ?

परमेश्‍वर सबै प्रार्थना सुन्‍नुहुन्छ कि सुन्‍नुहुन्‍न, हामीले कसरी प्रार्थना गर्नुपर्छ अनि परमेश्‍वरको नजिक हुन हामी अरू के-के गर्न सक्छौँ, थाह पाउनुहोस्‌।

पाठ १३

धर्महरूलाई के हुनेछ?

सबै मानिस एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध हुने समय कहिल्यै आउला?

पाठ १४

यहोवाले आफ्ना मानिसहरूलाई किन सङ्‌गठित पार्नुभएको छ?

साँचो ख्रिष्टियनहरू किन र कसरी सङ्‌गठित छन्‌ भनेर बाइबलले बताउँछ।

पाठ १५

तपाईँले यहोवाबारे सिक्न किन छोड्‌नु हुँदैन?

परमेश्‍वर र उहाँको वचनबारे आफूले सिकेको कुरा तपाईँ कसरी अरूको फाइदाको लागि प्रयोग गर्न सक्नुहुन्छ? तपाईँ परमेश्‍वरसित कस्तो सम्बन्ध गाँस्न सक्नुहुन्छ?