नेपाली
आफूलाई अरूसित तुलना नगर्नुहोस्‌
/assets/ct/79e1b14fff/images/syn_placeholder_sqr.png
w10 १२/१ पृ. ५
आफूलाई अरूसित तुलना नगर्नुहोस्‌

दोस्रो रहस्य

आफूलाई अरूसित तुलना नगर्नुहोस्‌

बाइबलले के सिकाउँछ? “प्रत्येकले आफ्नै कामको जाँच गरोस्‌, तब मात्र त्यसले आफैलाई अरूसित तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ।”—गलाती ६:४, NRV.

चुनौती के हो? आफ्नो तुलना अरूसित गर्ने झुकाव मानिससित छ। त्यसैले हामी कहिलेकाहीं आफूसित जे छ, त्योभन्दा कम भएकाहरूसित तुलना गर्छौं तर धेरैजसो भने आफूभन्दा बलिया, धनी वा प्रतिभाशाली व्यक्‍तिहरूसित आफ्नो तुलना गर्छौं। तर जे होस्‌, यस्तो तुलना गरेर केही फाइदा हुँदैन। कसैसित भएको चीज वा उसको क्षमताको आधारमा उसलाई सफल वा असफल ठहराउने गलत निष्कर्षमा हामी पुग्छौं। अनि हामीमा डाह वा प्रतिस्पर्धाको भाव पनि जाग्न सक्छ।—उपदेशक ४:४.

तपाईं के गर्न सक्नुहुन्छ? परमेश्‍वरले तपाईंलाई जसरी हेर्नुहुन्छ, आफूलाई त्यसरी नै हेर्ने कोसिस गर्नुहोस्‌। परमेश्‍वरले तपाईंको मोल गर्नुहुन्छ, त्यसैले उहाँको जस्तै दृष्टिकोण राख्नुहोस्‌। “मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले [“यहोवाले, a NW] हृदय हेरीकन विचार गर्छन्‌।” (१ शमूएल १६:७) यहोवाले तपाईंलाई अरूसित तुलना गरेर होइन तर तपाईंको हृदय पढेर अर्थात्‌ तपाईंको सोचाइ, भावना अनि मनसाय जाँचेर तपाईं कत्तिको मूल्यवान्‌ हुनुहुन्छ भनेर ठहराउनुहुन्छ। (हिब्रू ४:१२, १३) उहाँ तपाईंको सीमितता बुझ्नुहुन्छ र तपाईंले पनि आफ्नो सीमितता स्वीकारेर त्यसअनुसार चलेको चाहनुहुन्छ। यदि आफ्नो तुलना अरूसित गरेर आफू कत्तिको मूल्यवान्‌ छु भनेर नाप्नुभयो भने कि त तपाईं अहंकारी बन्‍नुहुन्छ कि त जिन्दगीभर असन्तुष्ट रहनुहुन्छ। त्यसैले आफ्नो हरेक प्रयासमा सफल हुन असम्भव छ भनेर नम्रतासाथ स्वीकार्नुहोस्‌।—हितोपदेश ११:२, NRV.

परमेश्‍वरको नजरमा मूल्यवान्‌ हुन तपाईंले गर्नै पर्ने कुरा के हो? उहाँले भविष्यवक्‍ता मीकालाई यस्तो लेख्न प्रेरणा दिनुभयो: “ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्‍वरसित नम्र भएर हिंड्‌नू।” (मीका ६:८) यो सल्लाह पालन गर्नुभयो भने परमेश्‍वरले तपाईंको ख्याल राख्नुहुनेछ। (१ पत्रुस ५:६, ७) सन्तुष्ट रहने योभन्दा ठूलो कारण अरू के नै होला र! ( w10 -E 11/01)

[फुटनोट]

a मूल भाषाको बाइबलमा प्रयोग गरिएको परमेश्‍वरको नाम।

[पृष्ठ ५-मा भएको चित्र]

हाम्रो हृदयमा के छ, त्यसको आधारमा यहोवा हाम्रो मोल गर्नुहुन्छ