ब्यूँझनुहोस्!

हार नमान्नुहोस्!

नेपाली
हार नमान्नुहोस्!
https://cms-imgp.jw-cdn.org/img/p/102014124/univ/art/102014124_univ_sqr_xl.jpg

आवरण लेख

हार नमान्नुहोस्!

हार नमान्नुहोस्!

एक्काइस वर्षीया निशा * हेर्दा बुद्धिमान्‌, तुरुन्तै अरूसित घुलमिल हुने र हँसिलो देखिन्छिन्‌। तर भित्र-भित्रै तिनी खोक्रो महसुस गर्छिन्‌। कहिलेकाहीं त तिनी महिनौंसम्म निराश रहन्छिन्‌। तिनी यसो भन्छिन्‌: “मैले मर्ने विषयमा नसोचेको एकदिन पनि छैन। यो संसारमा म हुनुको कुनै अर्थ छैन जस्तो लाग्छ।”

“प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०६९/७० मा देशभर ३९७४ जनाले आत्महत्या गरेका छन्‌। यो तथ्यांकले एकदिनमा ११ जना नेपालीले आत्महत्या गर्ने प्रहरी अधिकारी बताउँछन्‌।”—नयाँ पत्रिका, काठमाडौं, नेपाल।

आफूले कहिल्यै आत्महत्या नगर्ने कुरा निशा बताउँछिन्‌। तैपनि तिनलाई समय-समयमा जिउनु बेकार छ जस्तो लाग्छ। तिनी भन्छिन्‌: “म दुर्घटनामा परेर मर्न चाहन्छु। मृत्यु मेरो शत्रु होइन, साथी भएको छ।”

निशाले जस्तै महसुस गर्ने मानिसहरू धेरै छन्‌। कसै-कसैले आत्महत्या गर्ने प्रयास समेत गरेका छन्‌। तर विशेषज्ञहरूका अनुसार आत्महत्या गर्न प्रयास गर्नेहरू वास्तवमा आफ्नो जीवनको अन्त गर्न चाहँदैनन्‌। तिनीहरू केवल आफ्नो पीडाको अन्त गर्न चाहन्छन्‌। स्पष्ट भन्नुपर्दा तिनीहरू आफूसित मर्ने कारण छ भनी सोच्ने गर्छन्‌। तर तिनीहरूलाई जिउने कारण चाहिएको छ।

त्यसोभए आउनुहोस्, जिउने तीन कारणबारे विचार गरौं।

^ अनु. 3 नाम परिवर्तन गरिएको छ।