ब्यूँझनुहोस्!

न्युजिल्यान्ड भ्रमण

नेपाली
न्युजिल्यान्ड भ्रमण
https://cms-imgp.jw-cdn.org/img/p/102017209/univ/art/102017209_univ_sqr_xl.jpg
g17 सङ्‌ख्या ६ पृ. १०-११

मिल्फोर्ड साउन्ड

देशविदेश तथा जनजीवन

न्युजिल्यान्ड भ्रमण

न्युजिल्यान्ड भ्रमण

लगभग ८०० वर्षअघि माओरी जातिका मानिसहरू हजारौं माइल समुद्री यात्रा गर्दै न्युजिल्यान्ड आए र यहीं बसोबास गर्न थाले। तिनीहरूले बस्नको लागि समतल ठाउँ भेट्टाए, जुन तिनीहरूले पहिला छोडेर आएको पोलिनेसियाको गर्मी टापुहरूको भन्दा बिलकुलै फरक थियो। यहाँ पहाडहरू, हिमनदीहरू र तातो पानीका मुहानहरू थिए अनि हिउँ पनि पर्थ्यो। त्यसको ५०० वर्षपछि युरोपबाट अरू जातिका मानिसहरू पनि यहाँ बसोबास गर्न आए। आज पनि धेरैजसो न्युजिल्यान्डवासीहरू दुवै एङ्‌ग्लो-साक्सन र पोलिनेसियालीहरूको मौलिक संस्कृति र रीतिथितिहरू मान्छन्‌। कुल जनसङ्‌ख्याको ९० प्रतिशत मानिसहरू सहरमा बस्छन्‌। संसारको सबैभन्दा दक्षिणी भागमा रहेको एक मात्र राजधानी वेलिङ्‌टन सहर हो।

उत्तरी टापुमा उम्लिरहेको माटोको दह

प्राकृतिक सौन्दर्य र विविधताले भरिपूर्ण न्युजिल्यान्डमा पर्यटकहरूको घुइँचो लाग्छ। वरिपरि नजिकै अरू कुनै देश नभए तापनि हरेक वर्ष लगभग ३० लाख पर्यटक यहाँ भ्रमण गर्छन्‌।

यहाँ पाइने उनिउँका बोटहरू ३० फिट (१० मि) भन्दा अग्ला हुन्छन्‌

सन्‌ १९४८ सम्म उड्‌न नसक्ने चरा ताकाहि दुर्लभ चराको रूपमा गनिन्थ्यो

न्युजिल्यान्ड विभिन्‍न प्रजातिका वन्यजन्तुहरूको लागि पनि प्रख्यात मानिन्छ। उड्‌न नसक्ने चराहरूको सबैभन्दा धेरै प्रजाति यहाँ पाइन्छ। यहाँ छेपारोजस्तो देखिने घस्रने जन्तु टुएटारा पनि पाइन्छ, जुन १०० वर्षभन्दा धेरै वर्ष बाँच्न सक्छ! यहाँ पाइने स्थानीय स्तनधारी प्राणीमा चमेरोका केही प्रजातिहरू पर्छन्‌ भने समुद्री स्तनधारी प्राणीमा ह्वेलहरू र डल्फिनहरू पर्छन्‌।

विगत १२० वर्षदेखि यहोवाका साक्षीहरू न्युजिल्यान्डमा बाइबलको सत्य सिकाउने काममा सक्रिय छन्‌। तिनीहरू १९ भन्दा धेरै भाषामा मानिसहरूलाई बाइबलको सत्य सिकाउँछन्‌। यी भाषाहरूमा पोलिनेसियालीहरूको मातृभाषा निऊ, रारोतोंगान, सामोअन र टोंगन पनि समावेश छ।

माओरी समुदायका मानिसहरू पूर्वाभ्यास गरेर सांस्कृतिक नृत्य प्रस्तुत गर्दै