ब्यूँझनुहोस्!

कमिलाको घाँटी

नेपाली
कमिलाको घाँटी
https://cms-imgp.jw-cdn.org/img/p/102016091/univ/art/102016091_univ_sqr_xl.jpg
g16 सङ्‌ख्या ३ पृ. १६

सृष्टि या संयोग?

कमिलाको घाँटी

कमिलाको घाँटी

कमिलाले आफ्नो शरीरभन्दा कैयौं गुणा गह्रौं भार बोक्न सक्छ। मेकानिकल इन्जिनियरहरू यस्तो क्षमता देखेर दङ्‌ग परेका छन्‌। अमेरिकाको ओहायो स्टेट विश्‍वविद्यालयका इन्जिनियरहरूले यस्तो क्षमताबारे बुझ्न कमिलाको शारीरिक बनौट र यसको कार्यप्रणालीको कम्प्युटर मोडेल तयार पारेका थिए। कमिलाको माइक्रो सिटी स्क्यान गरेर अनि त्यसले कतिसम्म भार थाम्न सक्छ भन्‍ने कुराको अध्ययन गरेर यो मोडेल तयार पारिएको थियो।

कमिलाको शरीरको सबैभन्दा महत्त्वपूर्ण भाग घाँटी हो। कमिलाले मुखले च्यापेर कुनै वस्तु उठाउँदा त्यसको सम्पूर्ण भार घाँटीले थेग्ने काम गर्छ। घाँटीमा भएको नरम तन्तुहरू टाउको र जीउमा भएको कडा खोलसँग जोडिएको हुन्छ। यो एक किसिमले दुइटा हातका औंलाहरू एकसाथ गाँसेको जस्तै बलियो गरी जोडिएको हुन्छ। एक जना अनुसन्धानकर्ता भन्छन्‌, “टाउको, घाँटीको नरम तन्तु र जीउको संरचनाले कमिलाको घाँटीको कार्यप्रणालीमा महत्त्वपूर्ण भूमिका खेलेको छ। कडा वस्तुसँग नरम तन्तु अनौठो किसिमले जोडिएकोले सम्भवतः यसको टँसाइ मजबुत भएको हुन सक्छ। अनि यही संरचनाले गर्दा कमिलाको घाँटीले ठूलो भार उठाउन सकेको हुन सक्छ।” कमिलाको घाँटीको कार्यप्रणालीलाई राम्ररी बुझ्न सकियो भने रोबोटको डिजाइनमा अझै सुधार ल्याउन सकिन्छ भन्‍ने आशा अनुसन्धानकर्ताहरूले गरेका छन्‌।

तपाईंको विचार कस्तो छ? कमिलाको घाँटी शरीरसँग अचम्म तरिकामा जोडिएकोले यो धेरै बलियो छ। के यस्तो बलियो घाँटी क्रमविकासको उपज हो या सृष्टि? (g16-E No. 3)