तपाईँ कस्तो भविष्य चाहनुहुन्छ, आफै रोज्नुहोस्
लगभग ३,५०० वर्षअघि यहोवा परमेश्वरले आफ्ना उपासकहरूलाई भविष्य उज्ज्वल बनाउन के गर्नुपर्छ भनेर बताउनुभयो। उहाँले भन्नुभयो: “आज म तिमीहरूसामु एउटा छनौट राख्दै छु: तिमीहरू कि त जीवन र आशिष् रोज कि मृत्यु र सराप। . . . तिमीहरूले जीवनै रोज, तब तिमीहरू र तिमीहरूका सन्तान जीवित रहनेछौ।”—व्यवस्था ३०:१९.
तिनीहरूले आफ्नो भविष्य उज्ज्वल बनाउन सही छनौट गर्नुपर्थ्यो। आज हामीसामु पनि छनौट गर्ने मौका छ। हामी कसरी सही छनौट गर्न सक्छौँ भनेर बाइबलमा यसरी बताइएको छ: ‘तिमीहरूले यहोवा परमेश्वरको कुरा सुन्नू र उहाँलाई प्रेम गरिरहनू।’—व्यवस्था ३०:२०.
हामी कसरी यहोवा परमेश्वरको कुरा सुन्न र उहाँलाई प्रेम गर्न सक्छौँ?
बाइबलबाट सिक्नुहोस्: यहोवा परमेश्वरलाई प्रेम गर्न सुरुमा तपाईँले उहाँबारे सिक्नुपर्छ। उहाँबारे सिक्दै जाँदा उहाँ मायालु परमेश्वर हुनुहुन्छ र तपाईँको सर्वोत्तम हित चाहनुहुन्छ भनेर थाह पाउनुहुनेछ। उहाँ तपाईँलाई प्रार्थना गर्न पनि आग्रह गर्नुहुन्छ ‘किनकि उहाँले तपाईँको ख्याल राख्नुहुन्छ।’ (१ पत्रुस ५:७) उहाँसित नजिक हुने प्रयास गर्नुभयो भने उहाँ पनि तपाईँसित “नजिक हुनुहुनेछ।”—याकुब ४:८.
सिकेको कुरा लागू गर्नुहोस्: परमेश्वरको कुरा सुन्नु भनेको उहाँले बाइबलमा दिनुभएको सल्लाहअनुसार जीवन बिताउनु हो। त्यसो गर्नुभयो भने तपाईँ ‘सफल हुनुहुनेछ र बुद्धि पुऱ्याएर कदम चाल्न सक्नुहुनेछ।’—यहोसु १:८.
^ अनु. 7 चिनियाँ र अङ्ग्रेजीलगायत विभिन्न भाषामा उपलब्ध छ।