सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँले दुःखकष्ट भोग्दा ईश्‍वरलाई कस्तो लाग्छ?

तपाईँले दुःखकष्ट भोग्दा ईश्‍वरलाई कस्तो लाग्छ?

केही मानिसको विचारमा ईश्‍वरले हाम्रो दुःखकष्ट देख्नुहुन्‍न र हाम्रो ख्याल पनि राख्नुहुन्‍न।

बाइबल के भन्छ, विचार गर्नुहोस्‌

  • ईश्‍वरले दुःख देख्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ

    ‘यहोवा परमेश्‍वरले पृथ्वीमा मानिसहरू असाध्यै दुष्ट भएको देख्नुभयो। उहाँ असाध्यै दुःखी हुनुभयो।’—उत्पत्ति ६:५, ६.

  • ईश्‍वरले सबै दुःखकष्टको अन्त गर्नुहुनेछ

    “केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ; तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौ तर तिनीहरू त्यहाँ हुनेछैनन्‌। बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌ अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।”—भजन ३७:१०, ११.

  • तपाईँको लागि ईश्‍वरको चाहना

    “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीहरूको निम्ति मैले के सोचेको छु, त्यो मलाई राम्ररी थाह छ। मैले तिमीहरूको शान्ति चिताएको छु, विपत्ति होइन। म तिमीहरूले उज्ज्वल भविष्य र आशा पाओ भन्‍ने चाहन्छु। तिमीहरूले मलाई पुकार्नेछौ, मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको बिन्ती सुन्‍नेछु।’”—यर्मिया २९:११, १२.

    “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकुब ४:८.