प्रहरीधरहरा—अध्ययन संस्करण सेप्टेम्बर २०१९

यस अङ्‌कमा अक्टोबर २८ देखि डिसेम्बर १, २०१९ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

अध्ययन लेख ३५

यहोवा आफ्ना नम्र सेवकहरूलाई अनमोल ठान्‍नुहुन्छ

हामीले आफूमा विकास गर्नुपर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण गुण नम्रता हो। परिस्थिति परिवर्तन हुँदा कसरी हाम्रो नम्रताको जाँच हुन सक्छ?

अध्ययन लेख ३६

आरमागेडोन हाम्रो लागि खुसीको खबर हो!

आरमागेडोन सुरु हुनुअघि कस्ता मुख्य घटनाहरू हुनेछन्‌? अन्त नजिकिँदै जाँदा हामी कसरी वफादार रहिरहन सक्छौँ?

अध्ययन लेख ३७

खुसीसाथ यहोवाको अधीनमा बस्नुहोस्‌—किन र कसरी?

अधीनमा बस्ने विषयमा एल्डरहरू, बुबाहरू र आमाहरूले राज्यपाल नहेम्याह, राजा दाउद र येसुकी आमा मरियमबाट सिक्न सक्छन्‌।

अध्ययन लेख ३८

“मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु”

येसुको निम्तो स्विकार्नुमा के-के समावेश छ? येसुको जुवामुनि रहेर स्फूर्ति पाइरहन हामीलाई तीन वटा कुराले मदत गर्छ।

अध्ययन लेख ३९

‘हेर! ठूलो भीड’

युहन्‍नाले देखेको दर्शनमा यहोवाले ‘एउटा ठूलो भीडको’ अर्थ, यसको सङ्‌ख्या र यसको विविधताबारे बताउनुभयो, जसले महासङ्‌कष्ट पार गर्नेछ र पृथ्वीमा सधैँभरि बाँच्नेछ।