महान् शिक्षकबाट सिकौं
बाइबलमा पाइने उत्तम सिद्धान्तहरू संसारमा अरू कतै पाइँदैन। छोराछोरीले बाइबल पढ्दा मानिसहरूको होइन, स्वर्गमा बस्नुहुने बुबाको कुरा सुनिरहेका हुन्छन्।
छोराछोरीलाई आमाबुबाबाट के चाहिन्छ?
यो किताब तयार पारिनुको उद्देश्य केटाकेटी र तिनीहरूलाई पढेर सुनाउने व्यक्तिबीच कुराकानी सुरु गर्न उत्प्रेरणा दिनु हो।
अध्याय १
येशू किन महान् शिक्षक हुनुहुन्थ्यो?
येशूले कस्ता कुराहरू सिकाउनुभयो? ती कुराहरू उहाँले कसबाट सिक्नुभयो?
अध्याय २
मायालु परमेश्वरबाट पाएको चिठ्ठी
बाइबल परमेश्वरले हामीलाई दिनुभएको असाध्यै बहुमूल्य चिठ्ठी हो
अध्याय ३
सबै कुरा बनाउनुहुने व्यक्ति
चराहरू कसले बनायो अनि तिनीहरूलाई उड्न कसले सिकायो? तिमीलाई कसले बनायो?
अध्याय ४
परमेश्वरको नाम छ
हामी सबैको नाम छ। के तिमीलाई परमेश्वरको नाम थाह छ? उहाँको नाम किन महत्त्वपूर्ण छ?
अध्याय ६
महान् शिक्षकले अरूको सेवा गर्नुभयो
कसैले तिम्रो लागि राम्रो काम गरिदिँदा के तिमीलाई खुसी लाग्छ? हामी सबैलाई खुसी लाग्छ, महान् शिक्षकलाई यो कुरा थाह थियो।
अध्याय ७
आज्ञाकारी हुनु सुरक्षा हो
आफूभन्दा ठूला व्यक्तिहरूबाट केटाकेटीले धेरै कुरा सिक्न सक्छन्। परमेश्वरले हामीलाई दिनुभएको हर आज्ञा हाम्रै भलाइको लागि भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ।
अध्याय १०
येशू दुष्ट स्वर्गदूतहरूभन्दा शक्तिशाली हुनुहुन्छ
दुष्ट स्वर्गदूतहरूदेखि डराउन आवश्यक छैन तर तिनीहरूले हामीलाई मूर्ख नबनाऊन् भनेर हामी होसियार हुनै पर्छ।
अध्याय ११
परमेश्वरका स्वर्गदूतहरूबाट मदत
परमेश्वरका स्वर्गदूतहरू यहोवालाई प्रेम गर्ने र उहाँको सेवा गर्ने मानिसहरूलाई मदत गर्छन्।
अध्याय १२
येशू हामीलाई प्रार्थना गर्न सिकाउनुहुन्छ
हामी परमेश्वरसित दिउँसो-राती, जुनसुकै समयमा कुरा गर्न सक्छौँ अनि उहाँ हाम्रो कुरा सुन्नुहुन्छ।
अध्याय १८
के तिमी धन्यवाद भन्न सम्झन्छौ?
दस जना कुष्ठरोगीहरूको उदाहरणबाट तिमी थुप्रै कुरा सिक्न सक्छौँ।
अध्याय २०
के तिमी सधैं पहिलो हुन चाहन्छौ?
यस विषयमा चेलाहरूबीच झगडा हुँदा येशूले तिनीहरूलाई के भन्नुभयो?
अध्याय २१
के हामीले कुनै कुरामा घमन्ड गर्नु हुन्छ?
येशूले फरिसी र कर उठाउने मानिसको कथा बताउनुहुन्छ।
अध्याय २५
के खराब काम गर्नेहरू परिवर्तन हुन सक्लान्?
शावल र एक वेश्याको उदाहरणले त्यस प्रश्नको जवाफ दिनेछ।
अध्याय २६
असल काम गर्न किन गाह्रो छ?
तिमीले खराब मानिसहरूले अह्राएको कुनै कुरा नमान्दा तिनीहरूले कस्तो प्रतिक्रिया देखाउँछन्?
अध्याय २७
तिम्रो परमेश्वर को हुनुहुन्छ?
मानिसहरू थुप्रै ईश्वरको उपासना गर्छन्। तिमीले कसको उपासना गर्नुपर्छ? तीन जवान हिब्रूको उदाहरणले यसको जवाफ दिन्छ।
अध्याय २८
कसको आज्ञा पालन गर्ने भनेर कसरी थाह पाउने
“जे-जे सम्राट्का हुन्, सम्राट्लाई र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”
अध्याय २९
के सबै भोजले परमेश्वरलाई खुसी बनाउँछ?
बाइबलमा थुप्रै भोजबारे बताइएको छ भन्ने कुरा के तिमीलाई थाह थियो? परमेश्वरले त्यसलाई कस्तो ठान्नुभयो भनेर हामी बुझ्नेछौँ।
अध्याय ३०
डरमाथि विजयी हुन मदत
यहोवाको सेवा गर्न सजिलो हुन्छ भनेर महान् शिक्षकले भन्नुभएन। तर साहस र मदत पाउन सक्ने एउटा तरिका छ।
अध्याय ३२
येशूलाई कसरी बचाइयो?
येशू बालक छँदा उहाँलाई मार्न खोज्ने मानिसहरूबाट यहोवाले कसरी बचाउनुभयो सिक्नुहोस्।
अध्याय ३३
येशू हामीलाई बचाउन सक्नुहुन्छ
पृथ्वीमा छँदा येशूले आफूलाई माया गर्नेहरूलाई बचाउन सक्छु भनेर देखाउनुभयो।
अध्याय ३५
हामी मृत्युबाट ब्यूँतन सक्छौं!
परमेश्वरले येशूलाई मानिसहरू अनि मरेका साना केटाकेटीलाई पनि पुनर्जीवित पार्न शक्ति दिनुभयो।
अध्याय ३७
यहोवा र उहाँको छोरालाई सम्झौं
हामीले यहोवा र येशूले हाम्रो लागि गर्नुभएका कुराहरू सम्झन सकोस् भनेर येशूले चेलाहरूलाई विशेष तरिका सिकाउनुहुन्छ।
अध्याय ३८
हामीले येशूलाई किन प्रेम गर्नुपर्छ
हामीले अनन्त जीवन पाओस् भनेर उहाँले आफ्नो त्रुटिरहित जीवन दिनुभयो!
अध्याय ४०
परमेश्वरलाई कसरी खुसी पार्न सक्छौं
बाइबल यसो भन्छ: “हे मेरो छोरो बुद्धिमान् हो, त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ।”
अध्याय ४२
हामीले किन काम गर्नुपर्छ?
कामले हाम्रो दिमाग र शरीर दुवैलाई फाइदा गर्छ। काममा कसरी आनन्दित हुने भनेर तिमी सिक्न सक्छौ।
अध्याय ४३
हाम्रा दाजुभाइ-दिदीबहिनी को हुन्?
अध्याय ४४
परमेश्वरलाई प्रेम गर्नेहरूलाई मात्र हामीले साथी बनाउनुपर्छ
“नबहकिओ। नराम्रो सङ्गतले राम्रो आनीबानीलाई बिगार्छ।”
अध्याय ४५
परमेश्वरको राज्य के हो? त्यो आएको चाहन्छौं भनी कसरी देखाउन सक्छौं?
यस संसारको शासक हुनुभएपछि येशूले ठूलठूला परिवर्तन गर्नुहुनेछ।
अध्याय ४६
पानीले संसारलाई नष्ट गऱ्यो—के फेरि त्यस्तो हुनेछ?
परमेश्वरको स्तरअनुरूप चल्नेहरू यस पृथ्वीमा सधैँभरि बाँच्नेछन्।
अध्याय ४८
परमेश्वरको शान्तिमय नयाँ संसार—तिमी त्यहाँ बाँच्न सक्छौ
प्रमोदवनमा सधैँभरि आनन्द उठाउनको लागि तिमीले के गर्नुपर्छ?

