अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

वारविक फोटो ग्यालरी ४ (मेदेखि अगस्त २०१५ सम्म)

वारविक फोटो ग्यालरी ४ (मेदेखि अगस्त २०१५ सम्म)

सन्‌ २०१५ को मेदेखि अगस्तसम्म यहोवाका साक्षीहरूको नयाँ मुख्यालयको काममा के-कस्तो प्रगति भयो अनि स्वयंसेवकहरूले के-कस्ता काम गरे, यी फोटोहरूमा हेर्न सक्नुहुन्छ।

बनिसकेका भवनहरू।

  1. १. सवारीसाधन मर्मत भवन

  2. २. घुम्न आउनेहरूको पार्किङ एरिया

  3. ३. मर्मतसम्भार भवन/बेथेलमा बस्नेहरूको पार्किङ एरिया

  4. ४. ‘ख’ आवास

  5. ५. ‘घ’ आवास

  6. ६. ‘ग’ आवास

  7. ७. ‘क’ आवास

  8. ८. कार्यालय/सेवा भवन

मे ६, २०१५—वारविक निर्माणस्थल

‘स्टरलिङ फरेस्ट लेक’-मा कुनै वस्तुको टुक्राटाक्री छिर्न नदिन एक प्रकारको उपकरण जडान गर्दै।

मे ६, २०१५—मर्मतसम्भार भवन/बेथेलमा बस्नेहरूको पार्किङ एरिया

सटक्रिट प्रविधिबाट (सिमेन्ट छ्‌याप्ने कार्य) मर्मतसम्भार भवनको कौसीको बार ढलान गर्दै। पुरानो तरिकाले गरिने ढलानभन्दा यो छिटो हुन्छ।

मे १५, २०१५—वारविक निर्माणस्थल

‘डकुमेन्टटेसन डिपार्टमेन्ट’-की बहिनी निर्माणकार्यको फोटो खिच्दै। निर्माणकार्य कस्तो हुँदै छ भनेर बुझ्न यहोवाका साक्षीहरूको परिचालक निकायले हरेक हप्ता फोटोहरू हेर्ने गर्छ।

मे ३०, २०१५—टक्सिडो भवन

‘प्लम्बिङ डिपार्टमेन्ट’-मा काम गर्न दक्षिण क्यालिफोर्नियाबाट आएका स्वयंसेवकहरू। त्यसै दिन अरू सयौं स्वयंसेवक पनि टक्सिडो आइपुगेका थिए। वारविक निर्माणस्थलमा जानुअघि सबै जना यहीं भेला हुने गर्छन्‌। यो परियोजनामा काम गर्न अगस्त १ मा ७०७ जना नयाँ स्वयंसेवक आए।

जून ९, २०१५—‘ख’ आवास

ठेकेदारहरूले क्रेनद्वारा भित्ता फिट गर्दै। भित्ता र झ्याल फिट गरिएको अन्तिम आवास भवन यही हो।

जून १६, २०१५—‘ग’ र ‘घ’ आवास

ठेकेदारहरू ‘ग’ र ‘घ’ आवासलाई जोड्‌ने पुल राख्दै।

जून  २५, २०१५—‘ग’ आवास

पश्‍चिमी भागमा घाँस बिछ्‌याउँदै गरेकी बहिनी।

जुलाई २, २०१५—वारविक निर्माणस्थल

भाइहरू पुरानो नहर मर्मत गर्दै। यो नहर ड्यामसँग जोडिएको छ। यो नहर सन्‌ १९५० को दशकमा निर्माण गरिएको थियो। हालैका वर्षहरूमा पहिलाभन्दा धेरै आँधीबेहरी आउने अनि बेस्सरी पानी पर्ने भएकोले यो नहर निकै उपयोगी साबित हुनेछ। यसले वारविक अनि नजिकैको इलाकालाई पनि बाढीबाट जोगाउनेछ।

जुलाई १५, २०१५—‘क’ आवास

निर्माणस्थलमा भीड कम गर्न सकियोस् भनेर भवन भित्रका कामहरू जस्तै: रङ्‌ग लगाउने, पाइप इन्सुलेट गर्ने कामहरू राती गरिन्छ। दोस्रो सिफ्टमा सयौं स्वयंसेवकलाई दिउँसो ३ बजेदेखि बिहान २ बजेसम्म काम गर्न खटाइयो।

जुलाई  २०, २०१५—‘घ’ आवास

एचभिएसि विभागकी एक बहिनी अर्की बहिनीलाई पाइप इन्सुलेट गर्ने तालिम दिंदै।

जुलाई २१, २०१५—‘ख’ आवास

‘ख’ आवास र मर्मतसम्भार भवनलाई जोड्‌ने पुलमा रङ्‌ग लगाउँदै।

जुलाई २७, २०१५—टक्सिडो

पार्किङ इलाकामा वारविक जाने बस कुर्दै गरेका स्वयंसेवकहरू। उनीहरूलाई निर्माणस्थल आउन-जान थुप्रै बसको प्रबन्ध गरिएको छ।

जुलाई  २७, २०१५—टक्सिडो

वारविकमा काम गर्ने तीन जना भाइ कपाल काट्‌दै। टक्सिडो, वारविक र मन्टगमरीमा कपाल काट्‌ने प्रबन्ध मिलाइएको छ। यहाँ हरेक हप्ता ४०० भन्दा धेरैको कपाल काटिन्छ।

अगस्त ३, २०१५—वारविक निर्माणस्थल

जियोथर्मल उर्जा निकाल्न ढलान गरिंदै। यस उर्जाले कोठाहरू जाडोमा तातो बनाउन र गर्मीमा शीतल बनाउन सकिन्छ। यसको लागि करिब ५०० फिट गहिरो १२० वटा इनार खनिएका छन्‌। यो विधि कम लागतको र वातावरण मैत्री छ।

अगस्त ७, २०१५—मन्टगमरी, न्यु योर्क

खरिद गरिएका सामानहरू प्राप्त गरिसकेपछि त्यसलाई मिलाएर राखिन्छ र आवश्यकताअनुसार वारविक निर्माणस्थलको कामको लागि प्रयोग गरिन्छ।

अगस्त १४, २०१५—टक्सिडो पार्क, न्यु योर्क

वारविकमा काम गर्ने भाइबहिनी (दायाँबाट दोस्रो र तेस्रो) स्थानीय परिवारसित खाना खाँदै। केही साक्षीले यो परियोजनामा काम गर्ने स्वयंसेवकहरूलाई आफ्नो घरमा राखेका छन्‌।

अगस्त १७, २०१५—मर्मतसम्भार भवन/बेथेलमा बस्नेहरूको पार्किङ एरिया

मेसिनद्वारा उचाइ नाप्दै गरेकी बहिनी।

अगस्त २०, २०१५—कार्यालय/सेवा भवन

मेन लबीका झ्यालहरू फिट गर्ने काम सकियो। बेथेल घुम्न आउनेहरू सुरुमा यहीं आउँछन्‌।

अगस्त २६, २०१५—वारविक निर्माणस्थल

सबैभन्दा अन्तमा काम सिद्धिएको आवासीय भवन ‘ख’ थियो। यसको पर्खाल र छानाको काम मेदेखि अगस्तसम्ममा सकियो। भवनहरूलाई जोड्‌ने सबै पुल फिट गरियो अनि बगैंचा बनाउने काम पनि सुरु गरियो।

अझ बढी सिक्नुहोस्

यहोवाका साक्षीहरू कस्ता मानिस हुन्‌?

तपाईं कति जना यहोवाका साक्षीलाई चिन्नुहुन्छ? तपाईंलाई हामीबारे वास्तवमा के थाह छ?