अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

वारविक फोटो ग्यालरी भाग ३ (जनवरीदेखि अप्रिल २०१५ सम्म)

वारविक फोटो ग्यालरी भाग ३ (जनवरीदेखि अप्रिल २०१५ सम्म)

सन्‌ २०१५ को जनवरीदेखि अप्रिलसम्म यहोवाका साक्षीहरूको मुख्यालय निर्माणकार्यमा के-कस्तो उन्नति भइरहेको छ, यस फोटो ग्यालरीमा हेर्नुहोस्।

वारविकको निर्माणकार्य सम्पन्न भएका भवनहरूबारे जानकारी। घडी घुम्ने दिशामा:

  1. १. सवारीसाधन मर्मत भवन

  2. २. घुम्न आउनेहरूको पार्किङ भवन

  3. ३. मर्मतकार्य भवन/आवासमा बस्नेहरूको पार्किङ

  4. ४. ‘ख’ आवास

  5. ५. ‘घ’ आवास

  6. ६. ‘ग’ आवास

  7. ७. ‘क’ आवास

  8. ८. कार्यालय/सेवा भवन

जनवरी २, २०१५—सवारीसाधन मर्मत भवन

परिचालक निकायको प्रकाशन समितिका सहयोगी ह्यारोल्ड कोरकर्नले “आफ्नो क्षमताको सदुपयोग गर्नुहोस्” भन्ने विषयमा भाषण दिनुभयो। स्वयंसेवकहरूलाई हौसला दिन वक्ताहरू नियमित रूपमा वारविक आउँछन्‌।

जनवरी १४, २०१५—कार्यालय/सेवा भवन

कामदारहरूलाई चिसोबाट जोगाउन र काम सुचारु रूपमा अघि बढाउन भवनलाई त्रिपालले ढाकिएको छ। यस भवनमा डाइनिङ रूम, क्लिनिक, किचेन र लण्ड्री बनाइनेछ।

जनवरी १६, २०१५—‘घ’ आवास

बिजुलीको तार राख्न तयारी गर्दै। आवासहरूमा १२,००० मिटरभन्दा धेरै बिजुलीको तार जडान गरिसकेको छ। वारविकको जग्गा किनेदेखि विघुतसम्बन्धी काम सुरु भयो र यस परियोजनाको अन्तसम्मै यो काम चल्नेछ।

जनवरी १६, २०१५—‘क’ आवास

बार्दलीमा टेप लगाउँदै। पानीले असर नगरोस् भनेर माथिल्लो तल्लाको बार्दलीहरूमा विशेष प्रकारको पदार्थ (PMMA) प्रयोग गरिएको छ।

जनवरी २३, २०१५—‘क’ आवास

बुबा र छोरी कोठा-कोठामा बिजुलीको तार जडान गर्दै।

फेब्रुअरी ६, २०१५—सवारीसाधन मर्मत भवन

स्वयंसेवकहरू अस्थायी डाइनिङ रूममा खाना खाँदै। दैनिक २,००० भन्दा धेरैको लागि खाना तयार पारिन्छ।

फेब्रुअरी १२, २०१५—मर्मतकार्य भवन/आवासमा बस्नेहरूको पार्किङ

मर्मतसम्भार कक्ष तयार पार्न छड बाँध्दै।

फेब्रुअरी १२, २०१५—‘ग’ आवास

केटाकेटीहरूले स्वयंसेवकहरूलाई लेखेका धन्यवाद पत्रहरू। थुप्रै स्वयंसेवक छोटो समयको लागि त्यहीं बस्ने गर्छन्‌। निर्माणकार्यको लागि हरेक हप्ता लगभग ५०० नयाँ स्वयंसेवक आउने गर्छन्‌। फेब्रुअरी महिनामा वारविकको निर्माण परियोजनामा प्रत्येक दिन लगभग २,५०० जनाले काम गरे।

फेब्रुअरी २४, २०१५—वारविक निर्माणस्थल

अहिलेसम्ममा लगभग ६० प्रतिशत काम पूरा भइसकेको छ। सन्‌ २०१५, जनवरीदेखि अप्रिलसम्ममा आवास भवन बनाउने काम र कार्यालय/सेवा भवनको स्टिलको ढाँचा बनाउने काम सकिएको छ। यस अवधिमा मर्मतकार्य भवनमा कङ्‌क्रिट प्यानलहरू राख्ने काम सुरु गरियो। साथै एउटा आवास भवनलाई अर्को भवनसित जोड्‌न बाटो बनाउने काम र स्टरलिङ फरेस्ट लेकको ड्‌याम मर्मत गर्ने काम पनि सुरु भएको छ।

फेब्रुअरी २५, २०१५—कार्यालय/सेवा भवन

भुइँ तल्लाबाट देखिने दृश्य। भाडामा ल्याइएका ठेकेदारहरूले यो पाँच तल्ले भवनको ढाँचा बनाए। पछि यहोवाका साक्षीहरूले त्यसमा मसला हाल्ने काम गरे।

फेब्रुअरी २६, २०१५—मर्मतकार्य भवन/आवासमा बस्नेहरूको पार्किङ

जाडोमा पहिलो तल्ला बनाउन छड बिछ्याउँदै। वारविकमा जनवरीदेखि मार्चसम्म लगभग ५० इन्च बाक्लो हिउँ पर्छ। कामदारहरूलाई सजिलो होस् भनेर स्वयंसेवकहरूले काम गर्ने ठाउँबाट हिउँ हटाइरहन्छन्‌ र त्यस ठाउँलाई न्यानो बनाउँछन्‌।

मार्च १२, २०१५—घुम्न आउनेहरूको पार्किङ भवन

ट्रसमाथि जस्तापाता राख्दै। अप्रिलको अन्ततिर आवास भवनहरूमा छाना राख्ने काम पूरा भयो। ‘ख’ आवासमा छाना बनाउने काम जूनको बीचतिर सकिनेछ।

मार्च १८, २०१५—मर्मतकार्य भवन/आवासमा बस्नेहरूको पार्किङ

क्रेनबाट देखिने ‘ख’ आवासको दृश्य।

मार्च १८, २०१५—मर्मतकार्य भवन/आवासमा बस्नेहरूको पार्किङ

प्लम्बिङको काम गर्ने भाइहरू आवासको पार्किङ ग्यारेजमा नक्साबारे छलफल गर्दै। वारविकको निर्माण परियोजनामा ३,४०० भन्दा धेरै नक्सा आवश्यक पऱ्यो।

मार्च २३, २०१५—कार्यालय/सेवा भवन

भवनमा त्रिपाल लगाउँदै। यसले भवनलाई सुरक्षित राख्छ। लिफ्ट र अन्य उपकरण चलाउँदा के-कस्ता कुरामा ध्यान दिनुपर्छ भनेर प्रशिक्षण दिइन्छ। सुरक्षासम्बन्धी भाषण पनि दिइन्छ। साथै सेफ्टि-बेल्टको प्रयोग, रेस्पिरेटर मास्कको प्रयोग र क्रेनले सामान ओसार्दा ध्यान दिनुपर्ने कुरा पनि सिकाइन्छ।

मार्च ३०, २०१५—वारविक निर्माणस्थल

पश्‍चिमतर्फ देखिने आवास भवनहरू। यस फोटोमा देखाइएझैं ‘क,’ ‘ख’ र ‘घ’ आवासमा अप्रिलको अन्तमा मेसिनरी र विघुतसम्बन्धी कामहरू सुरु भयो। ‘ग’ आवासमा (यस फोटोमा देखाइएको छैन) पुटिङ लगाउने, टायल हाल्ने र रङ्‌ग लगाउने काम पनि सुरु भएको छ।

अप्रिल १५, २०१५—‘ख’ आवास

भवनलाई हावा र ओसबाट बचाउने एक किसिमको पदार्थ लगाउँदै। एउटा आवास भवनमा यस्तो पदार्थ लगाउन लगभग दुई महिना लाग्छ।

अप्रिल २७, २०१५—कार्यालय/सेवा भवन

डकर्मीहरू गारो लगाउँदै। यस भवनमा बाहिरबाट ढुवानी भएर आएका सरसामानहरू राखिनेछ। यहाँ अरू विभिन्न विभाग पनि रहनेछ।

अप्रिल ३०, २०१५—वारविक निर्माणस्थल

भाडामा ल्याइएको गोताखोरले भल्भ फेर्दै। आँधीबेहरीले गर्दा बाढी आउन सक्छ। यस्तो विपत्तिबाट बच्न एउटा स्विच थिचेको भरमा तालको पानी घटाउन सकिने प्रविधि राखिएको छ।

अझ बढी सिक्नुहोस्

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—न्यु योर्क

आरामदायी जीवन बिताइरहेका एक दम्पती आफ्नो भव्य घरबाट सानो अपार्टमेन्टमा किन सरे?