अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

संयुक्त राज्य अमेरिका

भ्रमण रिजर्भ गर्नुहोस्

अमेरिकामा भएको हाम्रो कार्यालयहरूको भ्रमण गर्न चाहनुहुन्छ भने सुरुमा भ्रमण रिजर्भ गर्नुहोस्। तल दिइएका लिङ्‌कहरू प्रयोग गरी घुम्न चाहेका ठाउँहरूको भ्रमण रिजर्भ गर्नुहोस्। एक दिनमा दुई ठाउँ मात्र भ्रमण गर्न सक्नुहुन्छ भन्ने कुरा मनमा राख्नुहोस्।

भ्रमणमा आउन चाहने जति जना भए पनि र अमेरिकामा भएको हाम्रो कार्यालयहरूमा भ्रमण गर्नुअघि भ्रमण रिजर्भ गर्नुपर्छ।

बीस जनाभन्दा कमको समूह

  • प्याटर्सन भर्मन रिजर्भ गर्नुहोस्

  • वाल्किल भ्रमण रिजर्भ गर्नुहोस्

  • वारविक भ्रमण रिजर्भ गर्नुहोस्

बीस अथवा त्योभन्दा धेरै जनाको समूह

प्याटर्सन, वाल्किल अथवा वारविकमा सामूहिक भ्रमण गर्न चाहनुहुन्छ भने अनलाइन रिजर्भ गर्नुहोस्।

  • बीस जना भन्दा माथिको समूहको लागि भ्रमण रिजर्भ गर्नुहोस्

भ्रमण रद्द गर्नुहोस्

भ्रमण अथवा सामूहिक भ्रमण रद्द गर्न अनलाइन फारम भर्नुहोस्

  • भ्रमण रद्द गर्नुहोस्

प्याटर्सन

100 Watchtower Dr. (2891 Route 22)

PATTERSON NY 12563

UNITED STATES

+1 845-306-1000

भ्रमण

भ्रमण गर्न चाहनुहुन्छ भने सुरुमा अनलाइन भ्रमण रिजर्भ गर्नुहोस्।

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसोको १ बजेदेखि ४ बजेसम्म

भ्रमणको अवधि २ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

हाम्रा प्रकाशनहरूमा प्रयोग हुने चित्रहरूका साथै श्रव्य तथा दृश्य सामग्रीहरू यहाँ तयार पारिन्छ। यहाँ सञ्चालन हुने बाइबलआधारित प्रशिक्षण कार्यक्रमहरूबारे पनि भ्रमणको दौडान बताइन्छ।

वाल्किल

900 Red Mills Rd.

WALLKILL NY 12589

UNITED STATES

+1 845-744-6000

भ्रमण

भ्रमण गर्न चाहनुहुन्छ भने सुरुमा अनलाइन भ्रमण रिजर्भ गर्नुहोस्।

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:००

भ्रमण २ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ हरेक वर्ष २ करोड ५० लाख भन्दा धेरै बाइबल साहित्यहरू छापिन्छ। यहाँबाट ३६० भन्दा धेरै भाषाका साहित्यहरू संसारभरि रहेका शाखा कार्यालयहरूका साथै अमेरिका, क्यानाडा र क्यारेबियन टापुहरूमा रहेका यहोवाका साक्षीहरूका १५,००० भन्दा धेरै मण्डलीहरूमा पठाइन्छ।

वारविक

1 Kings Dr.

TUXEDO PARK NY 10987

UNITED STATES

+1 845-324-3000

भ्रमण

अप्रिल ३, २०१७ देखि वारविकमा भ्रमण गर्न सक्नुहुन्छ। भ्रमण गर्न चाहनुहुन्छ भने सुरुमा अनलाइन भ्रमण रिजर्भ गर्नुहोस्।

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८ बजेदेखि ४ बजेसम्म

(आफै घुम्न सकिने प्रदर्शनीहरू)

बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि ४ बजेसम्म

(गाइडसहितको भ्रमण)

उल्लेखनीय पक्षहरू

आफै घुम्न सकिने प्रदर्शनीहरू

  1. १. बाइबल अनि ईश्वरीय नाम। यो प्रदर्शनीमा पुराना ऐतिहासिक बाइबलहरू राखिएका छन्‌। परमेश्वरको नाम हटाउने जति नै प्रयास गरे पनि कसरी धर्मशास्त्रमा उहाँको नाम मेटिएको छैन भनेर देखाउनु यो प्रदर्शनीको उल्लेखनीय पक्ष हो। प्रदर्शनीमा घुम्ती ग्यालरी पनि छ जसमा पुराना बाइबल अनि बाइबलसित सम्बन्धित अरू सरसामग्री राखिएका छन्‌।

  2. २. यहोवाको नामको लागि छानिएका मानिसहरू। यो प्रदर्शनीमा यहोवाका साक्षीहरूको इतिहासको जीवन्त दृश्य प्रस्तुत गरिने छ। यहाँ राखिएका सरसामग्री, चित्रहरू र त्यतिबेलाका मानिसहरूको विवरणहरूले यहोवाले कसरी आफ्ना जनहरूलाई उहाँको इच्छा पूरा गर्न क्रमैसँग डोऱ्याउनुभयो, सिकाउनुभयो र सङ्‌गठित पार्नुभयो भनेर बताउँछ।

  3. ३. विश्व मुख्यालयहरू—क्रियाशील विश्वास। यो इलेक्ट्रोनिक प्रदर्शनीले परिचालक निकायका समितिहरूको कामबारे बताउँनेछ। तिनीहरूले यहोवाका साक्षीहरूलाई एकै ठाउँमा भेला हुने, चेला बनाउने, आध्यात्मिक भोजन लिने र एक अर्कालाई प्रेम देखाउने भन्ने बाइबलको सल्लाह पालन गर्न मदत दिन्छन्‌, त्यसबारे यो प्रदर्शनीमा देखाइनेछ।

गाइडसहितको भ्रमण

यो बीस मिनेटको भ्रमणमा कार्यालय तथा सेवा भवनहरू र वारविकको चौरको भ्रमण गराइनेछ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।