सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू उपासना गर्दा किन क्रस प्रयोग गर्दैनन्‌?

यहोवाका साक्षीहरू उपासना गर्दा किन क्रस प्रयोग गर्दैनन्‌?

 थुप्रै मानिसहरू क्रस भनेको विश्‍वभरिका ख्रीष्टियनहरूको चिनारी हो भनेर सोच्छन्‌। हामी यहोवाका साक्षीहरू ख्रीष्टियन हौं तर उपासना गर्दा क्रस प्रयोग गर्दैनौं। किन?

 एउटा कारण त बाइबलले येशू क्रसमा होइन तर एउटा साधारण खम्बामा मर्नुभएको थियो भनेर बताउँछ। अर्को कारण, बाइबलले ख्रीष्टियनहरूलाई “मूर्तिपूजाबाट भाग” भनेर कडा चेतावनी दिएको छ। यसको मतलब हामीले उपासना गर्दा क्रस पनि प्रयोग गर्नुहुँदैन।—१ कोरिन्थी १०:१४; १ यूहन्‍ना ५:२१.

 येशूले एउटा महत्त्वपूर्ण कुरा भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (यूहन्‍ना १३:३४, ३५) हो, येशूका साँचो अनुयायीहरू क्रस वा अरू कुनै मूर्तिले होइन तर निस्स्वार्थ प्रेमले चिनिनुपर्छ भनेर उहाँले सङ्‌केत गर्नुभयो।